You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियपर्सामा सय भन्दा बढी विद्यालय अबैध रुपमा संचालन कार्यवाही गर्ने जिसिअ तिवारी तैयारी

पर्सामा सय भन्दा बढी विद्यालय अबैध रुपमा संचालन कार्यवाही गर्ने जिसिअ तिवारी तैयारी

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 10 May 2017 15:45
Rate this item
(1 Vote)

वीरगन्ज, बैशाख जिल्ला शिक्षा कार्यालयको इजाजत बगैर पर्सामा करिब एक सय भन्दा बढीको संख्यामा निजी विद्यालय संचालन भइरहेको खुलाशा भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले गराएको अनुमनबाट वीरगन्ज र ग्रामिण क्षेत्रमा एक सयभन्दा बढीको संख्यामा अबैध निजी विद्यालय संचालन भएको खुलाशा भएको हो ।

जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार जिल्लामा कुल एक सय ३९ वटा निजी विद्यलाय दर्ता रहेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साले उपलब्ध गराएको तथ्या“क अनुसार १२ कक्षा सम्मका लागि १० वटा, कक्षा १० कालागि ५३ वटा, कक्षा ८ कालागि १० वटा, कक्षा ६का लागि ३१ वटा, कक्षा ५का लागि १५ वटा, कक्षा४का लागि २ वटा,कक्षा ३कालागि ५ वटा, कक्षा २ का लागि ४ वटा र कक्षा १का लागि १७ वटा विद्यालयले मात्र इजाजत लिएको छ ।

जिल्लाको सहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा इजाजत लिएका वाहेक एक सय भन्दा बढी विद्यलाय संचालन रहेको जिल्ला शिक्षा कार्यालय पर्साका प्रमुख जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिनुभयो । उहा“ले अबैध रुपमा संचालन रहेको विद्यालयमा अध्ययन गर्ने कक्षा ८ र १० का विद्यार्थीलाई परिक्षाका बेला प्याबशन एन प्याबशनका सदस्य रहेका बैध विद्यालयले फार्म भराई अबैध विद्यालयलाई मल जल गरेको आरोप लगाउनु भयो । जिल्लामा संचालन रहेको अबैध विद्यलायलाई कार्यवाही गर्न शिक्षा नियमावलीमा कडा प्रावधान नभएको र प्यापशन तथा एन प्यापशनको संरक्षणका कारण अबैध विद्यलायलाई कार्यवाही गर्न कठिनाई भएको जिसिअ तिवारीले जानकारी दिनुभयो । 

शिक्षा ऐनमा समेत अबैध विद्यलाय संचालन गर्नेलाई सोझै बन्द गर्ने प्रवधान नभएको, अबैध विद्यलाय संचाकलाई पा“च हजार सम्म जरिवान गर्ने व्यवस्था भएकाले पनि दण्डीत गर्ने कठिनाई भएको छ । अबैध विद्यलाय संचालन गरी विद्यार्थीको भविश्यसंग खेलवाड गर्नेहरु माथि ठगी मुद्दा चलाउने ऐन मंै व्यवस्था हुने पर्ने जिसिअ तिवारीको सुझाव रहेको छ ।

यसै विषयमा प्याबशन पर्साका अध्यक्ष हरिशंकर साहसंग बुझदा उहा“ले ७५ देख एक सयको हाराहारीमा जिल्ला भित्र अबैध विद्यलाय संचालन रहेको अंकुश दैनिकलाई बताउनु भयो । उहा“ले केही वर्ष अगाडी अबैध विद्यलायका विद्यार्थीलाई निजी विद्यलायबाट परिक्षा लिनाउने कार्य भएपनि पछिलो समयमा सामुदायिक विद्यलायबाटै अबैध विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा दिलाउने काम हुदै आएको आरोप लगाउनु भयो । सामुदायिक विद्यलायका प्रधानअध्यापक समेत रहेकाहरुले नै जिल्लाको सदरमुकान तथा ग्रामिण क्षेत्रमा अबैध निजी विद्यलाय संचालन गरेको अध्यक्ष साहले दावी गर्नुभयो । वीरगन्ज उपमहानगपालिका भित्र मात्र एक दर्जन भन्दा बढी अबैध निजी विद्यलाय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले सचालन गरेपनि त्यसलाई जिल्ला शिक्षा कार्यालय पर्साले कुनै कार्यवाही नगरेको प्याबसन पर्साको आरोप रहेको छ ।

Read 1983 times Last modified on Friday, 12 May 2017 18:51

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012