You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियवीरगंज भन्सार तस्करको कब्जामा कर्मचारीहरुलाई मिलाएर न्युन बिजकीकरण

वीरगंज भन्सार तस्करको कब्जामा कर्मचारीहरुलाई मिलाएर न्युन बिजकीकरण

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 04 January 2017 11:23
Rate this item
(0 votes)

वीरगंज, पौष । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज भंसार कार्यालयबाट जाचपास भई आएको एउटा ट्रक पुनः नियन्त्रणमा लिइएको छ । पटक –पटक स्थानीय तस्करहरुले वीरगंज भन्सार कार्यालयका चल्तापुर्जा कर्मचारीहरुलाई मिलाएर न्युन बिजकीकरण गरी मुल नाकाबाट नै तस्करी गर्दै आएका छन् । केहिदीन पहिलापनि दुईवटा ट्रक तस्करहरुले वीरगंज भन्सार कार्यालयका चल्तापुर्जा कर्मचारीहरुलाई मिलाएर न्युन बिजकीकरण गरी मुल नाकाबाट नै तस्करी गर्दै आईरहेको मा पर्सा प्रहरीले नियन्त्रण लिएको थियो ।

राज ढुवानी सेवाबाट ज्वाला ट्रेडिग प्रा.लि. नन्दलाल एण्ड सन्स, जे.पी इम्पोरियम लगायतको नाउबाट बिल काटिएको प्राय सुटिग सटिग, साडी, कुर्तासुरुवाल जस्ता महंगो कपडा लोड गरिएको ना.३ ख १८८४ नम्बरको ट्रक प्रहरीले मंगलबार रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको जनाएको छ । भन्सार अधिकृत रुपक कुमार पोखरेलले जाचपास गरेको उक्त मालसमानमा न्युन बिजकीकरण गरि जाचपास गरिएको आशंका गरिएको छ । उक्त मालसमान जाचपास गर्दा सरकारलाई राजस्व कम र भन्सार अधिकृत पोखरेलको गोजस्व बढी भएको बताइन्छ । 

यो मालसामान नामुद तस्करीको माल ढुवानी गर्ने बिनोद रोडवेजको भएको बताइन्छ । बिनोड रोडवेजको संचालक बिनोद अग्रवाल काठमाण्डौ र उनका भतिजा नितिन अग्रवालले अहिले वीरगंज बसेर काम हेरिरहेको श्रोतले जनाएको छ  । 

तस्करीको दुनियाका नया सितारा नितिन अग्रवाल केही महिना अघि भैरहवा नाकाबाट पनि ठुलो मात्रामा तस्करीको सामान राजधानी भित्र्याउन सफल भएका थिए । अहिले स्थानीय प्रशासनलाई आखा छल्नको निम्ति राजढुवानी सेवाको नामले मुल भन्सार नाकाबाट नै तस्करी धन्धा चलाईदै छ ।

Read 1149 times Last modified on Thursday, 05 January 2017 11:13

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012