You are here: Homeमनोरन्जनमनोरन्जनवीरगंज उद्योग वाणिज्य संघद्वारा पत्रकार पटेल सम्मानित

वीरगंज उद्योग वाणिज्य संघद्वारा पत्रकार पटेल सम्मानित

Written by  Published in मनोरन्जन Tuesday, 31 January 2017 16:12
Rate this item
(0 votes)

वीरगंज १८ माघ प्रेस मंच नेपालको राष्ट्रिय अध्यक्ष संतोष पटेललाई आज वीरगंज उद्योग वाणिज्य संघले सम्मान  गरेको छ । संघका अध्यक्ष एवं पुर्व सभासद ओमप्रकास शर्माको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै प्रेस मंच नेपालका अध्यक्ष  पटेलले संघलाई अभार एवं धन्यवाद व्यक्त गर्दै  वीरगंजको समृद्ध बिकासका लागि उद्योेग वाणिज्य संघले गर्ने कार्यमा मंचले सकारात्मक एवं रचनात्मक भुमिका निर्वाह गर्ने धारणा राख्दै राज्यले जहिले पनि वीरगंजलाई उपेक्षा गरेको हुनाले यस क्षेत्रको बिकासका लागि संघले अभिभावकिय भुमिका खेल्नुपर्ने कुरामा जोड दिएका थिए । पर्सेली संचारकर्मी एवं संचारगृहको बिकासका लागि वीरगंज उद्योग वाणिज्य संघले ठोस कदम चाल्नुपर्ने धारणा राख्दै वीरगंज बिकासका लागि उद्योग वाणिज्य संघले अब काठमाडौं वीरगंज सम्पर्क मंचको स्थापना गरी यस भेगको बिकासमा टेवा पुग्ने पटेलले बताए । संघको सभाहलमा सम्पन्न  सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, द्वितिय उपाध्यक्ष सुबोध गुप्ता, तृतिय उपाध्यक्ष अनिल पटवारी, महासचिव सुनिल खेतान, सचिव मनोज दास,माधवराज पाल, सहसचिव प्रेमचन्द्र गोयल, कोषाध्यक्ष रबिन्द्र वर्णवाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष अशोक तिवारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगंज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।  २०७३ पौष २६ र २७ गते वीरगंजमा सम्पन्न प्रेस मंच नेपालको प्रथम केन्द्रिय महाधिवेशन बाट पटेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।

Read 565 times Last modified on Wednesday, 01 February 2017 14:00

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012