You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियबिहारबाट वीरगंजमा आएका पवन कुमार सर्राफ भारतीय रहेको पोल खुल्यो

बिहारबाट वीरगंजमा आएका पवन कुमार सर्राफ भारतीय रहेको पोल खुल्यो

Written by  Published in अन्तर्राष्ट्रिय Tuesday, 20 December 2016 14:24
Rate this item
(2 votes)

वीरगंज, पौष । नामुद ठगको रुपमा चिनीएका पवन कुमार सर्राफ वीरगंजमा रहेका आफ्नो जायजत्था बेचेर भाग्ने अभियानमा लागेको बुझिएको छ । वीरगंजमा सर्राफ ब्रदर्शहरु खानदानी ठगको रुपमा उदाएर अनेकौ मान्छेलाई आफ्नो ठगीको शिकार बनाएको पोल समेत खुल्न थालेको छ । श्रीसियाका एक जना चामल व्यापारीको रु।५ लाख रुपैया ठग्न सफल भएका पवनका छोरा ज्ञानेन्द्रले अनेक जालसाजी गरेर सो व्यापारीलाई दिनसम्मको दुःख दिएको खबर प्राप्त भएको छ । शतप्रतिशत यी भारु भनाउ“दाहरु पैसा फ्याकेर नेपाली नागरिकता हासिल गरेर नेपाली नागरिकहरुलाई नै अनेक षडयन्त्र रची फसाइरहेको तथ्य प्रमाणहरु सार्वजनिक भएतापनि सम्बन्धित निकाय सा“ठघा“ठमा व्यस्त रहेको छ । चकिया नजिकै मधुबन बिहारबाट वीरगंजमा आएर दलाली शुरु गरेका पवन कुमार सर्राफको अहिले वीरगंजमा आधा दर्जन घर र करोडौंको जग्गा जमिन रहेको छ । जनकपुरको प्रशासनलाई झुक्याएर नागरिकता लिन सफल भएका पवन कुमार सर्राफ उर्फ पवन कुमार साह शतप्रतिशत भारतीय भएको प्रमाण हामीले प्रस्तुत गरेका छौ । यदि सम्बन्धित निकायमा दम छ भने कारवाही चलाएर देखाओस् भनेर हामीले खुल्ला चुनौती दिन उनी भारतीय भएको प्रमाण आम पाठक समक्ष प्रस्तुत गरेका छौ ।

Read 2797 times Last modified on Thursday, 22 December 2016 14:14

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012