You are here: Homeमनोरन्जनमनोरन्जनसनलाईट ईङलिस सेकेन्ड्री स्कुलद्वारा वार्षिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न

सनलाईट ईङलिस सेकेन्ड्री स्कुलद्वारा वार्षिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न

Written by  Published in मनोरन्जन Friday, 03 February 2017 17:51
Rate this item
(0 votes)

वीरगंज २१ माघ वीरगंज –१९ नगवा स्थित रहेको सनलाईट सेकेन्ड्री स्कुलले सरस्वती पुजाको अवसरमा  वार्षिक तथा सास्कृतिक कार्यक्रम डि.के चौरसियाको सभापतित्वमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी वडा प्रहरी विर्ताका प्रहरी निरिक्षक अनिष कुमार कर्ण र विशिष्ठ अतिथीहरुमा जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक रविन्द्र भट्ट, प्याब्सनका पुर्व अध्यक्ष ईमामुदिन अहमद, प्रेस मंच नेपालका जिल्ला सचिव दीपक चौरसिया र अतिथीहरुमा प्रज्वलित दैनिकका अरमान अलि, भोजपुरी टाईम्सका राजकुमार गिरी, लगायत संचारकर्मीको सहभागिता रहेको थियो । सो कार्यक्रमको स्वागत मन्तब्य स्कुलका प्रध्यापक आलोक चौरसियाले गर्नु भएको थियो । उक्त कार्यक्रममा कक्षा ४ देखि लिएर कक्षा १० सम्मका छात्र छात्राहरुले आफनो नृत्य समेत पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रहरी निरिक्षक कर्णले आफ्नो छोटो  र मिठो मन्तब्यमा विद्यार्थीहरुको हौसला अब्जाईको लागि शिक्षालाई महत्व दिदै भनेका थिए कि प्रहरी भन्दा कोही ठूलो छैन, प्रहरी सबको साथी हो,प्रहरी संग मिलेर बसौ कुनै पनि कुरा प्रहरी संग नलुकाउन् भन्दै उनले विद्यार्थीहरुको उजवल भविष्यको कामना गर्दै उनीहरुलाई पनि देशको रक्षाको लागि प्रहरीमा आउन आफनो मन्तब्यमा भनेका थिए । त्यसैगरि जिल्ला ट्रफिक कार्यालयका प्रहरी निरिक्षक भट्टले विद्यार्थीको आउने भविष्यको बारेमा भनेका थिए । त्यती मात्रहोईन ट्राफिक निमयको बारेमा पनि विद्यार्थीहरुमा जनचेतनाको बारेमा भनेका थिए । कार्यक्रम संचालन स्कुलका प्रध्यापक आलोक चौरसियाले गरेका थिए भने सहजीकरण कक्षा ९ का विद्याथी आकाश गुप्ता र उनका साथी मिलेर कार्यक्रमको सहजीकरण गरेका थिए ।

Read 247 times Last modified on Friday, 03 February 2017 18:45

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012