You are here: Homeअन्तर्राष्ट्रियItems filtered by date: Tuesday, 09 May 2017

वीरगन्ज २६ बैशाख वीरगन्जमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाहीका लागि मन्त्रालयमा चिठी लेखेको गुनासो गर्नुभएको छ।

मङगलबार पत्रकार सम्मेलन गरेर कार्यालय प्रमुख गोइतले आफुलाइ सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय माग्न जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नहरुलाइ कार्वाही गर्नुको सट्टा उल्टै आफूलाई कार्वाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको बताउनुभयो।

 

जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ताबीच हात हालाहाल भएको थियो। जनता आवास कार्यक्रमका लागि करारमा नियुक्त गरिएका १२ जना कर्मचारीहरुको नियुक्ति सम्बन्धि जानकारी माग्न गएका सांसद गुप्ता ,उनका कार्यकर्ता र पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्यका कार्यकर्ताले कार्यालय प्रमुख गोइतलाइ कुटपिट गर्दै लछापछार गरेर नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी घिमिरेको कार्यकक्षमा लगेको कार्यालयका कर्मचारीहरुले बताएका थिए।

कार्यालय प्रमुख गोइत माथि भएको दुव्र्यवहार र हातपातको घटनाको विरोधमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारीहरुले मङगलवार काम बन्द गरेका छन्।कार्यालय प्रमुख माथि भएको हातपातको घटनाको विरोधमा मङगलवार एक दिनका लागि पेन डाउन गरेर काम बन्द गरिएको कार्यालयका इन्जिनियर कार्तिकेश झाले बताउनुभयो।

 

कार्यालय प्रमुख गोइतले शुक्रबार सांसद गुप्ता र उनका कार्यकर्ताले घिसार्दै प्रमुख जिल्ला अधिकारीको कर्यकक्षमा पुर्‍याएपनि प्रमुख जिल्ला अधिकारी घिमिरेले उल्टै आफु विरुद्ध कार्वाहीको लागि विभागमा पत्र लेखेर अन्याय गरेको बताउनुभयो।

सांसद गुप्ताले आफना एक जना कार्यकर्तालाइ पनि करारमा नियुक्त गर्न दिएको दबाब आफुले नमानेपछि आफु माथि कुटपिट र दुव्र्यवहार गरिएको कार्यालय प्रमुख गोइतले बताउनुभयो।

वीरगन्ज २६ बैशाख प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलसहित राष्ट्रिय जनता पार्टीको संयुक्त बैठक निष्कर्षबिहिन टुंगिएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अघि संविधान संसोधन गर्ने बताए पनि प्रक्रिया ओझेलमा परेको भन्दै राजपाका नेताहरुले आपत्ति जनाएका छन्। उनीहरुले चुनावअघि नै संशोधनको सुनिश्‍चितता हुनुपर्ने माग राखेका छन्।

 

बैठकमा संविधान संसोधनलार्इ द्रुतमार्गबाट लगेर समाधान गर्ने सहमति हुने जनाएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसोधनमा साथ नदिने जनाएपछि राजपा भड्किएको हो ।

 

मंगलबार राजपाका नेताहरुसँग छुट्टै बैठक बस्‍ने भनिए पनि पछि सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलार्इ पनि बैठकमा सहभागि गराइएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

 

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संसोधन नभए कडा आन्दोलन गर्ने र आफूहरु निर्वाचनमा सहभागी नहुने राजपाले जनाएको छ ।

 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी थिए ।

Published in समाचार

वीरगन्ज २६ बैशाख वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको अत्यधिक दुर्गन्धका कारण आमउपभोक्ता विभिन्न रोगको सङ्क्रमणको उच्च जोखिममा छन् ।

 

वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको सो दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा माछा व्यापारीले वासी एव्म सडेगलेको माछा बिक्री गर्ने तथा त्यसको आन्द्राभुँडी र कत्ला जथाभावी फाल्ने गरेका कारण मीनाबजार दुर्गन्धित भएको हो ।

 

दुर्गन्धका कारण यहाँ किनमेल गर्न आउने आमउपभोक्ता तथा सर्वसाधारणको टाउको दुख्ने, बान्ता हुनेलगायत स्वास्थमा प्रत्यक्ष असर हुन थालेको गुनोसो सुन्निछ । छेउमै रहेको हनुमान मन्दिरमा पूजा गर्न आउने भक्तजनपनि सो दुर्गन्धबाट प्रभावित भएका छन् ।

 

