You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय (812)

वीरगन्ज  बैशाख  लामो समय देखि राजनीतिक मार्फत समाज सेबा गर्दै आएका वीरगन्जका रामरुप कुर्मी यस पाली नेपाली काग्रेसबाट वीरगन्जको मेयरको पदमा चुनाव लडने तैयारीमा रहेका छन । आउने दिनमा राजनितीबाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी वीरगन्ज स्थित वीरगन्जका युवा रामरुप कुर्मीले वीरगन्ज उप महानगरपालिकाको मेयर पदका लागी आफु पनि उम्मेदवार को रुपमा प्रस्तुत गर्ने भएका छन । २०३६ साल देखि नेपाल काग्रेसमा आबद्ध रहदै आएका कुर्मीले हाल नेपाली काग्रेसका महा अधिवेसन प्रतिन्धिमा विजयी भएका व्यक्ति हुन । सबैको मन मस्तिष्कमा रहेका कारण उनको सफलतामा साथ दिनेहरु थु्रपै व्यक्तिहरु भेटिएका छन । उनले आफुलाई स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उदघोष नगरे पनि चिया पसल र चौतारामा उनलाई वीरगन्ज उप महानगरपालिकाको मेयरमा उठाउनु पर्छ भन्ने पर्सेली नेपाली काग्रेसहरुको जमात बढदै गएको छ । उनको काग्रेस पार्टी भित्र पनि र बाहीर पनि राम्रो छवि रहेको भन्दै पार्टीमा समेत नेपाली काग्रेसको आगामी मेयर पदमा रामरुप कुर्मीनै  बलियो उम्मेदबार हो भन्ने चर्चा चल्न थालेको छ । पार्टी बाट जनमतको कदर भएको खण्डमा उनले नेपाली काग्रेस बाट वीरगन्ज उप महानगरपालिकाको मेयर पदमा उम्मेदबारी सोच बनाएका छन । मेयर का आकाक्षी रामरुप कुर्र्मी संग प्रतिक्रिया लिदा उम्मेदबारी दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफनो काम भनेर लागिपरेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई मेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको बताएका छन । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनतामा  उनको छाप राम्रो रहेको नेपाली काग्रेसका कार्यकर्ताहरुको भनाइ छ । वीरगन्ज उप महानगरपालिका को चुनावमा मेयर पदका आकाक्षी कुर्मी जिल्ला विकास समिती पर्साको सदस्य गाविस सुगैली विर्ताको पुर्व उपाध्यक्ष र जिल्ला विकास समिती पर्साको कार्यबाहक अध्यक्ष समेत जस्ता पदमा समेत रहेर काम गरि सकेका छन ।

 

बीरगंज  बैशाख । नेकपा एमालले बीरगंज उपमहानगरपालिकाको मेयरका लागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । बीरगंज नगर कमिटीको सम्पन्न बैठकले मेयरमा निर्मला देवकोटा सुन्दर कुर्मी र मनोज चौधरीको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको हो । मेयरमा सिफारिश निर्मला भण्डारी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन । त्यस्तै सुन्दर कुर्मी एमालेको जनसंगठन लोकतान्त्रिक मेधशी संगठन पर्साको अध्यक्ष हुन कुर्मी चौधरी र भण्डारी भन्दा भारी पर्ने छन र कुर्मीलाई नै मेयरको टिकट दिनुपछ भन्ने एमाले भित्र चर्चा चलेको छ । मनोज चौधरी नेकपा एमाले केन्द्रीय बिभागको सदस्यका रुपमा कार्यरत छन । एमालले बीरगंज नगर २७ वडा मध्ये १७ वडामा अध्यक्षका प्रत्याशीहरुको पनि नाम सिफारिश गरिसकेको नेकपा एमाले पर्साका संयोजक प्रभू हजारले बताए । बैठक एमाले नेता उसमान अन्सारीको अध्यक्षतामा बसेको थियो ।

 

