You are here: HomeखेलकुदItems filtered by date: Wednesday, 03 May 2017

वीरगंज, २० बैशाख । लामो समय एउटै मोर्चा बनाएर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रुपमा नै भंग भएको छ । मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले मोर्चा भंग भएको घोषणा गरेको हो ।

 

मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ को निर्वाचनमा सहभागी हुने भएपछि राजपाले मोर्चा भंग भएको घोषणा गरेको हो ।

 

मोर्चाका एक घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले धोका दिएको निष्कर्ष निकाल्दै राजपाले मोर्चाको औचित्य समाप्त भएको घोषणा गरेको हो ।

 

मधेशवादी छ दलले मिलेर गठन गरेको राजपा नेपालको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले फोरम अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मोर्चा भंग गरेका घोषणा गरेको हो । बैठकमा राजपा नेताहरुले पहिलो चरणको चुनावका लागि मंगलबार उम्मेदवारी मनोनयन गराएका फोरम नेपालको चर्को आलोचना गरेका थिए ।

 

राजपा नेपालका अध्यक्ष मण्डलहरुले बोल्ने क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मधेशी मोर्चामा भएको निर्णय विपरित कार्य गरेको भनि आलोचना गरेका थिए ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उपेन्द्र यादवले मधेशी मोर्चालाई मात्र होइन, सिगों मधेशलाई धोका दिएको आरोप लगाए ।

 

सविधान संशोधन नभएसम्म चुनावमा सहभागि नुहने सबभन्दा बढी कडा रुपमा उनी नै प्रस्तुत भएका थिए तर अहिले उनी नै चुनावमा भाग लिनका लागि उम्मेदवारी दर्ता गराएको आलोचना गर्दै नेता यादवले यसको हिसाब मधेशी जनताले लिने धारणा राखेका थिए ।

 

‘उपेन्द्रजीलाई यसरी गर्नु हुँदैन्थ्यो, उहाँ एकीकरणमा नआएपनि उहाँमाथि आश थियो, मधेशलाई धोका हुदैन भनि विश्वास थियो तर उहाँले धोका दिनुभयो,’ अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, ‘त्यसैले अब मोर्चा हुँदैन, सबैजना अब एउटै पार्टीभित्र आउनुपर्छ ।’

 

उनले सविधान संशोधन नभएसम्म राजपा नेपाल कुनै पनि हालतमा चुनाव नजाने स्पष्ट पारे । वैशाख २१ गते पनि संशोधन विधेयक पारित हुने सम्भावना नरहेको उल्लेख गर्दै उनले आन्दोलनबाट नै आफ्नो अधिकार सुनिश्चित गराउनु पर्ने अवस्था रहेकाले त्यसका लागि तयार रहन पार्टी पंक्तिलाई आग्रह गरे ।

 

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब मधेशी मोर्चाको औचित्य समाप्त भएको बताए । अब मधेशमा कुनै मोर्चा नबन्ने बनाउँदै उनले राजपा पार्टीमा गोलबन्द हुन सम्पूर्ण मधेशवादी दललाई आग्रह गरे । उम्मेदवारी दर्ता गराएर उपेन्द्र यादवले गल्ति गरेको उल्लेख गर्दै उनले मधेश जनताले यसको मूल्यांकन गर्ने धारणा राखेका थिए ।

 

बैठकले सम्पूर्ण जिल्ला कमिटिलाई आआफ्नो जिल्लामा एकता भेला गरी एकीकरणलाई पूर्णता दिन निर्देशन दिएको छ । एक वर्षभित्रमा राजपा नेपालको महाधिवेशन हुने भएकाले त्यो अवधिमा सम्पूर्ण भातृ संगठन तथा जिल्ला, गाउँ, नगरको एकता भेला सम्पन्न गरिसक्नु पर्ने निर्णय बैठकले गरेको छ । साथै, निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि प्रक्रिया पूरा गरी चाँडै दर्ता गराउने निर्णय पनि भएको नेता केशव झाले जानकारी गराए ।

वीरगंज, २० बैशाख । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा अस्थायी शिक्षकहरुको आन्दोलन जारी रहेको छ । वर्षौदेखि अस्थायी शिक्षकको रुपमा सेवा दिंदा पनि अस्थायी शिक्षकहरुको भविष्यमाथि खेलवाड गर्दै सरकारले शिक्षा विधेयक ल्याएकोले यसको विरोध गर्नुपरेको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष बिन्दा दास थारुले बताउनु भयो । आफ्नो माग पुरा गराउन अस्थायी शिक्षकहरुले आजपनि जिल्ला शिक्षा कार्यालय पर्सा परिसरमा धर्ना दिएका छन् ।

Published in समाचार

वीरगन्ज,  बैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको अल्ट्रा साउण्ड ९भिडियो एक्सरे० सेवा बन्द भएपछि उपचारका लागि अस्पताल आउने विरामी मारमा परेका छन् । उपक्षेत्रीय अस्पतालले प्रदान गर्दै आएको भिडियो एक्सरे सेवा तीन साता देखी बन्द भएपछि उपचार गराउन अस्पताल आउने सेवाग्राही सेवाबाट बन्चित हुनु परेको छ ।

अस्पतालले प्रदान गर्दै आएको सेवा बन्द भएपछि उपचारका लागि अस्पताल आउने विरामीले दोब्बर मुल्यमा र तेब्बर समय खर्ची बाहिरबाट भिडियो एक्सरे गराउन बाध्य भएका छन् ।

