You are here: HomeखेलकुदItems filtered by date: Sunday, 16 April 2017

वीरगञ्ज ३ बैशाख संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले आज जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् । संविधान संशोधन नगरी निर्वाचन गर्न लागेको विरोधमा आन्दोलनमा रहेको मोर्चाले दुईघण्टा निर्वाचन कार्यालय घेराउ गरेका हुन् । केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म दुई घण्टा जिल्ला निर्वाचन कायालय पर्सामा घेराउ गरिएको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादवले जानकारी दिनुभयो । मधेशको माग पुरा गर, मधेस विरोधी निर्वाचन खारेज गर, संविधान संशोधन विना निर्वाचन पाईदैन, निर्वाचन कार्यालयको काम काज ठप्प गर लगायतका नाराबाजी समेत गरेको थियो । जिल्ला निर्वाचन कार्यालय परिसरमै नाराबाजी र विरोध प्रदर्शन गरिएको सदभावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनुभयो । धर्नामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष प्रदिप यादव, पूर्व मन्त्री मोहनलाल चौधरी, हरि नारायण रौनियार, तमलोपाका केन्द्रिय सदस्य  रमतुल्लाह खान, सदभावनाका ईमदाद गद्दी, प्रेमबाबु पटेल लगायतको सहभागीता रहेको थियो । 

 

Published in समाचार

बारा ३ बैशाख बारा जिल्लाको जोतपुर गम्हरीया गाबिसमा तमलोपाले आयोजना गरेको जन जागरण सभालाई सम्बोधन गर्दै कार्यतक्रम प्रमुख अतिथि तमलोपा महामन्त्री जितेन्द्र सोनलले अहिले पनि सरकार  मधेशी लाई बल्झाएर देश लाई द्वन्दमा धकेलने काम गरि रहेको आरोप लगाउनु भएको छ । सरकार मोर्चाको मांग लाई बेवास्ता गर्दै मनोमानी तरिकाले संसोधन प्रस्ताव दर्ता गराएर जनता लाई मुर्ख बनाउनु देश को लागी घातक हुने चेतावनी दिनु भेको छ । मधेसमा बन्दुकको बलमा चुनाव गराउन खोजे  जोडदार प्रतिकार गर्न कार्यकरता लाई  निरदेशन दिनु भएको छ । सरकार ले मधेसी मोर्चा संग गरेको सम्झौता पालन नगरेकोले मधेसबाट सरकारको औचित्य समाप्त हुदै गई रहेको र  मधेसी जनताले मधेस सरकार र मधेसी पुलिसको सपना देखन सुरू गरि सकेकोले नेपाल सरकारले अबिलम्ब आफ्नो रवैया नसुधारे नेपालको नक्सामा मधेश नभेटिने चेतावनी समेत दिएका छन । संसोधन बिना कुनै चुनाव हुन नदिने दोहरयाउदै चुनाव को नाममा मधेस लाई फेरी धोखा दिने खेल भई रहेको ले यस बाट मधेसी जनता सचेत हुनु पर्ने बताउनु भएको छ । जयराम साह खो अध्यक्षता मा भएको कार्यक्रम मा जिल्ला सदस्य अरूण दुबे , बिन्दा यादब , बिन्दु साह ले मन्तवय राखे का थिए भने कार्यक्रम संचालन तमबि फ्रन्ट बारा अध्यक्ष संतोष यादब ले गरेका थिए ।

नेपालको भौगोलिक अवस्थितिले दुई ठूला मुलुकबीच रहेका छौँ । हामीले विचार पुर्याएर अघि बढ्ने हो भने यसका धेरै अवसरहरू छन् । त्यसमा पनि नेपालको मध्यभाग भनेको वीरगन्ज हो । नेपालको चारैतिरबाट वीरगन्ज सबैभन्दा उपयुक्त बिन्दुमा छ । त्यस्तै हाम्रो कलकत्ताबाट आउने कार्गो ढुवानी गर्दा सबैभन्दा सस्तो वीरगन्जमा हुन्छ । अन्य नाकाबाट ल्याउँदा देशभर फैलाउनुपर्ने कार्गोको लागत धेरै बढी पर्न जान्छ । वीरगन्ज कसैले दिएर होइन, भूगोलका कारण उपयुक्त भएको हो । तर, राज्यले आवश्यक ध्यान नदिँदा बोलीचालीमा वा भनाइमा मात्रै वीरगन्ज देशको आर्थिक नगरी भयो ।

६ लेनको राजमार्ग

देशको सबैभन्दा धेरै भन्सार राजस्व पर्साबाट उठ्छ । यहाँबाट सबैभन्दा बढी कार्गो ढुवानी हुन्छ । तर, सडकको अवस्था दर्दनाक छ । अहिले पनि ६ लेनको सडक बन्न सकेको छैन । धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवामा फराकिला सडक बनिसके । तर, वीरगन्ज अहिले पनि अपहेलित छ । रक्सौलदेखि काठमाडौंसम्म ६ लेनको सडक बन्नुपर्नेमा राज्यले बजेट दिन हेलचक्र्याइँ गरेर वा राजनीतिक पूर्वाग्रहका कारण हो, वीरगन्ज अघि बढ्न सकेन । यहाँ बल्लबल्ल ६ लेनको काम सुरु भयो । तर, त्यो पनि पथलैयासम्म मात्र बन्ने भयो । त्यसैले काठमाडौं र वीरगन्ज जोड्ने चौडा सडकमा विशेष ध्यान दिनुपर्छ ।