बारा ३ बैशाख बारा जिल्लाको जोतपुर गम्हरीया गाबिसमा तमलोपाले आयोजना गरेको जन जागरण सभालाई सम्बोधन गर्दै कार्यतक्रम प्रमुख अतिथि तमलोपा महामन्त्री जितेन्द्र सोनलले अहिले पनि सरकार  मधेशी लाई बल्झाएर देश लाई द्वन्दमा धकेलने काम गरि रहेको आरोप लगाउनु भएको छ । सरकार मोर्चाको मांग लाई बेवास्ता गर्दै मनोमानी तरिकाले संसोधन प्रस्ताव दर्ता गराएर जनता लाई मुर्ख बनाउनु देश को लागी घातक हुने चेतावनी दिनु भेको छ । मधेसमा बन्दुकको बलमा चुनाव गराउन खोजे  जोडदार प्रतिकार गर्न कार्यकरता लाई  निरदेशन दिनु भएको छ । सरकार ले मधेसी मोर्चा संग गरेको सम्झौता पालन नगरेकोले मधेसबाट सरकारको औचित्य समाप्त हुदै गई रहेको र  मधेसी जनताले मधेस सरकार र मधेसी पुलिसको सपना देखन सुरू गरि सकेकोले नेपाल सरकारले अबिलम्ब आफ्नो रवैया नसुधारे नेपालको नक्सामा मधेश नभेटिने चेतावनी समेत दिएका छन । संसोधन बिना कुनै चुनाव हुन नदिने दोहरयाउदै चुनाव को नाममा मधेस लाई फेरी धोखा दिने खेल भई रहेको ले यस बाट मधेसी जनता सचेत हुनु पर्ने बताउनु भएको छ । जयराम साह खो अध्यक्षता मा भएको कार्यक्रम मा जिल्ला सदस्य अरूण दुबे , बिन्दा यादब , बिन्दु साह ले मन्तवय राखे का थिए भने कार्यक्रम संचालन तमबि फ्रन्ट बारा अध्यक्ष संतोष यादब ले गरेका थिए ।

वीरगञ्ज,  चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बन्दुकको बलमा चुनाव गर्न खोजिए मधेसमा रक्तपात हुने चेतावनी दिएका छन् । संविधान संशोसन विना मधेशमा स्थानिय तहको चुनाव हुनै नसक्ने ठोकुवा उनले गरे । पर्साको पोखरियामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीको माग उपेक्षा गरि सरकारले मधेशमा स्थानिय तहको निर्वाचन गर्न खोजे जनताले प्रतिकार गर्ने बताए । ‘मधेशविना देशको कल्पना गर्न सकिँदैन । पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता जोगानन्द चौहान, दिनेश चौहान र वीरञ्चीवर्वाका मुकेश तिवारीको नेतृत्वमा २ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुले पार्टी प्रवेश गरेको तमलोपाका पर्सा सचिव श्रीराम जी गिरीले दावी गरे । कार्यक्रमलाई तमलोपा महामन्त्री चन्दा चौधरी, वीरगंजको पूर्व मेयर तथा पार्टीको प्रवक्ता विमल श्रीवास्तव, सांसद रमेश पटेल, केन्द्रिय सदस्य शशिकपुर मियाँ, जनार्दन यादव, तराई मधेश युवा फ्रन्टका सह महासचिव देवानन्द यादव लगायतका नेताहरुलेसंवोधन गरेका थिए । 

 

वीरगंज  फागुन नेपाल सरकारले  स्वास्थ्य संस्थाहरूबाट निश्शुल्क वितरण गर्दै आएको एन्टीरेबिज एआरभी भ्याक्सिन पर्सा जिल्लाभरि अभाव देखिएको छ । 

     पर्साका  स्वास्थ्य संस्थाहरूमा  दुई महिनादेखि भ्याक्सिन नभएको कारण कुकुरले टोकेका बिरामीहरू निजी क्लिनिक र अस्पतालबाट चर्को शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका छन् । 

    पर्सामा नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा इलाका हेल्थ पोस्ट ठोरीबाट रेबिज रोग विरुद्ध भ्याक्सिन निश्शुल्क उपलब्ध गराइँदै आएको छ । 

    नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज र पोखरिया अस्पताल तथा  इलाका हेल्थपोस्ट ठोरीमा आउने बिरामीहरू अहिले भारतको स्वास्थ्य संस्था वा निजी क्लिनिकहरूमा पुग्ने गरेको बिरामीहरूले बताएका छन् । 

     एकजना बिरामीलाई तीनपटकका लागि निश्शुल्क एआरभी भ्याक्सिन उपलब्ध गराइने गरिएको छ । 

     क्षेत्रीय मेडिकल स्टोर हेटौंडामा नै सो भ्याक्सिन सकिएको अहिले क्षेत्रभरि हाहाकार भएको बुझिएको छ । 

    नारायणी उपक्षेत्रीय अस्पतालमा प्रति महिनामा ८ सय भाइल र पोखरिया अस्पतालमा महिनामा ५ सय भाइल तथा इलाका हेल्थ पोस्ट ठोरीमा २ सयभन्दा बढी भ्याक्सिन खपत हुने गरेको तथ्याङ्कले देखाएको छ ।  नारायणी उपक्षेत्रीय अस्पतलाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले क्षेत्रबाटै भाइल नआएकोले केही समस्या भएको बताउँदै क्षेत्रले टेन्डर गरेको र छिटै समस्या समाधान हुने बताए ।

वीरगन्ज  फागुन सडक विभागकोे त्रिभुवन राजमार्ग अन्तर्गतको हेटौंडा–वीरगंज सडकखण्डमा पर्ने अतिक्रमण हटाउने अभियान फेरि सुस्ताएको छ । राजमार्गको दायाँ र बायाँ २५/२५ मिटर  सडक ऐन २०१२ मा व्यवस्था भए अनुसार खालि गराउनका लागि पटक–पटक जारी गर्दै आएको सूचनासंगै केही स्थान अतिक्रमण मुक्त भए पनि समग्रमा अतिक्रमण हटिसकेको छैन । राजमार्ग अतिक्रमणको क्रममा देशका विभिन्न स्थान खालि गराइए पनि राजमार्गमा पर्ने हेटौंडा–वीरगंज शहर अतिक्रमणबाट मुक्त पार्ने कामले सार्थकता पाउन सकेको छैन । सडक ऐन २०१२ जारी हुनुपूर्व यी दुई शहर बसिसकेको कारण बिल्डअप एरिया घोषित गरी शहरको संरचना नभत्काएर वैकल्पिक राजमार्ग प्रयोग गर्दै शहरको संरचना जीवित राख्न स्थानीयको माग रहँदै आएको छ । 

