You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय२५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने - क्षेत्रीय प्रशासक विनोद केसी

२५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने - क्षेत्रीय प्रशासक विनोद केसी

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 06 January 2017 10:12
Rate this item
(3 votes)

वीरगन्ज  पुस मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले २५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने बताएका छन् । राज्यले नै यो अभियानलाई उच्च प्राथमिकतामा पारेको भन्दै मकवानपुर र वीरगन्जको २५ मिटर सडक फराकिला अभियान रोकिने कुनै कारणनै नभएको बताए ।

२५ मिटरको विषयमा उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुझदै केसीले भने ः बरु जनताहरुलाई घर सर्नको लागि केहि समय थप गर्न सकिन्छ, तर २५ मिटरको संरचना भत्काउने काम रोकिन्न । राज्यले कानुन बमोजिमका सबै घरहरुलाई उचित क्षतिपूर्ति दिने बताउँदै उनले २५ मिटर फराकिलो बनाउने अभियानमा सहयोग गर्न मकवानपुर तथा वीरगन्जका सबै ब्यवसायी तथा राजनीतिक दललाई आगह गरेका छन् । 

सडक फराकिलो हुँदा सहर अझ विकसित हुने बताउँदै उनले यो अभियानलाई यो या त्यो बाहानामा रोक्न नसकिने स्पष्ठ पारे । आफुले संवन्धीत सबै अंगहरुसंग छलफल गरेरनै अभियान सुरु गरेको बताउँदै उनले सहज वातावरण निर्माणको लागि सबैलाई आग्रश समेत गरेका छन् । 

bhatkaydai-1483283638.jpg

गत मंसिर २८ गते डिभिजन सडक कार्यालय हेटौँडाले जिल्लाको हेटौँडा उमहानगरपालिका क्षेत्रभित्र पर्ने सबै १४ वटा सरकारी कार्यालयलाई २५ मिटरभित्र पर्ने आफना सम्पूर्ण संरचना हटाउनको लागि पत्रचार गरेका छौ आउने दिनमा वीरगन्जमा पनि पत्रचार गर्ने काम गर्नेछौ । हेटौँडामा १० दिनको समय दिएर गरिएको पत्राचार बमोजिम सरकारी कार्यालयले भवन तथा संरचना नभत्काएपछि पौष १३ गतेबाट डोजरको प्रयोग गरि भत्काउन थालिएको हो । कार्यालयले हालसम्म हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय, हेटौँडा अस्पताल, नेपाल टेलिकम, जिल्ला हुलाक कार्यालय, रक्त सञ्चार केन्द्र, नेपाल ट्रस्ट, बनविज्ञान अध्ययन सस्थानको भवन तथा अन्य संरचना भत्काईसकिएको छ ।

 

Read 13246 times Last modified on Saturday, 07 January 2017 14:11

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012