You are here: Homeमनोरन्जनमनोरन्जनआन्दोलनरत हानका पदाधिकारी र राजनितिक दलका प्रतिनिधी बिच अन्र्तक्रिया

आन्दोलनरत हानका पदाधिकारी र राजनितिक दलका प्रतिनिधी बिच अन्र्तक्रिया

Written by  Published in मनोरन्जन Tuesday, 31 January 2017 16:11
Rate this item
(0 votes)

वीरगंज  १८ माघ बिगत ३१ दिन देखि आन्दोलन गरिरहेको हेल्थ असिस्टेन्ट संघ पर्साले आज राजनितिक दलहरु संग अन्र्तक्रिया गरेका छन् । हान पर्साका अध्यक्ष रबिन्द्र साहको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बिभिन्न २४ वटा पार्टीका प्रतिनिधी तथा बिभिन्न पेशा संगठनका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको प्राङ्गनमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा माओवादी केन्द्र पर्साका अध्यक्ष बाबुराम कौशि, नयाँ शक्ति पार्टीका पर्सा संयोजक बलिराम साह,राप्रपा नेपालका बिजय पासवान, नेपाल मजदुर किसान पार्टीका ईस्लाम मियाँ, नेकपा संयुक्तका  रामराज जैसवाल,नेपाल जनता दलका मनोज रौनियार ,जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित प्रमुख सच्चितानन्द सिंह लगायतकाले आन्दोलन प्रति  एक्यवद्धता र सर्मथन जनाउदै आफनो धारणा राखेका थिए । वक्ताहरुले ३१ दिन सम्म आन्दोलन लम्बिदा समेत स्थानिय निकाय र नियमनकारी निकाय कानमा तेल हालेर बसेकोमा  कडा आक्रोस व्यक्त गरेका थिए । आन्दोलनकारीको जायज माँगहरु तुरुन्त पुरा गरी स्वास्थ्यकर्मीहरुलाई आ आफनो कार्यक्षेत्रमा पठाउन स्थानिय निकाय संग आग्रह समेत गरेका थिए । साथै वक्ताहरुले आन्दोलनलाई अझ प्रभावकारी बनाउन बिभिन्न सुुझावहरु समेत दिएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा हानका सदस्यहरु शिव मण्डल, अनिष कान्त कुशवाहा लगायत ८० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । 

 कार्यक्रममा हानका केन्द्रिय सदस्य अनिल यादवले आन्दोलनको बारेमा प्रस्ट पारेका थिए भने सल्लाहकार रुपनारायण साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सहजीकरण हानका सदस्य राजन शाहीले गरेका थिए ।

Read 280 times Last modified on Tuesday, 31 January 2017 18:05

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012