    सडक विभागले लामो समयदेखि यी दुई शहरको अतिक्रमण हटाउन सूचना जारी गर्ने, केही भाग तोडफोड गर्ने अनि फेरि सुस्ताउने काम गर्दै आएको छ । पछिल्लोपटक नेपालीहरूको महान चाड दशैं, तिहार, छठ सकिएलगत्तै सडक विभागले हेटौंडामा यो अभियान शुरु ग¥यो भने वीरगंजमा शुरु गर्न सूचना जारी गर्दै अतिक्रमित एरियाको नापजाँच पनि ग¥यो । हेटौंडाका सरकारी कार्यालयहरूबाट अतिक्रमण हटाउने काम भयो । पछि निजी भवनहरूमा पनि डोजर चलाइयो तर अहिले त्यहाँ अतिक्रमणविरुद्ध अभियान सर्वाेच्च अदालतको निषेधाज्ञा आदेशले चैत १३ गतेसम्मको लागि स्थगित छ । पुनरावेदन अदालतले राजमार्गको अतिक्रमण हटाउने आदेश दिएपछि हेटौंडावासी सर्वाेच्चको शरणमा गएका थिए । अदालतको आदेशपछि दुई महिनादेखि अतिक्रमण विरुद्ध अभियान रोकिएको छ । हेटौंडामा सडक विभागको काम स्थगित भएपछि त्यसको असर वीरगंजमा पनि परेको छ । दुई महिना पहिलेसम्म अतिक्रमण हटाउने सडक विभागको अभियानबाट त्रसित वीरगंजका मेनरोडवासीले मन्त्रीस्तरसम्म दबाब बनाएका थिए । वीरगंजको सन्दर्भमा गण्डकदेखि घण्टाघरसम्मको त्रिभुवन राजमार्गको बाटो केही हदसम्म फराकिलो भए पनि त्यसपछि मितेरीपुलसम्मको बाटो निकै साँघुरो छ । यो क्षेत्रको बाटो फराकिलो नपार्ने हो भने अहिले माग भइरहेको वीरगंज महानगरपालिका सम्भव हुन सक्दैन । अतिक्रमण हटाउँदा मेनरोडमा पर्ने जग्गाधनीहरूलाई मर्का पर्नु स्वाभाविक हो । उनीहरूको जग्गाधनी प्रमाणपुर्जा सरकारी निकाय मालपोत कार्यालयले जारी गर्ने, वीउमनपाकाले नक्सा पास गर्नेसम्मको काम गरिसकेको अवस्थामा सरकारको अर्काे निकाय सडक विभागले सडक ऐन २०१२ को दुहाई दिएर अतिक्रमण भनी खालि गराउन खोज्नु न्यायोचित कदम पक्कै होइन । सरकार आफैले जग्गा बिक्री गर्ने अनि बिक्री गरे बापतको शुल्क लिने र पछि त्यस्तो जग्गालाई अतिक्रमित भनेर गैरकानुनी बनाउने काम न्याय सिद्धान्त अनुरूप होइन र हुन पनि सक्दैन । 

    २०१२ सालमा बनेको ऐन अनुसार मालपोतले जग्गा खरिद बिक्रीमा रोक लगाएन । नगरपालिकाले पनि मालपोतले नियमविपरीत जग्गा बिक्री गराएको हुँदा नक्सापासको प्रक्रिया रोकेन । आममानिसले सरकारले देखाएको नियम कानुनको पालना गरेकाले सरकारले पनि त्यस्तो जग्गाको हकमा क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ । हेटौंडा–वीरगंजको सन्दर्भमा त्रिभुवन राजमार्ग तीन दशकभन्दा बढी समयदेखि खालि गराउन खोजिनु अनि बीचमा रोकिनुको एउटा प्रमुख कारक आजसम्म क्षतिपूर्तिबारे आश्वासन नदिनु पनि हो ।

वीरगंज फागुन सर्वोच्च अदालतको निर्णयपछि देशभरिको सरकारी अस्पतालमा औषधी पसल सञ्चालन गर्न स्वास्थ्य विभागले रकम पठाए पनि नाउक्षे अस्पतालमा अहिलेसम्म फार्मेसी सञ्चालनमा आउन सकेको छैन । २ वर्ष पहिले विभागले रु २५ लाखको सीडमनीसहित अस्पताललाई फार्मेसी सञ्चालनको आदेश दिएको थियो । विभागले फार्मेसी सञ्चालनको लागि केमिस्ट सुजित श्रीवास्तवलाई नियुक्त गरी पठाएको पनि डेढ वर्ष भइसक्यो । अस्पतालले प्रसूति वार्डसँगै फार्मेसीको लागि कोठा तयार गरी ¥याकहरू बनाइसकेको छ । सबै तयारी भए पनि अहिलेसम्म फार्मेसी सञ्चालनमा आउन सकेको छैन । अस्पतालका प्रवक्ता रमेश चौधरीले केही दिनभित्रै फार्मेसी सञ्चालन हुने बताए । उनले फार्मेसी सञ्चालनको लागि सबै तयारी पूरा भए पनि औषधीको दररेट प्राप्त नभएको कारण ढिला हुन गएको बताए । यसैबीच पोखरिया अस्पतालमा फार्मेसी सञ्चालनको लागि समिति गठन भएको छ । पोखरियामा रु ९ लाखको सीडमनी आएको र अस्पतालमा सञ्चालन हुने फार्मेसीको कोठा, ¥याक निर्माण भइसकेको र कर्मचारी पनि दरबन्दीमा आइसकेको मेसु डा। सुशील चौरसियाले बताए । मेसु डा। चौरसियाको अध्यक्षतामा गठित फार्मेसी सञ्चालन समितिमा डा। प्रशान्त साह, अहेब नीलम साह, अनमि दीपिका सिंहलगायत ८ सदस्य छन् । एक साताभित्र अस्पतालमा फार्मेसी सञ्चालन हुने समितिले निर्णय गरेको मेसु डा। चौरसियाले बताए ।

