You are here: Homeमनोरन्जनमनोरन्जनबैवाहिक बर्षगांठको उपलक्ष्यमा शैक्षिक सामाग्री तथा फलफुल बितरण

बैवाहिक बर्षगांठको उपलक्ष्यमा शैक्षिक सामाग्री तथा फलफुल बितरण

Written by  Published in मनोरन्जन Wednesday, 08 February 2017 17:06
Rate this item
(0 votes)

बीरगंज २६ माघ ।नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य प्रणय कुमार तथा उनकी श्रीमती माला साहले आफ्नो तेश्रो बैवाहिक बर्षगांठको उपलक्ष्यमा आज आदर्शनगर १३ बजरंगटोलस्थित आमाको माया छात्रावासका आश्रित बालकहरुलाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेका छन । सो अवसरमा बीरगंज उघोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समाजसेबी उद्योगपति अशोक बैद्यले पत्रकार प्रणयले निरन्तर रुपमा आफ्नो बैवाहिक बर्षगांठको उपलक्ष्यमा असहाय छात्रछात्राहरुलाई फलफुल तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएको कार्यको सहराना गर्दै यस्तै कार्यहरु समाजका अन्य क्षेत्रका ब्यक्तिहरुले पनि गर्नुपर्ने कुरामा जोड बिचार ब्यक्त गर्नु भएको थियो । वहाले द्धव्य दम्पती साहलाई शुभकामना प्रदान गर्दै साथै यस्ता कार्यले अरुलाई समेत प्रेरणा प्रदान गर्ने भएको र आश्रित बालकहरुलाई सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो । प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीरगंज उघोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सर्ब राष्ट्रिय दैनिकका सम्पादक तथा लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतम, आमाको माया छात्रावासका संचालक भवरलाल पारिक, त्रिमाशिक साहित्यीक पत्रिका पाईलाका संयोजक समिर पाख्रिन, जेष्ठ नागरिक शिवनाथ कलवार, शिक्षक जंगबहादुर चौधरी, शम्भु घिमिरे लगायतले मानव सेवा कार्यमा लागेर आफ्नो बैवाहिक बर्षगांठ मनाउनु अनुकरणिय कार्य रहेको कुरामा जोड दिदै सुखमय दाम्पत्य जीवनको शुभकामना दिएका थिए । प्रभात काब्य यात्राका संयोजक अरुण बिक्रम शाह संचालन गर्नु भएको थियो ।

Read 283 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012