You are here: Homeमनोरन्जनमनोरन्जनमधेसका प्रणेता बाबा रामजन्म तिवारीको शालिक सरसफाई

मधेसका प्रणेता बाबा रामजन्म तिवारीको शालिक सरसफाई

Written by  Published in मनोरन्जन Thursday, 02 February 2017 14:54
Rate this item
(0 votes)

बीरगंज २० माघ प्रेस मञ्च नेपाल पर्सा शाखाले आज मधेसका प्रणेता एवं मार्गदर्शक स्वर्गीय बाबा रामजन्म तिवारीको शालिक पार्क सरसफाई गरेको छ । शालिकमा माल्यार्पण गरि प्रमुख अतिथि बीरगंज उपमहानगरपालिकाका योजना प्रमुख प्रकाश अमात्यले माल्यार्पण गरि शुभारम्भ गरेका थिए । अमात्यले शालिकको संरक्षण एवं सम्र्बद्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउदै बाबाले मधेसको लागि गरेको योगदान विर्सन नहुने बताउनु भयो । बीरगंज घण्टाघर स्थित रहेको स्वर्गीय बाबा रामजन्म तिवारीको शालिक पार्कमा सम्पन्न सरसफाई कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, कोषाध्यक्ष एस.एम.जहाँगस्त, केन्द्रिय सदस्य प्रवेश चौधरी, नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेल, हिन्दु परिषद नेपालका केन्द्रिय संयोजक पंडित पुरुषोत्तम दुबे, सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी, संसदीय समिति सदस्य विपिन यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष पे्रम बाबु पटेल, तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका नेता शशिकपुर मियाँ, उपाध्यक्ष सुधिरनाथ पाण्डे, सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादव, सचिव द्धय धर्मेन्द्र पटेल, राजेश साह, समाजसेवी मुकेश सरावगी, सद्भावना पार्टी बीरगंज नगर उपाध्यक्ष सुरेश साह कानु, कोषाध्यक्ष पन्नालाल पटेल, महिला मञ्च पर्सा अध्यक्ष रेखा साह लगायतको उपस्थिति रहेको थियो । प्रेस मञ्च नेपाल पर्सा शाखाका अध्यक्ष विजय कुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राजु साह एवं सहजीकरण उपाध्यक्ष नन्द किशोर गिरी गरेका थिए। सो कार्यक्रममा प्रेस मञ्च पर्सा शाखाका सह कोषाध्यक्ष कृष्णा यादव, जिल्ला सदस्यहरुको दिपेन्द्र गिरि, जाकिर हुसैन, अजहर हवारी, मोहनलाल पंडित, मुन्ना ठाकुर सहितको सक्रिय सहभागिता रहेको थियो । 

 

Read 512 times Last modified on Friday, 03 February 2017 19:30

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012