वीरगन्ज माघ तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले जेठमा स्थानीय निकायको चुनाव सम्भव नभएकाले कात्तिक मंसिरमा संसदको चुनाव हुने बताउनु भएको छ । वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर महामन्त्री सोनलले कात्तिक मंसिरमा संसदको चुनाव हुने र त्यसपछि बन्ने नयाँ सरकारले नै स्थानीय तह र संघीय प्रदेशको चुनाव गराउने बताउनु भयो । अहिले जेठमा स्थानीय चुनाव हुन्छ भनेर जनतालाइ भ्रम राख्ने काम मात्र भइरहेको छ , उहाले भन्नु भयो ,  निर्वाचन आयोगले पनि चुनावको मिति घोषणा भएदेखि एक सय २० दिनको समय चाहिन्छ भनेर भन्दै आएको छ ,त्यसैले जेठमा स्थानीय चुनाव सम्भव नै छैन । उहाले ठूला राजनीतिक दलका नेताहरु पनि अहिले स्थानीय तहको चुनाव गर्ने पक्षमा नरहेको दाबी गर्नु भयो । अहिले संविधान संशोधन गरौं , अनि कात्तिक मंसिरमा संसदको चुनाव गरौं भन्ने मधेसी मोर्चाको पनि धारणा हो , तमलोपा महामन्त्री सोनलले भन्नु भयो ,‘अहिले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुन्छ । संविधानज संशोधनमा एमालेले गरिररहेको विरोध नौटंकी भएको भन्दै उहाले एमालेकै सहयोगमा संशोधन प्रस्ताव पास हुने जिकिर गर्नु भयो ।चुनावका लागि सरकारले गरिरहेको हतारले मुलुकमा नयाँ मुठेभेड निम्त्याउने खतरा रहेको उहाको भनाइ छ । स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाइ बुझाएको प्रतिवेदन अवैज्ञानिक र असान्दर्भीक रहेको भन्दै महामन्त्री सोनलले समान जनसंख्याको आधारमा स्थानीय तहको पुर्नसंरचना गर्नु पर्ने बताउनु भयो । मधेसमा आधा जनसंख्या भएकाले स्थानीय तहको संरचना गर्दा मधेसमा ५१ प्रतिशत स्थानीय तहको संख्या काम गर्नु पर्ने उहाको माग छ ।   

वीरगन्ज माघ । बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन् । 

हातमा सरकारी अस्पतालको पुर्जी लिई– ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको यहाँ आउने जो कोहिले सजिलै हेर्न सकिन्छ । 

भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुरलगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन् । 

भारतीय सिमावर्ती शहर रक्सौलस्थित रेल्वे स्टेसन नजिकै घरमा डेरा गरी बसेका मगन्ते “समूह” का सदस्यले नक्कली अस्पतालको पुर्जी र नक्कली डाक्टरको हस्ताक्षर गरी आफन्तको उपचार गराउनुपर्ने भन्दै स–साना बालबालिकासँग भिख मगाउने गरेका छन् । 

भिख माग्दै गरेका भारत बिहार घर भएकी अन्दाजी ११ वर्षीय हिना (नाम परिर्वतन) ले भिख मागेर आफूले दैनिक रु चार सयदेखि पाँच सयसम्म उठाउनुपर्ने बाध्यता रहेको बताइन् । 