बजार व्यवस्थित नभएकाले दुर्गन्धका कारण नाक थुन्नुपर्ने बाध्यता रहेको छ, स्थानीय उपभोक्ता राजु खड्की, सन्नी रौनियार र विनयप्रसाद कलबारले एकै स्वरमा भन्छन्, “गर्मीको मौसम आएकाले बजार सरसफाइ नगरे हैजा फैलने सम्भावना उच्च रहेको छ ।”

 

मीनाबजार कम्प्लेक्सभित्र व्यापार गर्दै आएका वीरगन्ज उपमहानगरपालिका–४ का सखावत मियाँ दुर्गन्धका कारण बिरामी भई अस्पतालमा उपचार गराइरहेको गुनासो गर्दै उनका भाइ तथा माछा मासु व्यावसायी सङ्घका अध्यक्ष अन्सार मन्सुरीले सरसफाइ अभावका कारण माछाको दुर्गन्धबाट हैजा फलिने सम्भावना रहेकाले यसप्रति सम्बन्धित निकाय समयमै ध्यान पु¥याउनु पर्ने बताए ।

सो कम्पलेक्सभित्र २८ वटा माछा पसल तथा ६ वटा मासु पसल रहेको छ । माछाको दुर्गन्धका कारण बस्न नसकेर कतिपय व्यापारी त्यहाँबाट भागिसकेका छन् । भारतको आन्द्र प्रदेशबाट एक हप्ताको लामो बाटो तय गरी हप्तामा करिब १० क्विन्टल माछा वीरगन्ज आउने गर्छन् । गर्मी मौसम सुरु भएकाले ती माछा सड्नाले बढी दुर्गन्धित हुने गरेको छ ।

 

कम्प्लेक्सभित्र सरसफाइ, पानी, शौचालय र पानी निकासको अभाव, क्षमताभन्दा बढी व्यापारी बस्नुपर्ने समस्या तथा ठेकेदारको लापर्वाहीका कारण बजार दुर्गन्धित भएको गुनासो अर्का उपभोक्ता शेषमन पण्डितको छ ।

 

वीरगन्ज उपमहानगरपालिकासँग प्रतिवर्ष एक करोड ३० लाखमा ३ वर्षका लागि सो कम्प्लेक्स ठेक्का लिएका ठेकेदार विक्कीप्रसाद गुप्तासँग फोहर तथा दुर्गन्धबारे जिज्ञासा राख्दा उहाँले गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै अहिले नयाँ बजार बसेको छ, बिस्तारै सबै व्यवस्था गरिनेछन् भन्नुभयो । यस सम्बन्धमा वीरगन्ज उपमहानगरपालिकाका योजनाप्रमुख प्रकाशबहादुर अमात्यले कम्प्लेक्सको भित्री भागको सरसफाइको जिम्मेबारी ठेकेदारको हो, उपमहानगरपालिकालाई बजारको बाहिरी भागको मात्र सरसफाइ गर्ने जिम्मेवारी छ, भने ।

 

कम्प्लेक्सबाट निस्किने माछाको दुर्गन्धका कारण छेउछाउमा रहेका सरकारी कार्यालय तथा स्थानीयवासी र बटुवासमेत प्रभावित भएकाले सो समस्याको समाधान तत्काल गरिनुपर्ने माग मीना बजारवासीको रहेको छ।

 

वीरगंज, २६ बैशाख । नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजमा कुकुर तथा जनावरले टोकेपछि दिइने एन्टीरेबिज भ्याक्सिनको अभाव भएको छ ।  नारायणी उप–क्षेत्रिय अस्पतालमा भ्याक्सिन अभाव भएपछि कुकुर वा जनावरले टोकेकोे बिरामीहरु मर्कामा परेका छन् । पर्सा, बारा तथा सिमावर्ती क्षेत्रका रोगीहरु उपचारको क्रममा आउने यस नारायणी उप–क्षेत्रिय अस्पतालमा एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि सेवाग्राहीहरु निजी औषधी पसलबाट महंगोमा भ्याक्सिन खरिद गर्न बाध्य भएका छन् । 

 

चाहिएको भन्दा आधा एन्टी रेबिज भ्याक्सिन मात्र जनस्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरेकोले भ्याक्सिनको अभाव हुने गरेको नारायणी उप–क्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट चित्ररञ्जन साहले बताउनु भयो । यस अस्पतालमा मासिक ८०० वटा एन्टी रेबिज भ्याक्सिन मा“ग रहेकोमा जम्मा ४०० थान एन्टी रेबिज भ्याक्सिन मात्र उपलब्ध गराइने भएकोले अभाव हुने गरेको उहाको दावी छ ।

 

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012