You are here: Homeमनोरन्जनमनोरन्जनआन्दोलनरत वकिलहरु धर्नामा, फोरम नेपालको समर्थन

आन्दोलनरत वकिलहरु धर्नामा, फोरम नेपालको समर्थन

Written by  Published in मनोरन्जन Monday, 06 February 2017 16:43
Rate this item
(0 votes)

वीरगन्ज २४ माघ उच्च अदालतमा ८० जना न्यायधीशको नियुक्ति गर्दा नेपालको संबिधान २०७२ र न्याय परिषद ऐनको उलंघन गरिएको भन्दै बिरोधमा उत्रिएका कानून ब्यवसायिहरुको आन्दोलनमा संघीय समाजवादी फोरम नेपाल पर्साले ऐक्यबद्धता जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवले पार्टी उपध्यक्ष सांसद लालबाबुराउत गद्दीको उपस्थितीमा कानून ब्यवसायिहरुको धर्नास्थलमा पुगी ऐक्यबद्धता पत्र हस्थान्तरण गरेका थिए । 

आन्दोलनरत कानून ब्यवसायिहरुले जिल्ला अदालत पर्सा र चिनीकारखानास्थित जनकपुर उच्च अदालतको इजलास अगाडी दिएको धर्नामा पुगेका फोरम नेपालका नेता द्वयले न्याय परिषदले गरेको उच्च अदालतमा ८० जना न्यायधीशको असबैधानिक नियुक्ति बिरुद्धको आन्दोलन बिधीको शासनको पक्षमा रहेको भन्दै आफुहरुले ऐक्यबद्धता जनाएको प्रतिक्रिया दिए । वकिलहरुको हड्तालले तराईका ८ वटा जिल्ला अदालत र यस क्षेत्रमा पर्ने ३ वटा उच्च अदालतका इजलास ठप्प पारेको छ । 

गत पुस २८ मा न्याय परिषदले गरेको न्याधीशहरुको नियुक्ति र नियुक्ति प्रक्रिया असंबैधानिक भएको भन्दै आन्दोलनमा उत्रिएका ८ जिल्लाका वकिलहरुले अदालत बहिस्कार माघ २९ सम्म गर्ने भएका छन् । गत सोमबार वीरगन्जमा भएको २ नम्बर प्रदेशका कानून ब्यवसायिहरुको भेलाले प्रदेशस्तरीय समन्यव समितिले वकिलहरुको आन्दोलनको संयोजन गरिरहेको छ । वीरगन्जमा भएको सो भेलाले पहिलो चरणको बिरोध कार्यक्रम स्वरुप माघ २५ सम्म बहस र पैरवी ठप्प पार्ने निर्णय गरेको थियो । त्यसयता राजविराज, जनकपुर र वीरगन्जस्थित उच्च आदालतका इजलास र जिल्ला अदालतहरुका इजलास चल्न पाएको छैन् । शनिवार जनकपुरमा भएको दोस्रो भेलाले अदालत बहिस्कार माघ २९ सम्म लैजाने निर्णय गरेको समन्वय समितिका संयोजक अधिवक्ता सुधिर कर्णले बताए । 

आन्दोलित अधिवक्ताहरुले उच्च अदालतमा न्यायधीश नियुक्ति गर्दा नेपालको संबिधानको धारा ४२, १४० तथा १५३ न्यायपरिषद ऐनको दफा ५ (१) को र न्यायपरिषद ऐनको दफा ५ (१) को उलंघन भएको दावी गरेका छन् । धारा ४२ ले सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायतलाई राज्यका निकायमा ‘समाजिक न्यायको हक’ अन्तरगत समानुपातिक समावेसी सहभागिता मौलिक हकको रुपमा उल्लेख गरेको छ । 

त्यसतै १४२ ले उच्च अदालतको न्याधीश नियुक्तित सम्बन्धी र १५३ ले न्याय परिषदले गर्ने सिफारिसको लागि १ अध्यक्ष र ४ सदस्यको ब्यवस्था गरेको छ । त्यसतै उच्च आदालतको नियुक्तिको सन्दर्भमा न्याय परिषद ऐनको दफा ५ (१)ले, ‘न्याय परिषदले संबिधानको अधीनमा रही समानुपातिक समावेसी सिद्धान्त पदमा नियुीकतको लागि सिफारिस गर्ने’ उल्लेख गरेको छ । पछिल्लो समयमा परिषदले गरेको उच्च अदालतको न्यायधीश नियुक्तिमा २ दस्यहरु वरिष्ठतम न्यायधीश बैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौला उपस्थित थिएनन् । त्यसतै ८० जनाको नियुक्तिमा ६७ जना अर्थात ८३.७५ प्रतिशत खसआर्य र १३ जना अर्थात १६.२५ मात्र मधेशी, जनजाति, मुस्लिम, दलित, महिला र थारु छन् । 

 

Read 259 times Last modified on Monday, 06 February 2017 17:36

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012