You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियस्वास्थ्य विभागले रकम पठाए पनि दुई वर्ष बिते पनि नारायणी अस्पतालमा फार्मेसी सञ्चालन भएन

स्वास्थ्य विभागले रकम पठाए पनि दुई वर्ष बिते पनि नारायणी अस्पतालमा फार्मेसी सञ्चालन भएन

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 15 February 2017 14:58
Rate this item
(0 votes)

वीरगंज फागुन सर्वोच्च अदालतको निर्णयपछि देशभरिको सरकारी अस्पतालमा औषधी पसल सञ्चालन गर्न स्वास्थ्य विभागले रकम पठाए पनि नाउक्षे अस्पतालमा अहिलेसम्म फार्मेसी सञ्चालनमा आउन सकेको छैन । २ वर्ष पहिले विभागले रु २५ लाखको सीडमनीसहित अस्पताललाई फार्मेसी सञ्चालनको आदेश दिएको थियो । विभागले फार्मेसी सञ्चालनको लागि केमिस्ट सुजित श्रीवास्तवलाई नियुक्त गरी पठाएको पनि डेढ वर्ष भइसक्यो । अस्पतालले प्रसूति वार्डसँगै फार्मेसीको लागि कोठा तयार गरी ¥याकहरू बनाइसकेको छ । सबै तयारी भए पनि अहिलेसम्म फार्मेसी सञ्चालनमा आउन सकेको छैन । अस्पतालका प्रवक्ता रमेश चौधरीले केही दिनभित्रै फार्मेसी सञ्चालन हुने बताए । उनले फार्मेसी सञ्चालनको लागि सबै तयारी पूरा भए पनि औषधीको दररेट प्राप्त नभएको कारण ढिला हुन गएको बताए । यसैबीच पोखरिया अस्पतालमा फार्मेसी सञ्चालनको लागि समिति गठन भएको छ । पोखरियामा रु ९ लाखको सीडमनी आएको र अस्पतालमा सञ्चालन हुने फार्मेसीको कोठा, ¥याक निर्माण भइसकेको र कर्मचारी पनि दरबन्दीमा आइसकेको मेसु डा। सुशील चौरसियाले बताए । मेसु डा। चौरसियाको अध्यक्षतामा गठित फार्मेसी सञ्चालन समितिमा डा। प्रशान्त साह, अहेब नीलम साह, अनमि दीपिका सिंहलगायत ८ सदस्य छन् । एक साताभित्र अस्पतालमा फार्मेसी सञ्चालन हुने समितिले निर्णय गरेको मेसु डा। चौरसियाले बताए ।

Read 1292 times Last modified on Monday, 20 February 2017 18:10

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012