You are here: HomeखेलकुदItems filtered by date: Saturday, 06 May 2017

वीरगन्ज २३ बैशाख राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको कुठराघातको संज्ञा दिएका छन् ।  शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘यो घट्नाको जति निन्दा गरेपनि कमै हुन्छ।’

नेता सोनलले विगतमा स्वर्गीय गिरीजाप्रसाद कोईरालाले सर्वाेच्च अदालतलाई नारायणहिटीमा सार्नुपर्छ भनेर भनेको कुरा आज मननयोग्य भएको स्मरण गराए । उनले थपे,‘जनतालाई आफ्नो भाषाको अधिकार दिनुपर्छ भन्दा सर्वोच्चले अंकुश लगाउने ? यसले के देखाउँछ भने सर्वोच्च अदालतले प्रगति र परिवर्तन पचाउन सकेको छैन।’

उनले साधारण अंशबण्डाको मुद्दामा त कानुनको धारा तथा उपधारा र ऐनहरु हेरिन्छ भन्दै प्रश्न तेर्साए,‘सर्वोच्च अदालतको आदेश भावनाको आधारमा, कवितावाचन गरेर मुलुक चल्दैन नि?’ उनले अदालतको यस्तो अन्तरिम आदेशलाई सवैधानिक संकट खडा गराउनेको उपज हो भनेर टिप्पणी गरे । सोनलले थपे,‘अदालतको यो आदेश लोकतन्त्रमाथिको आक्रमण हो।’

निकै आक्रमक रुपमा प्रस्तुत भएका सोनलले मुलुकको निकासको लागि सरकारले संविधान संशोधनमार्फत मधेशी जनताको अधिकार सुनिश्चित गर्न खोजिरहेको बेला यस्तो घट्ना हुनु दुःखद् भएको गुनासो पोखे ।

उनले न्यायाधीश चोलेन्द्र शमशरेले आफ्नो फैसालामाथि पूनरावलोकन गर्नुपर्ने समेत माग गरे । उनले संविधानसम्मत् हिसावले महाअभियोग प्रस्ताव आएकोले संसदले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने समेत जिकिर गरे ।

Published in समाचार

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगञ्ज उपमहानगरपालिको नेतृत्व कसको हातमा जाला भन्नेमा चासो केन्द्रित हुन थालेको छ । देशको राजनीतिक तथा आर्थिक केन्द्रको रुपमा स्थापित वीरगञ्ज नगरको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि राजनीतिक दलहरूको कसरत तीव्र बन्दै गएको छ । ती राजनीतिक दलहरूबाट वीरगञ्जको मेयर पदमा कसलाई चुनाव लडाउने भन्नेमा रणनीतिक तयारी भइरहेकै छन् । यो पदका लागि राजनीति दलहरुबाट आकाङ्क्षीहरुको पनि कमी छैन । 

यसै सन्दर्भमा नेपाली काङ्ग्रेसको तर्फबाट वीरगञ्जको नगर प्रमुखको उम्मेदवारमा प्रकाश कुमार उपाध्यायको नाम चर्चाको अग्रस्थानमा छ । विगत ३ दशकदेखि सक्रिय राजनीतिमा खारिएका उपाध्यायलाई वीरगञ्जको नगर प्रमुखमा उठाउनुपर्ने मत काङ्ग्रेसभित्र बलियो बन्दै छ । चुनावी प्रतिस्पर्धामा उत्रिने उम्मेदवारको राजनीतिक सक्रियता, व्यक्तिगत छवि, योग्यता र सामाजिक पृष्ठभूमिजस्ता आयामहरू जीतका लागि निर्णायक मानिन्छन् । वीरगञ्जको नेतृत्वमा जीत हाँसिल गरी समुन्नत सहरको रुपमा अघि बढाउन सक्ने योग्य उम्मेदवारका रुपमा उपाध्यायको चर्चा राजनीतिक वृत्तमा तीव्ररुपमा चलिरहेको छ । 

को हुन प्रकाश कुमार उपाध्याय ? 

