You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियबन्दुकको बलमा चुनाव गर्न खोजिए रक्तपात हुन्छ । नेता महन्थ ठाकुर

बन्दुकको बलमा चुनाव गर्न खोजिए रक्तपात हुन्छ । नेता महन्थ ठाकुर

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 06 April 2017 19:34
Rate this item
(0 votes)

वीरगञ्ज,  चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बन्दुकको बलमा चुनाव गर्न खोजिए मधेसमा रक्तपात हुने चेतावनी दिएका छन् । संविधान संशोसन विना मधेशमा स्थानिय तहको चुनाव हुनै नसक्ने ठोकुवा उनले गरे । पर्साको पोखरियामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीको माग उपेक्षा गरि सरकारले मधेशमा स्थानिय तहको निर्वाचन गर्न खोजे जनताले प्रतिकार गर्ने बताए । ‘मधेशविना देशको कल्पना गर्न सकिँदैन । पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता जोगानन्द चौहान, दिनेश चौहान र वीरञ्चीवर्वाका मुकेश तिवारीको नेतृत्वमा २ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुले पार्टी प्रवेश गरेको तमलोपाका पर्सा सचिव श्रीराम जी गिरीले दावी गरे । कार्यक्रमलाई तमलोपा महामन्त्री चन्दा चौधरी, वीरगंजको पूर्व मेयर तथा पार्टीको प्रवक्ता विमल श्रीवास्तव, सांसद रमेश पटेल, केन्द्रिय सदस्य शशिकपुर मियाँ, जनार्दन यादव, तराई मधेश युवा फ्रन्टका सह महासचिव देवानन्द यादव लगायतका नेताहरुलेसंवोधन गरेका थिए । 

 

Read 869 times Last modified on Tuesday, 18 April 2017 12:32

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012