चार सय रुपैया शुल्कमा अस्पतालले दिदै आएको सेवालाई बाहिर गराउदा विरामीले ८ सय ५० रुपैया तिर्नु पर्ने अवस्था सिर्जना भएको छ । दोब्बर मुल्य र तेब्बर समय खर्चिएर अस्पताल बाहिर गराएको भिडियो एक्सरे रिर्पोट सन्तुष्टि योग्य नभएको उपक्षेत्रीय अस्पताल कै चिकित्सकहरुको भनाई रहेको छ । अस्पतालमा रहेको भिडियो एक्सरे विग्रेपछि विरामीले बाहिरबाट गराएको एक्सरे रिर्पोटबाट रोग पत्ता लगाउन कठिनाई हुने गरेको चिकित्सकहरुले बताएका छन् । रोगको लक्षणका आधार मै मात्र विरार्मीलाई औषधी दिन नमिल्ने भएकाले पेट सम्बन्धि रोग पत्ता लगाउन भिडियो एक्सरेकोे महत्वपुर्ण उपयोगिता भएकाले अस्पतालमा बन्द भएको सेवालाई चा“डो भन्दा चा“डो सुचारु गर्न अवश्यक रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक राकेश झाले बताउनु भयो । यसै विषयमा उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चितरंजन साहसंग बुझ्दा उहा“ले नेपाल सरकारले धेरै पहिले अनुदानमा पठाएको दुई वटा भिडियो एक्सरे मध्ये एउटा दुई वर्ष अगाडी विग्रीएको र अर्को करिब एक महिना अगाडी विग्रेको जानकारी दिनुभयो । उहा“ले धेरै पुरानो मेसिन भएकाले स्पेयर पाटर्स पाउन नसकेकाले मेसिन थन्काउन बाहेकको विकल्प नभएको बताउनु भयो ।

दैनिक ४० देखी ५० जनालाई सेवा प्रदान गर्दै आएको भिडियो एक्सरे सेवा बन्द भएपछि अस्पतालको अम्दानीमा समेत ठुलो असर परेको मेसु साहको भनाई रहेको छ । 

अस्पतालाई दैनिक २० देखी २५ हजार रुपैया आम्दानी दिने भिडियो एक्सरे सेवा बन्द भएको ठुलो असर अस्पतालको आम्दानीमा समेत परेको मेसु साहले जानकारी दिनुभयो । उहा“ले अस्पतालका विरामीलाई सेवा दिन स्वास्थ्य मन्त्रालयसंग भिडियो एक्सरे मेसिन माग गर्नुको साथै तत्काल सेवा सुचारु गर्न भाडामा भएपनि एक्सरे मेसिन अस्पतालमा ल्याउन पहल भएको बताउनु भयो । वीरगन्जमा रहेका भिडियो एक्सरे मेसिनलाई भाडामा लैजान केही व्यक्तिसंग कुरा भईरहेकाले अवरुद्ध सेवालाई दुई चार दिन भित्र सुचारु गराउने विश्वास व्यक्त गर्नु भयो ।

मासिक ३२ देखी ३६ लाख रुपैया अस्पतालमा आम्दानी हुदै आएकोमा भिडियो एक्सरे मेसिन विग्रिएपछि आम्दानी घटेर २२ लाखमा झरेको मेसु साहले बताउनु भयो ।

वीरगन्जको नारायायणी उपक्षेत्रीय अस्पतालमा हाल एक हजार २ सय भन्दा बढीको संख्यामा विरार्मी उपचारकालागि आउने गरेका छन् । बारा, पर्सा, रौतहट, सलार्ही, मकवानपुर लगायत भारतीय सिमावर्ती क्षेत्रका विरार्मी समेत उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

वीरगन्ज २० बैशाख  एकीकरण पछि पहिलो पटक बसेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समिति बैठक तीन बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । मंगलबार दिउँसोबाट सुरु भएको बैठक अबेर साँझ सम्पन्न भएको छ ।

राजपाको पहिलो निर्णय अनुसार सबै पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले पार्टी एकीकरणलाई अनुमोदन गरेको छ । साथै नाम र झण्डालाई अनुमोदन गरिएको छ ।

दोस्रो निर्णयअनुसार दल दर्ताका लागि हस्ताक्षरसहित सम्पूर्ण जिम्मेबारी अध्यक्ष मण्डललाई दिइएको छ ।

तेस्रो निर्णयअनुसार एकीकृत पार्टी भएका छवटै पार्टीको नाममा रहेको चलअचल सम्पति एकीकृत पार्टीको नाममा राख्ने निर्णय भएको छ ।

मधेशका सम्पूर्ण जिल्लाबाट सहभागी भएका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्मिलिन बैठकमा मधेशका प्रत्येक जिल्लामा अभियान चलाउने जानकारी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले दिए । 

साथै यता वीरगन्जका पुर्व नगर प्रमुख वीमल श्रीवास्तव र वीरगन्जका चर्चित नेता राजेशमान लाई एक ठाउमा देखेर वीरगन्जमा ई दुई नेताका कार्याकर्ता बिच खुशी छाएको छ ।

वीरगन्ज २० बैशाख  स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका नेता शिवचरण केवटलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ केवटलाई घरबाट पक्राउ गरिएको हो ।

रुपन्देही छोटकरी नगर घर भएका केवटलाई दुईवटा भ्यानमा आएका प्रहरीले पक्राउ गरी लगेको परिवारजनले बताएका छन् । परिवारजनले पक्राउ पुर्जी विना केवटलाई पक्राउ गरी लगेको बताएका छन् ।

यता स्वतन्त्र मधेश गठबन्धनले केवटको रिहाको माग गरेको छ । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै केवटलाई तत्काल रिहा गर्न माग गरेको हो ।

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012