You are here: Homeमनोरन्जनमनोरन्जनपर्सा प्रहरीद्वारा सिआईवीका दश नक्कली अधिकारी पक्राउ गरी सार्वजनिक

पर्सा प्रहरीद्वारा सिआईवीका दश नक्कली अधिकारी पक्राउ गरी सार्वजनिक

Written by  Published in मनोरन्जन Tuesday, 31 January 2017 16:34
Rate this item
(1 Vote)

वीरगन्ज १८ माघ केन्द्रिय अनुशन्धान व्युरो (सिआईवी) काठमाण्डौ प्रहरी भन्दै वीरगन्जबाट नियन्त्रणमा लिने नकली प्रहरीको टोलीलाइ पर्सा प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । 

  जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नक्कली सिआईवी अधिकारीहरुलाई सार्वजनिक गरेको हो । आफुहरु सिआईवीको अधिकारी भएको भन्दै  गत माघ १५ गते  वीरगन्ज उप–महानगरपालिकाको वडा नम्बर १८ बाट  बारा सिसवा महेशपुर २ निवासी महम्मद अब्दुलाहलाई बलपुर्बक नियन्त्रणमा लिएको अभियोगमा  दशै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिनुभयो ।

 उहाँले अब्दुलाहलाई बल पुर्बक नियन्त्रणमा लिएको र प्रहरीको  झुठो  परिचय प्रयोग गरेको  अभियाुगमा काठमाण्डौ बुढानिलकण्ठ  नगरपालिका वडा नम्बर  २ निवासी प्रेमलाल श्रेष्ठ, सर्लाही हरिवान  ५ निवासी बिजय बहादुर बल, सुवेष घलान,नसि अख्तर, राजु लामा, सिन्धुपालचोक लिसन्खु ८ घर भाई हाल सर्लाही १० बस्दै आएको सागर श्रेष्ठ, मकवानपुर देयाल ५ बस्ने अमित बोम्जन,  र काभ्रे भिमखोरी १ निवासी  मोहन बहादुर किङरिङलाई नियन्त्रणमा लिइएको बताउनु भयो ।

 काठमाण्डौं बुढालिनकण्ठ नगरपालिका वडा नम्बर १५ निवासी प्रेमलाल श्रेष्ठ र अब्दुलाह मिली विभिन्न वयक्तिसंग नागमणी विक्री गर्ने बहानामा रकम ठगी गरेको र सोही रकम असुलीका लागि सिआइविको अधिकारी भएको  नक्कली पहिचान पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको अनुशन्धानबाट खुलेको उपरिक्षक साहले जानकारी दिनुभयो । उहाँले नागमणी विक्री गर्ने बहानामा रकम ठगी रहेको खुलाशा भएपछि अब्दुलाहलाई समेत अनुशन्धानका लागि नियन्त्रणमा लिइएको बताउनु भयो ।

 पक्राउ परेका अभियुक्तहरुला प्रहरीकै वाहन जस्तै रंग भएको बा १६ च ८७८० नम्बरको वाहन समेत व्यक्तिलाई उठाउन प्रयोग गरेको र सो वाहन समेत जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको  उपरिक्षक साहले जानकारी दिनु भयो ।

 नियन्त्रणमा रहेका दशै जना अभियुक्तहरुमाथि हाल सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक आनुशन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Read 3940 times Last modified on Wednesday, 01 February 2017 14:30

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012