You are here: Homeमनोरन्जनमनोरन्जन संघिय समाजवादी फोरम नेपाल पर्साको पहिलो जिल्ला अधिवेशनमा यादवलाइ २५ किलोको फुलको माला

संघिय समाजवादी फोरम नेपाल पर्साको पहिलो जिल्ला अधिवेशनमा यादवलाइ २५ किलोको फुलको माला

Written by  Published in मनोरन्जन Friday, 10 February 2017 18:36
Rate this item
(0 votes)

वीरगन्ज २८ माघ । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद रहेसम्म मुलुकमा शान्ति र स्थिरता हुनै नसकिने बताउनु भएको छ । उहाँले लोकतन्त्र र विकासको बाधकको रुपमा  रहेको विभेद र नक्सलबादी चिन्तनका कारण मुलुक कमजोर हुदै गएको विचार व्यक्त गर्नु भएको छ ।

       संघीय समाजवादी फोरम नेपालको आज वीरगन्जमा अयोजित प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादबले काँग्रेस,एमालेका नेताहरुको नक्सलबादी चिन्तन र विभेदकारी सोचले लोकतन्त्रलाई कमजोर पार्नुको साथै राष्ट्रिय एकतालाई समेत कमजोर पारेको आरोप लगाउनु भयो।

       सभालाई सम्बोधन गर्दै  अध्यक्ष यादवले मुलुकमा रहेको विभेद, असमान्तालाई अन्त्य गरी सम्तामुलुक समाज निर्माणकालागि आफुहरुले आन्दोलन गरेको दावि गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी सबैलाई समान अधिकार  हुने पर्ने आफुहरुको अडान गरेको प्रस्ट पार्नुभयो।

       कार्यक्रममा फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादवले परिमार्जन सहित संविधान संशोधन नभएसम्म यो मुलुकमा स्थानिय निकाय वा तहको निर्वाचन हुन नसकिने  दावी गर्नु भएको  छ । उहाँले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम नभए सम्म स्थानिय निर्वाचन गर्न नदिने दावी गर्दै नेतृ यादवले निर्वाचनमा सहभागि हुने समेतलाई तहलगाईने बताउनु भयो ।

 जिल्ला अध्यक्ष प्रदीप यादवको अयक्षतामा सम्पन्न उदघाटन सत्रलाई फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दी लागउयतका नेता जिल्ला अधिवेशन सफलताको शुभकामना दिदै संविधान संशोधन गरी मुलुकलाई राजनीतिक स्थायित्व दिन ठुलादललाई आग्रह गरेका थिए । कार्यक्रममा यादवलाई २५ किलोको माला लगाई स्वागत गरिएको थियो ।  

 

Read 413 times Last modified on Saturday, 11 February 2017 17:58

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012