 

पेट्रोलियम पाइपलाइन

अहिले दैनिक २ सयदेखि ३ सय गाडी इन्धन आयात हुन्छ । त्यसमा हुने ढुवानी खर्च र चुहावटका कारण मात्र अर्बौँको घाटा भइरहेको छ । वीरगन्ज उद्योग वाणिज्य संघले पहिलेदेखि नै पेट्रोलियम पाइपलाइन निर्माण गरेर तेलको ढुवानी गरौँ भन्ने माग राख्दै आएको हो । मात्र ४ अर्ब रुपैयाँमा रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइप बिछ्याउन सकिन्छ । पहिले नै यो गरेको भए देशलाई धेरै फाइदा भइसक्थ्यो । तर, सरकार सधैँ भारतको बस्यो ।

 

औद्योगिक करिडोरलाई नै विशेष आर्थिक क्षेत्र

आर्थिक नगरी बनाउनका लागि उद्योग चाहिन्छ । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । अहिले विचार नपुर्याउने हो भने भोलि औद्योगिक करिडोर पनि समस्यामा पर्न सक्छ । एउटा उद्योग खुलेपछि त्यहाँ बाहिर एउटा पसल बस्छ । त्यसपछि दुई–चारवटा खाजाको पसल हुन्छ । बिस्तारै बस्ती बस्दै जान्छ । अनि त्यही बस्तीले, यो कारखानाले प्रदूषण फैलायो, मलाई राति निद्रा लागेन, उद्योग हटाइपाऊँ भन्न आउँछ । यहाँको औद्योगिक कोरिडोरमा भोलिको दिनमा त्यो अवस्था नआओस् भनेर सरकारले अहिले नै त्यो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्नुपर्छ ।

 

काठमाडौं जोड्ने छोटो बाटो

अहिले भइरहेको सिस्नेरी र फाखेल हुँदै काठमाडौं पुग्ने बाटो राम्रो बन्यो भने हामी ३ घँटामा काठमाडौं पुग्छौँ । काठमाडौं निजगढ द्रुत मार्ग बन्न कम्तीमा १० वर्ष लाग्छ । त्यसको बजेट पनि खर्बौँ रुपैयाँ छ ।

 

रेल्वेको गलत ट्रयाक

अहिले बर्दिवासवाट पथलैया रेल्वे ट्र्याक निर्मााणको कुरो चलिरहेको छ । त्यसबाट देशलाई कति फाइदा हुन्छ थाहा छैन । तर, रक्सौलदेखि हेटौँडासम्म रेल्वे बनाइदिएको भए अन्य यातायातको अनावश्यक चाप कम हुन्थ्यो । हेटौँडासम्म रेल्वे बनेको भए अमलेखगन्जसम्म तेलको पाइपलाइनसमेत आवश्यक हुँदैनथ्यो । पेट्रोलियम पदार्थ रेल्वेमार्फत सीधा हेटौँडा पुग्थ्यो । हामीले बरौनीमा तेल किनेर रेलमार्फत एकैपटक हेटौंँडा पुर्याउँथ्यौँ । जसले वीरगन्जलाई अनावश्यक दबाब कम हुन्थ्यो ।

 

निजगढ विमानस्थल र द्रुतमार्ग

निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंसम्मको द्रुत मार्ग निर्माणको कुरो म सभासद् हुँदा ०६४ सालमा बाबुरामले भाषण गर्नुभएको हो । अहिले १० वर्ष बित्यो । तर, त्यसको अहिलेसम्मको काम र प्रगति हेर्ने हो भने यो कहिले बनिसक्छ भनेर कसैले अनुमानसम्म पनि गर्न सक्दैनन् । भूकम्पको वेलामा त्रिभुवन विमानस्थल क्षतिग्रस्त भएको भए के हुन्थ्यो । विश्वमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राजधानीको नजिक बन्नुपर्छ भन्ने मान्यता छ ।

 

फराकिलो ड्राइपोर्ट

२० वर्षअगाडि सुक्खा बन्दरगाह बन्न थाल्दा नै यो सानो भयो । चाँडै नै यसले नेपाल आयात हुने सामानको भार थेग्न सक्दैन भन्यौँ । तर, त्यसवेलाका सम्बन्धित मानिसहरूले हाँसेर उडाइदिए । तर, अहिले नै साँघुरो हुन थालिसक्यो । वीरगन्जको विकासका लागि त्यसको पनि विस्तार हुनु जरुरी छ । निर्माण गर्दै दूरगामी सोच राखेको भए त्यस्तो हुँदैनथ्यो ।

Published in समाज

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012