वीरगञ्जको राजनीतिक आयाममा प्रकाशकुमार उपाध्याय कर्मठ, लगनशील, अध्ययनशील र इमानदार राजनीतिकर्मीको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी सङ्घ हुँदै अहिले नेपाली काङ्ग्रेसको राजनीतिमा क्रियाशील उनी प्रजातन्त्रप्रति प्रतिबद्ध र समर्पित राजनीतिक अगुवा हुन् । 

पार्टीको राजनीतिमा आठौं जिल्ला अधिवेशनबाट पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय सचिव र नवौं अधिवेशनबाट क्षेत्रीय अध्यक्ष बनेका उनले आफ्नै कार्यकालमा पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन सफल भए । तत्कालिन अवस्थामा नेता भट्टराईलाई पर्साबाट चुनाव जिताएर पठाउने योजना उपाध्यायकै रणनीतिक उपज थियो । 

१० औं महाधिवेशनमा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि र ११ औं महाधिवेशनमा क्षेत्र नम्बर १ बाटै महासमिति सदस्य भई कुशल भूमिका निर्वाह गरेका उपाध्यायले १३ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भई काङ्ग्रेस केन्द्रीय सदस्यमा खुल्लातर्फ प्रतिस्पर्धा गरेका थिए । 

उपाध्यायले पार्टी राजनीतिबाटै मजदूर हकअधिकारको अभियानलाई पनि अघि बढाएका छन् । उनी नेपाल रिक्सा मजदूर सङ्घको संस्थापक भई टे«ड युनियनको संस्थापक जिल्ला सदस्य भएर अहिले नेपाल टे«ड युनियन काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् । 

विद्यार्थी राजनीतिदेखि नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका उपाध्याय २०६२÷६३ को आन्दोलनमा अग्रपङ्क्तिमा रही रिले अनसन र सत्याग्रहमा सहभागी हुँदा काठमाडौंमा तत्कालिन सत्ताबाट पक्राउ परेका थिए । आन्दोलन उत्कर्षमा पुग्दा वीरगञ्जमा पक्राउ परी वीरगञ्ज कारागारमा बन्दी बनाइएका थिए ।

पार्टी सङ्गठनमा कुशल सङ्गठनकर्ता, दूरद्रष्टा र स्पष्टवक्ताको रुपमा परिचित उपाध्याय समसामयिक राजनीतिको विश्लेषणमा पनि उत्ति नै सशक्त छन् । कानूनमा स्नातक (अधिवक्ता) उपाध्यायका समसामयिक आलेख र विवेचनाहरू राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । 

पार्टी राजनीतिसँगै अध्ययन र लेखनलाई पनि अघि बढाएका उपाध्याय सरल र स्पष्ट स्वभाव, मृदुभाषी र मित्रवत् व्यवहारका धनी छन् । नेपाली काङ्ग्रेस पर्साको राजनीतिमा राजनीतिक तथा वैचारिक चिन्तक र विचारकका रुपमा स्थापित युवा नेता उपाध्याय लोकतन्त्रमा सबैलाई समान अधिकार र अवसर प्राप्त हुनु पर्छ भन्नेमा स्पष्ट छन् । मधेसी, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिमलगायतका पिछडिएका वा पछि पारिएका सवै वर्ग र समुदायका लागि संविधानमा ‘पहिचान, पहुँच र प्रतिनिधित्व’ सुनिश्चित हुनुपर्नेमा अडिग छन् । राज्यले कसैप्रति पनि भेदभाव गर्न हुँदैन भन्ने उपाध्यायको मान्यता छ । 

राजनीतिलाई जनता र समाज सेवामा समर्पित गर्नुपर्ने बताउने उपाध्याय राजनीतिकर्मी उद्यमशिल हुनुपर्नेमा पनि उत्तिकै सचेत छन् । राजनीतिकर्मीले अपनाउने उद्यम समाज सुधार र योगदानमुखी हुनुपर्ने मान्यताकै कारण उनले विद्यालयमार्फत शिक्षाको ज्योति फैलाउने काम गरिरहेका छन् । उद्यमशिलताले नेतृत्वलाई जनताको निस्वार्थ सेवाका लागि सहयोग पु¥याउने धारणा उपाध्यायको छ ।

