You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियसंघको निर्वाचन सरगर्मी बढ्यो अध्यक्षमा शर्मा महासचिवमा वर्णवाल, कोषाध्यक्षमा टिवडेवाल आउने

संघको निर्वाचन सरगर्मी बढ्यो अध्यक्षमा शर्मा महासचिवमा वर्णवाल, कोषाध्यक्षमा टिवडेवाल आउने

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 23 December 2016 10:25
Rate this item
(0 votes)

वीरगंज, पौष वीरगंज उद्योग वाणिज्य संघका आगामी २९ गते ४१ औं वार्षिक सभा र नयाँ निर्वाचन गर्दैछ । यो निर्वाचनमा संघमा आउने आगामी कार्यकालको नयाँ नेतृत्वका सम्बन्धमा खासै रस्साकस्सी छैन । त्यसैले निर्वाचन र नयाँ नेतृत्व्को सम्बन्धमा पनि कमै चर्चा भएको हो । वर्तमान अध्यक्ष प्रदिप केडियाले अर्को कार्याकाल नदोहो¥याउने बतापछि वरिष्ठ उपाध्याक्ष रहेको पूर्व सभासद ओमप्रकाश शर्मा संघको आगामी कार्यकालको लागि सर्वसम्मत अध्यक्ष बन्ने निश्चित भएको हो । उनको टीममा रहने पदाधिकारीहरु र कार्यसमितिको सवालमा भने अहिले पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन । प्राप्त जानकारी अनुसार सबै कुरा सर्वसम्मत भएमा प्रथम उपाध्याक्षमा गोपाल केडिया, द्वितिय उपाध्याक्षमा सुबोध कुमार गुप्ता र तृतिय उपाध्याक्षमा सुनिल खेतान र महासचिवमा अनिल पटवारी र रविन्द्र वर्णवालको बीचमा प्रतिस्पर्धा चलेको बताइन्छ । यदी अनिल पटवारीले रबिलाई महासचिबमा मनाउन नसकेमा यसमा दुबै बीचमा टक्कर हुने र पूर्व अध्यक्षहरुले समेत हस्तक्षेप गर्ने समाचार प्रकाशमा आएको छ । विगतका दिनमा जस्तो पदको लागि मरिहत्तै गर्ने परिपाटी अहिले विस्तारै हटेर गएकोले सबै पदमा सर्वसम्मत हुने सम्भावना बढेर गएको हो । निर्वाचनका लागि कुनै एक पक्षले अर्को पक्षलाई सम्पूर्ण रुपमा समाप्त गर्ने खेल अहिले नहुने भएपछि संघको नेतृत्व प्रति आकर्षण घटेर गएको हो । पूर्व अध्यक्षहरु क्रमशः बाबुलाल चाचान, बिजय सरावगी, ओमप्रकाश सिकारिया, गणेश लाठ, अशोक टेमानी, अशोक कुमार बैद्यले समेत अध्यक्षमा आ—आफ्ना उम्मेदावारलाई उचाल्ने र पछार्ने काममा यो निर्वाचनमा नलागेपछि सर्वसम्मत नेतृत्व आउने पक्कापक्की र वैधानिक रुपमा पनि बरिष्ठ उपाध्याक्ष अध्यक्ष बन्ने व्यवस्था केन्द्रमा भएकोले त्यो नैतिक हतियारले वीउवा संघलाई समेत निर्देशित गरेको अनुमान लगाउन थालिएको छ । उता कोषाध्यक्षमा भने वर्तमान दिपक टिवडेवाल र सहकोषाध्यक्षमा पुन प्रेमचन्द्र गोयल आउने सम्भावना बलियो बनेको छ । सचिवमा नवनित अग्रवाल, मनोज शर्मा, गोविन्द साह, आउन सक्ने सम्भावना बढेर गएको समाचार प्रकाशमा आएको छ ।

Read 800 times Last modified on Saturday, 24 December 2016 07:06

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012