You are here: HomeखेलकुदItems filtered by date: Friday, 12 May 2017

कलैया बजारको ट्राफिक ब्यवस्थापनको निमित शुक्रबार विद्यार्थीहरु र ट्राफिक प्रहरीको जनचेतना मूलक रैली नगर परिक्रमा गरिदै । तस्वीर यात्रा डेली ।

वीरगंज, २९ वैशाख अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा अध्ययनरत्त नर्सिङ विद्यार्थीहरुले अस्पतालका विभिन्न वार्डमा फलफुल वितरण गरेका छन् । कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको बच्चा वार्ड, एन.आइ.सि.यु, नर्सरी, मेट्रो वार्डमा उपचार्थ भर्ना भएका सय जनालाई फलफुल तथा जुस वितरण गरिएको छ । सो अवसरमा कलेजका सह प्रध्यापक श्रीमति बबिता सिंह, प्रशासकिय अधिकृत अताउर रहमान अंसारी, आकाश एफएमका एमडि आशिक अंसारी, ३० जना शिक्षिका लगायत १३० जना नर्सिङ छात्राहरुले सो फलफुल तथा जुस वितरण गरेका थिए ।

Image may contain: 17 people, people smiling, people standing

Image may contain: 12 people, people smiling, people standing

Published in समाचार

वीरगन्ज २९ बैशाख नेपाल सद्भावना पार्टीका संस्थापक स्वर्गिय रामजनम तिवारीको १८ औं पुण्यतिथिको अवसरमा वीरगंजमा राष्ट्रिय जनता पार्टीले कार्यक्रम गरी मनाएको छ । पुण्यतिथीको अवसरमा वीरगंजको घण्टाघरमा रहेको स्वर्गिय तिवारीको शालिकमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रम रामजनम गजेन्द्र नारायण स्मृति प्रतिष्ठानले आयोजना गरेकोे थियो । प्रतिष्ठानका अध्यक्ष शिव पटेल, राजपाका नेताहरु नेजामुदिन समानी, राजेशमान सिंह, कृष्णा पटेल, प्रेमबाबु पटेल, पन्नालाल गुप्ता, मुकेश सरावगी, ओमप्रकाश सर्राफ, रेखा साह, धमेन्द्र पटेल, विपिन यादव, धुरेन्द्र पटेललगायतको सहभागिता थियो । राजपाका उपाध्यक्ष सुरेन्द्रप्रसाद कु्र्मिले मधेश र मधेशवादको जननी बाबा रामजनम तिवारी आजिवन बिना स्वार्थ काम गरेको व्यक्तित्व भएको बताउनुभयो । वहाले बाबा रामजनमको जिवनबाट आजका युवाले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

Published in समाचार

वीरगन्ज २९ बैशाख सानो पाईलाको आयोजनामा होटल भिस्वामा दुईदिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । शान्ति स्थापनाका लागी मधयस्थता तथा शिप प्रदेश नं २ को समुदायकका युवा तथा नेतृत्वकर्ताको लागी प्रशिक्षण तालिम सम्पन्न भएको छ । दुइ दिने तालिममा २ नं प्रदेशका ६ वटा जिल्लाहरु बाट २२ जना राजनितीक दल, समाजसेवी, कानुन व्यवसाय, लगायतका व्यक्तित्वहरुके सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षण दिेन सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झा र आई.पि.जे एभबअभ पुर्व निर्देशक डा. डि. एकरले सहभागी सबैलाई प्रशिक्षण दिनु भएको थियो ।

Published in समाचार

वीरगन्ज २९ बैशाख वीरगन्जमा शुक्रबार राष्ट्रिय जनता पार्टी पर्साको पहिलो एकता बैठक सम्पन्न भएको छ । वीरगन्जको गिता मन्दिर रोडमा रहेको चित्रगुप्त मन्दिरमा बसेको राष्ट्रिय जनता पार्टी पर्साको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक जेठ चार गते सम्म पारित नगरिए कडा आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।बैठकले सरकार र सत्तारुढ दलले बैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचन अगावै संशोधन विद्येयक पास गर्ने सहमति गरेको भएपनि सहमतिलाइ लत्याउदै सत्तारुढ दलले जेठ चार गते सम्मका लागि संसद बैठक स्थगीत गरेको प्रति आपत्ति पनि जनाएको छ । राष्ट्रिय जनता पार्टीका नेता पुरुषोत्तम झाको अध्यक्षतामा बसेको बैठकमा नेताहरु लक्ष्मणलाल कर्ण , शीव पटेल , निजामुदीन समानी , राजेश मान सिंह , विमल श्रीवास्तव , शशीकपुर मिया , वीरेन्द्र यादव , उषा श्रीवास्तव , रामाकान्त पटेल लगायतको सहभागीता रहेको थियो ।

Published in समाचार

वीरगंज २९ बैशाख तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभामा सभासद् रहेका शिवचन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। 

 

आफनै गाउँका एक व्यक्तिलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पूर्वसभासद्  कुशवाहाले

महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरका जामुनप्रसाद बरैलाई प्रहरी चौकीमै कुटपिट आरोप छ। 

 

कुशवाहा र बरैबीच विगत लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको थियो। बुधबार प्रहरी चौकी बरियारपुरमा डाकिएको छलफलमा वादविवाद हुँदा आक्रोशित बन्दै उनले बरैमाथि हातपात गरी कुटेकोले पक्राउ गरिएको बारा प्रहरीका प्रवक्त डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। 

 

पुर्वसभासद् कुशवाहालाई हाल जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012