यो पेसामा आउनु भन्दा अगाडि हामीलाई केही हप्ता तालिम दिएको बताउँदै उनी भनिन् “यो पेशामा म जस्तै अन्य केटाकेटी पनि संलग्न छन् ।” 

अहिले म वीरगन्जमा भिख माग्दै हिडेकी छु, भोलि कता पठाउँछन् मलाई थाहा हुँदैन, उनी भन्छिन् – ‘जुन दिन कम रकम उठ्छ, त्यो राति खाना कम र गाली खानुपर्ने हुन्छ । 

यसरी वीरगन्ज नगरक्षेत्रमा स–साना बालबालिकालाई प्रयोग गरेर मगन्तेको समूह सक्रिय भएको सम्बन्धमा पर्साका स्थानीय प्रहरी प्रशासनले बजारमा साना बालबलिका हातमा सेतो कागज लिई उपचारका लागि रकम उठाउने गरेको जानकारी आए पनि यस कार्यमा मगन्तेको समूह नै सक्रिय रहेका छन् भने जानकारी नआएको प्रतिक्रिया दिनुभयो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिने र यस कार्यमा मगन्ते समूह सक्रिय रहेको भेटिएमा त्यस्तालाई कारवाही गर्ने स्थानीय प्रशासनले जनाएको छ । रासस 

वीरगन्ज पुस । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ । 

 बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् । 

 यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्यापी धार्मिक कार्यक्रममा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्नाले त्यस क्षेत्र वरिपरि करिब ५०० मिटर क्षेत्रभित्र रहेका व्यापारी र बटुवा ध्वनि प्रदूषणका कारण प्रभावित हुने गरेका पाइएको छ । 

 ठूलो स्वरमा बाजा बजाउ“दा हामी मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेकाले सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माईस्थानका पान व्यवसायी विनयकुमार चौरसियाको गुनासो रहेको छ । 

 जीउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जा“दा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चिकित्सकको भनाइ रहेको छ । वीरगन्जका वरिष्ठ पत्रकार शङ्कर खतिवडा भन्नुहुन्छ बिहान र दिनभरिको ध्वनि प्रदूषणको कारण तनाव, झैझगडा, मानसिक विचलनलगायतको समस्या उत्पन्न हुने गरेको छ । धार्मिक, सा“स्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रुप भएकाले सानो स्वरमा बाजा बजाउनु पर्दछ, उहा“को भनाइ छ ।

 कार्यालयको समयमा सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउ“दा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ । नगर क्षेत्रमा रहेका सुरक्षाकर्मीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको हो जसको कारण सर्वसाधारणको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । 

 वीरगन्ज नगर क्षेत्रमा ध्वनिको समस्या रहेको स्वीकार्दै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले ठूलो स्वरमा बाजा बजाउनु यहा“को रीतिरिवाज नै भएको र सम्झाउ“दा बुझाउ“दा पनि सम्बन्धित पक्षले अटेर गर्ने गरेको बताउनुभयो ।

 संस्कृति र संस्कारको नाममा ठूलो स्वरमा माइक बजाएर ध्वनि प्रदूषण गर्नु भनेको जनतामा चेतनाको अभाव हो । जबसम्म ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ, त्यसबारे चेतना जागृत हुुदैन, तबसम्म यो समस्या दिनप्रतिदिन बढ्दै जानेछ ।

 निश्चित दायराभित्र रहेर कार्य गर्दा आवाज भएन भने विवाह, पूजा, भोजभतेर, प्रवचन, भजनकीर्तनमा मिठास आउ“दैन भन्ने भनाइ आम नागरिकको रहेको छ ।

 बजारभरिका पोलमा स्पीकर राखी ध्वनि फैलाउने क्रियाकलाप बढेपछि यसबाट प्रभावित हुने मानिसको सङ्ख्या पनि बढ्दै गएको छ ।हाम्रो माग हो, वीरगन्ज नगर ध्वनि प्रदूषणमुक्त सहर हुनुपर्छ, वीरगन्ज नगरबासी एकै स्वरमा भन्छन् । 

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012