You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियकरोड असुल्ने योजना धरापमा,पवन संघाईलाई भगाउन पिताम्बर मुनकाको हात

करोड असुल्ने योजना धरापमा,पवन संघाईलाई भगाउन पिताम्बर मुनकाको हात

Written by  Published in अन्तर्राष्ट्रिय Tuesday, 03 January 2017 15:17
Rate this item
(1 Vote)

वीरगन्ज  पुस नेपाल प्रहरीले चुस्ताका लागि एक लाख ८० हजार मिटर कटनको कपडा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यस्ता खरिदमा सामान्यतः ४० प्रतिशतसम्म कमिसन खाने गरिए पनि यसपटक भने २० प्रतिशतमै सीमित राख्ने निर्देशन आईजीपी उपेन्द्रकान्त अर्यालले खरिद महाशाखाका एआईजीपी रमेशशेखर बज्राचार्यलाई दिएका छन् ।

एक लाख ८० हजार मिटर कपडा खरिदका लागि करिब १० करोड रुपैयाँ खर्च गर्ने गरी एआईजी बज्राचार्यले ठेकेदारसँग कुरा अघि बढाएका छन् । करोड रूपैयाँ सिधै आईजीपीलाई बुझाउनुपर्ने भएका कारण आफ्ना लागि थप करोडको व्यवस्था गर्न एआईजीपी बज्राचार्यले ठेकेदारलाई दबाब दिएको समाचार स्रोतले जनाएको छ । यो खरिदको जिम्मा प्रक्रिया पु(याएरै जेभिएम सप्लायर्स कम्पनीलाई दिन खोजिएको छ । उक्त कम्पनी पूर्वएआईजीपी भीष्म प्रसाई र राजमान मिश्रको हो । प्रहरीलाई चुस्ता कपडा आपूर्ति गर्ने रामा इन्टरप्राइजेजसँग पनि एआईजी बज्राचार्य जाडिएको प्रहरी स्रोतले जनाएको छ ।

Image may contain: 2 people, close-up

रामा इन्टरप्राइजेजका मालिक पिताम्बर मुनका, रतन संघाई र पवन संघाई हुन् । औषधि व्यापारका नाममा लागूअषैध कारोबार गर्ने गरेको खुलासा भएपछि प्रहरी प्रशासनको मिलेमतोमै पवन संघाई फरार छन् । उनलाई केही महिनाअघि प्रहरीले सिमराबाट पक्राउ गरी काठमाडौं ल्याउँदै थियो । चितवनमा आइपुगेपछि आईजीपी अर्यालले फोन गरी संघाईलाई फरार गराएको समाचार स्रोतले जनाएको छ । सो काममा पिताम्बर मुनकाले सघाएको स्रोतका अनुसार आईजीपी अर्यालले ठूलै मूल्यमा कुरा मिलाएर लागूऔषधका अभियुक्त संघाईलाई फरार गराएका आईजीको सचिवालयमै चर्चा छ ।  त्यसो त बहालवाला एआईजीपी वीरेन्द्रबाबु श्रेष्ठले प्रमोद श्रेष्ठसँग मिलेर सुन तस्करी गर्ने गरेको चर्चा प्रहरी प्रशासनभित्र छ ।

पूर्वएआईजीपी प्रसाई र आईजीपी अर्यालबीच निकै घनिष्ट सम्बन्ध रहेका कारण थप एक करोड रूपैयाँ असुल गर्ने एआईजीपी बज्राचार्यको योजना धरापमा पर्न लागेको समाचार स्रोतले जनाएको छ । पछिल्ला दिनमा प्रहरी संगठनमा बन्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदारहरूले पूर्व प्रहरी अधिकृतहरूलाई व्यावसायिक साझेदार बनाउन थालेका कारण सामान खरिदमा आईजीपीलाई प्राप्त हुने कमिसनको प्रतिशत पनि घट्दै गएको छ । माथिल्लो पदबाट रिटायर्ड हुने प्रायः सबै प्रहरी अधिकृतहरू विभिन्न तस्कर तथा काला व्यापारीहरूका साझेदार बन्न थालेका छन् । पूर्वएआईजीपी नवराज ढकाल आईएसएम (इन्टरनेसनल मार्के्टिङ सर्भिस) मा आवद्ध छन् । कुनै बेला सुन तस्करीमा नाम कमाएका दीपक मल्होत्रा नाम गरेका व्यापारीको कम्पनी हो आईएसएम । उक्त कम्पनीमा पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंह, राजन श्रेष्ठ, विज्ञानराज शर्माका भाइ दया शर्मा आबद्ध छन् । नेपाल प्रहरीले माग गरेको कम्बल र क्यापमा कसैले टेण्डर हालेका छैनन् भने चुस्ताका लागि परेको दुई वटा टेण्डरमा पनि नमुना र गुणस्तर प्रमाणपत्र समावेश गरेको छैन । श्रोतबाट http://www.tarunkhabar.com/article/305/www-1.html#

 

Read 1705 times Last modified on Wednesday, 04 January 2017 12:58

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012