Published in समाज

वीरगंज २३ बैशख  पर्सा जिल्लामा रहेको सार्वजनिक मठ, मन्दिर ,ईदगाह , मदरशा , मस्जिद , ऐलानी जग्गा एवं पोखरी लगायतको संरक्षण हेतु ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियान पर्साले आज वीरगंजको छपकैयामा खवरदारी एवंम न्याय पाउनको लागी मूठी दान कार्याक्रमको आयोजना गरेको छ । सो मुठी दान कार्याक्रम अभियान पर्साका संयोजक जफर अंसारीको नेतृत्वमा निस्केको जुलुश छपकैया परिक्रमा गरेको थियो । उक्त जुलुशमा अभियानका कोषाध्यक्ष राजदेव चौरसिया , धिरज सर्मा , राम सुरत महतो. परमानन्द सरार्फ , दिनानाथ सरार्फ , सत्य नारायाण ठाकूर , अमीरुल हक , साविर सिद्धिकी, राधे श्याम सरार्फ , भिम सरार्फ , प्रेम कुशवहा , शारदा देवी , शेख नैमुदिन , मुन्ना शेख , परमानन्द पटेल लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

वीरगंज २३ बैशाख, नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साले आज वीरगंजमा चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज उपमहानगरपालिका वडा नं। १९ ९हाल वडा नं। १६० नगवामा आयोजित चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पर्साका अध्यक्ष पलटन कुर्मीले आउदो जेष्ठ ३१ गते हुन लागेको स्थानिय निकायको चुनावमा आफ्नो पार्टीलाई बढि भन्दा बढि मतले जिताउनको लागि स्थानियबासीहरु सँग आग्रह गर्दै आफु तथा आफ्नो पार्टीले यस क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पार्टी देशभक्ति, सदचरित्र सामाजिक आर्थिक रुपान्तरण माफर्त नेपाललाई असल संस्कारयुक्त र समृद्धि परोपकारी राष्ट्रमा विकसित गराउन क्रियाशिल लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहि आएको चर्चा गर्नु हुदै नेता कुर्मीले समाज र राष्ट्रको विकासको लागि यो चुनाव महत्वपूर्ण भएको बताउदै चुनावमा असल नेतृत्वको पहिचान गरी मत दिनका लागि आग्रह गर्नु भएको थियो ।

स्थानिय उमेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव अमोद कुमार केवट, सदस्य हिरा साह तुरहा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक कुशल बहादुर बुढा, विद्यार्थी नेता गौरव कुमार रौनियार, राम कहार, जेपी ठाकुर, लगायतकाले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जना नेता कार्यकर्ताहरु नेपाल परिवार दलमा प्रवेश गरेका थिए । स्थानिय शिवशंकर राउत कुर्मी, सिकेन्द्र साह गोढ, सोनालाल साह गोढ, अच्छेलाल पटेल, सुरेश पटेल, आदेश पटेल, कुमार पटेल, उमाकान्त प्रसाद चौरसिया, लालजी साह तुरहा, बाबुलाल राउत कुर्मी, बच्चु पटेल,  कमल साह गोढ, चान्सी पटेल, मुकेश पटेल, प्रमोद पटेल, ओमनाथ साह गोढ लगायतका नवप्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष पलटन कुर्र्मीले अबिर टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो । 

 मुल प्रवाहका साशक दलहरुले देशमा मधेसको बलियो राजनीतिक हैसियतलाई गलाउन शक्ति एकिकृत पारेर मधेस विरुद्ध लागेको देखियो । शक्तिको विरुद्ध पो शक्ति लाग्छ, शुन्यमा कसैले बल लगाउदैन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवाद्री केन्द्रजस्ता पार्टीले संबिधान निर्माण प्रक्रियादेखी हालसम्म शुन्यको बिरद्ध शक्ति लगाएका होइनन्, एउटा शक्तिको बिरुद्ध बल लगाएका हुन् ।

