You are here: Homeमनोरन्जनमनोरन्जनउच्च अदालतको न्यायाधिश नियुक्तीको बिरोधमा आन्दोलनरत कानुन ब्यवसयीहरुले वीरगन्जमा अदालत अगाडी धर्ना

उच्च अदालतको न्यायाधिश नियुक्तीको बिरोधमा आन्दोलनरत कानुन ब्यवसयीहरुले वीरगन्जमा अदालत अगाडी धर्ना

Written by  Published in मनोरन्जन Monday, 06 February 2017 16:56
Rate this item
(1 Vote)

वीरगन्ज २४ माघ उच्च अदालतको न्यायाधिश नियुक्तीको बिरोधमा आन्दोलनरत कानुन ब्यवसयीहरुले आज अदालत अगाडी धर्ना दिएकाछन् । कानुन ब्यवसायीहरुले पर्सा जिल्ला अदालत बीरगंज तथा उच्च अदालत बीरगंज अगाडी बिहान ११ बजे देखी मध्यान्ह १ बजे सम्म धर्ना दिएकाहुन । केही दिन अघि उच्च अदालतमा ८० जना न्यायधिशहरुको नियुक्ती गर्दा नेपालको संबिधान र न्याय परिषद ऐनको ठाडो उलंघन गरी मध्य रातमा नियुक्ती सिफारिस गरिएको भन्दै कानुन ब्यवसायीहरुले आन्दोलन गर्दै आएकाछन् । उच्च अदालत बीरगंज बार एसोशिएसनका संयोजक सुधिर कुमार कर्णको अगुवाईमा उच्च अदालत बीरगंजमा तथा पर्सा बार एसोशिएसनका अध्यक्ष रामाशिष प्रसाद यादवको अगुवाईमा पर्सा जिल्ला अदालतमा अगाडी धर्ना दिईएको हो ।  धर्नामा उच्च अदालत बार एसोशिएसन तथा पर्सा जिल्ला अदालत बार एसोशिएसन संग आबद्ध कानुन ब्यवसायीहरुको सहभागिता रहेको थियो । 

 

Read 1094 times Last modified on Wednesday, 08 February 2017 14:30

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012