You are here: Homeमनोरन्जनमनोरन्जननारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु भेटियो

नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु भेटियो

Written by  Published in मनोरन्जन Sunday, 05 February 2017 15:36
Rate this item
(0 votes)

वीरगन्ज २३ माघ नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आईतबार भेटिएको छ । 

वीरगन्ज उप–महानगरपालिका वाड नम्बर २ छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसा देवी पाशवानले शुक्रबार विहान १०ः४० बजे जन्माएको बच्चा शुक्रबार नै अस्पतालको प्रसोतिगृहबाट केहिबेर पछि चोरी भएको थियो । 

शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालबाट एक महिलाले अस्पतालको बेडबाट दुई घन्टा नबित्दै बच्चा चोरेर फरार भएकी थिइन् । 

शुक्रबार अस्पतालबाट चोरी भएको बच्चासहित ती महिलालाई प्रहरीले आइतबार दिउँसो पर्साको बेल्वा गाँउमा फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले फेला परेको शिशु र पक्राउ परेकी महिलालाई केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पर्साका नायब उपरीक्षक चक्रराज जोशीले बताएका छन ।

बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाँउलेले दुई दिनसम्म अस्पतालमा प्रदर्शन गरेका थिए । 

Read 6260 times Last modified on Tuesday, 07 February 2017 13:14

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012