संबिधानको आत्माको लोकतान्त्रिकरण निहित रहेको चरणबद्ध मधेस आन्दोलनले के दियो वा दिएन भन्ने प्रश्नबिच कमसे कम यसले देश र मधेसका राजनीतिको पुरानो सबै समिकरणलाई भत्काएर नयाँतिर डोर्याएको बेहिचक भन्न सकिन्छ । आन्तरिक उपनिवेस चरित्रको ब्यवहारको प्रतिस्थापन र स्वाधिकारको उत्प्रेरणा पनि कायम गरेको छ । मधेस मुद्दाको स्थापना यस स्तरमा बसालेको छ जसलाई नजरअन्दाज गरी देशको राजनीति अगाडी बढ्न सक्दैन् । र, मधेस पक्षधर दलहरुको भुमिकालाई मुल्यांकन नगरी राजनीतिक बिश्लेषण अपुरो ठहरिने छ । अहिले संघीय समाजवादी फोरम नेपाल, ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) र मधेशमा पहिलेदेखी भोट बिर्ता कायम गर्दै आएका दलहरुको भुमिका र आउदा तीन तहका निर्वाचनले कायम गर्ने उनीहरुको हैसियतबारे राजनीकि चर्चाहरु केन्द्रीत छन् ।

ताजा अवस्थामा के देखिएको छ भने फोरम नेपाल विरुद्ध अरु सबै राजनीतिक दलहरु, उनीहरुका समर्थकका मिडिया तथा नागरिक क्षेत्रका मानिसहरुले खुलेर निशाना लगाइ रहेका छन् । फोरम बिरुद्ध ओक्लिएको तर्क–कुतर्कले विद्युतीय सामाजिक संजालहरुको भित्ता भरीभराउ छन् । बिभिन्न उदेश्य र शैलीका अनलाईनहरुमा पनि फोरम लक्षित सामग्रीहरु बढेका छन् । आचानक फोरमसंग सबैले सिंघजुधाई गर्न खोजीरहेका छन् । आखिर ‘फोरम भर्सेज अल’को अवस्था किना आयो ?

जवाफ सजिलै खोज्न सकिन्छ । पहिलेदेखी संगठन, जनाधार र राजनीतिक दबदबा रहेको फोरमले मधेशमा प्रभावशाली किसिमले आफुलाई बिस्तार र विकास गर्दै लगेको छ । राजनीतिको मुलधारमा आउन खोज्ने सामाजका प्रभावशाली र महत्वपु्र्ण ब्उक्तिहरुको पहिलो रोजाई बन्न पुगेको फोरम नेपाल । ६ दल एकत्रित हुँदा पनि फोरमलाई एकतिर राखेर मात्र राजपाको शक्ति आँकलन गरिदैछ । यसले गर्दा एकतिर मधेशमा भोटविर्ता राख्दै आएको काँग्रेस, यसको पुरानो अन्सिंयार एमाले र नयाँ अन्सियार माओवादीले आफ्नो विर्ता खोसिएको महसुस गर्दैछन् । अर्कोतिर राजपालाई हैसियत स्थापनाको चुनौति बढेको छ । उता जनजाती शक्तिलाई र पश्चिमको खसलाई समेत समेटेर अगाडी बढेको फोरमको दखल पहाडमा पनि रह्ने अशंकाले उसलई निशानामा पुर्याएको छ ।

राजपामा महन्थ ठाकुरजस्ता अनुभवी र आधादर्जनभन्दा बढी अरु नेताहरु छन् । भविश्यका लागि सबैको राजनीतिक हैसियत आगामी चुनावहरुले तय गर्ने छन । उसो त पहिलेदेखी नै मधेसका दलहरुमा एकिकरणको प्रयास हुदै आएका पनि थ्रेसहोल्डको प्राविधिक दबावले सम्भव बनाई दिएपछि आ–आफ्ना दललाई एउटै संयुक्त पार्टी बनाएर मैदानमा उत्रिएको बेला ति नेताहरुको संयुक्त र ब्यक्तिगत राजनीतिक हैसियतकोे सवाल कम गम्भीर छैन उनीहरुका लागि । यस्तोमा मुख्य प्रतिस्पर्धी फोरम निशानामा पर्नु स्वभाविक हो । मधेसलाई अधिकार र राज्यको शक्तिमा बराबरको साझेदारी र सहकार्य खोज्दैछ । यस्तोमा यहाँका राजनीतिक दलहरुमा स्वस्थ्य प्रतिस्पवर्धाको आपेक्षा भने आम समुदायको छ । त्यसतै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने क्षेत्रीय शक्तिहरुको सशक्तिकरण पनि अबको नेपालको ऐतिहासिक राजनीतिक आवश्यक्त हो ।

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012