You are here: Homeमनोरन्जनमनोरन्जनयुवकलाइ अपहरण गर्ने पक्राउ

युवकलाइ अपहरण गर्ने पक्राउ

Written by  Published in मनोरन्जन Tuesday, 31 January 2017 16:32
Rate this item
(0 votes)

वीरगन्ज १८ माघ  पर्सा जितपुरका एक युवकलाइ अपहरण गरि मुडली गाविस स्थित एक घरमा बन्धक बनाएर राखेको आरोपमा पर्सा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।

 प्रहरीले मुडली गाविस वडा नम्बर ३ का चन्द्रकान्त चौरसीयालाइ पक्राउ गरेको हो । पर्साको जितपुर गाविस वडा नम्बर ८ का सुरेश कुमार गुप्तालाइ गत आइतवार देखि आफनो घरमा बन्धक बनाएर राखेका चौरसीयालाइ प्रहरीले सोमबार राति पक्रेको हो । आइतवार देखि अपहरण गरि चौरसीयाको घरमा बन्धक बनाएर राखिएका गुप्ता सोमबार राति शौच गर्न जाने बहाना बनाएर चौरसीयाको घरबाट भागेका थिए । 

अपहरणकारीको चंगुलबाट उम्कन सफल भएका गुप्ताले स्थानीय भोला मियाको घरमा पुगेर गुहार मागेपछि गाउलेहरुले प्रहरीलाइ खबर गरेका थिए । 

 गाँउलेहरुले खबर गरेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरिक्षक चक्र बहादुर शाहको नेतृत्वमा मुडलीमा पुगेको प्रहरी टोलीले चौरसीयाको घरमा खानतलाशी गरेको थियो । खानतलाशीका क्रममा गुप्तालाइ अपहरण गर्नेहरु फेला नपरेपछि प्रहरीले घरधनी चौरसीयालाइ नियन्त्रणमा लिएको हो । 

सुरेश कुमार गुप्तालाइ गत आइतवार गफार मियाले ल्यापटप मर्मत गर्ने बहानामा गुप्तालाइ पर्साको सोलखपुरमा बोलाएका थिए । सोलखपुरमा पुगेपछि हुसेन र उनका दुइ जना सहयोगीले आँखामा कालो पट्टी बाँधेर जंगल तिर लगेको र त्यसपछि मुडली गाविसमा स्थित चौरसीयाको घरमा बन्धक बनाएर राखेको गुप्ताले बताए । सुरेश कुमार गुप्ता ल्यापटप र कम्प्युटर मर्मत गर्ने प्राविधीक हुन् ।

Read 997 times Last modified on Wednesday, 01 February 2017 14:00

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012