You are here: HomeखेलकुदItems filtered by date: Wednesday, 05 April 2017

वीरगंज  स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारहरूको नाम पनि चर्चामा आउन थालेको छ । वीरगंज उपमहानगरपालिका र पोखरिया नगरपालिकामा नगर प्रमुखको लागि विभिन्न राजनीतिक दलहरूसँग आबद्ध व्यक्तिहरूको नाम चर्चामा आउन थालेको छ । बजारमा आएका नाममा वीउमनपाको मेयरमा पूर्वनगरप्रमुख विमलप्रसाद श्रीवास्तव, पूर्वउपप्रमुख अजय द्विवेदी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्वअध्यक्ष विजय सरावगी, सांसद् लालबाबू राउत गद्दी, लोकतान्त्रिक मधेसी सङ्गठनका सुन्दर कुर्मी, नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेल, रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहलगायतको नाम चर्चामा छ । 

    यी नामहरू अहिले बजारमा चर्चामा रहे पनि संविधान संशोधनबाट मधेसको माग पूरा भएपछि मात्र स्थानीय तह निर्वाचनमा जाने र त्यतिन्जेल निर्वाचन तयारीमा नलाग्ने  घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एउटा घटक सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादवले बताए पनि सो पार्टीबाट विजय सरावगी र सांसद् गद्दीको नाम अहिले चर्चामा छ । केही व्यक्तिले उनीहरूले भित्रीरूपमा मेयरका लागि मत मागिरहेको बताएका छन् । 

    यता मोर्चामैं रहेको नेपाल सद्भावना पार्टीका सहमहासचिव शिव पटेलका शुभचिन्तकहरूले फेसबूकमार्पmत् वीउमनपाको नगर प्रमुखमा पटेललाई उम्मेदवार हुन दबाब शुरु गरेका छन् । पटेलले भने निर्वाचन हुने कुरामा द्विविधा भएको बताए । उनले निर्वाचन भएको खण्डमा साथीभाईको सरसल्लाह अनुसार उम्मेदवार बन्न सक्ने सङ्केत गरेका छन् । 

    पूर्वनगर प्रमुख श्रीवास्तव र रामसपाका केन्द्रीय सदस्य राजेशमानबीच नगर प्रमुखका लागि गोप्य वार्ता भएको सूचना छ । दुवैले घोषितरूपमा उम्मेदवार बताएका छैनन् तर भित्रीरूपमा एकले अर्कालाई सहयोग गरौं र एकजना मात्र लडौं भनी वार्ता गरिरहेको स्रोतले जनाएको छ । 

    काङ्ग्रेसबाट जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभासद् ओमप्रकाश शर्मा तथा विजय सर्राफ र दिना गुप्ताको नाम उचालिएको छ । एमालेबाट भने सुन्दर कुर्मी र बाबूजान अलिको नाम चर्चामा छ । माओवादी केन्द्रबाट युवा उद्यमी रहबर अन्सारीको नाम सार्वजनिक भएको छ । नयाँ शक्तिबाट ठाराव क्याम्पस स्ववियु एकाइका पूर्वसभापति मुकेश द्विवेदी उम्मेदवार बन्ने लगभग तय छ । 

    यसैगरी पोखरिया नपामा नेपाली काङ्ग्रेसबाट पूर्व सांसद् रामेश्वर रौनियार, राजेन्द्र कुर्मी र सकिम मियाँको नाम चर्चामा छ भने एमालेबाट पूर्वसांसद् प्रद्युम्न चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी र दिनेश कलवारको नाम चर्चामा छ । सङ्घीय समाजवादी पार्टीबाट दीपनारायण रौनियार (मन्टु) माओवादी केन्द्रबाट रामबाबू बैठा, शम्भु पाल, पन्नालाल पटेलको नाम चर्चामा छ ।

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012