You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियनवनागरिक सर्राफहरुको चुरीफुरी

नवनागरिक सर्राफहरुको चुरीफुरी

Written by  Published in अन्तर्राष्ट्रिय Saturday, 17 December 2016 14:25
Rate this item
(2 votes)

वीरगंज, पौष । तीन दशक अगाडी बिहारको मधुबनीबाट शिवशंकर सर्राफको पछि लागेर नेपाल भित्रीएका खाद्यान्नको दलाल पवन कुमार सर्राफले झुटो विवरण पेश गरी जनकपुरबाट र उनका दुई छोराहरु वीरगन्जबाट नागरिकता लिएको पोल खुलेको छ । 

पवन कुमार सर्राफले आफनो टाईटल फेरी सखुवा महेन्द्रनगर ४ धनुषाबाट जवाहरलाल मल्ललाई बाजे र  रामनाथ प्रसाद साहलाई बुुवा बनाएर पवन कुमार साहको नामले ना.प्र.नं.८११३४००४ लिएका छन् । पवन कुमार सर्राफले लिएको नागरिकताको आधारमा उनका दुई छोरा रबी सर्राफ र धन्नंजय सर्राफले पनि झुटो बिवरण पेश गरि साविक रामगढवा गा.वि.स. वडा नं. ६ हाल वी.उ.म.न.पा. २७ बाट नागरिकता बनाएका छन् भने जेठो छोरा  ज्ञानेन्द्र सर्राफले हाल सम्म भारतिय नागरिक नै छन । साथी भाईहरुको बिचमा ठुला ठुला गफ दिएर हिडने ज्ञानेन्द्र सर्राफले सन्तोष जैनलाई आफुुलेनै फसाएको हल्ला चलाएका छन ।  संतोष जैनकोे भान्जी भावना गोयलसंग छव वर्ष अघि फकाएर विहे गरेका ज्ञानेन्द्रसंग संतुष्ट नभएपछि भावनाले केहि वर्ष अघि उनलाई छोडेर हिडेकि थिईन । श्रीमतीले आफ’लाई संतोष जैनकै उक्साहटमा मा छोडेर हिडेको ज्ञानेन्द्रले बिभिन्न ठाउमा भन्दै हिडेका छन । भावनाको भाई पर्ने विक्की जैनसंग केही वर्ष अगाडी ज्ञानेन्द्र सर्राफको भाई हेमन्त सर्राफ मोटरसाईकलमा वीरगंज तर्फ आउुदा सिमरामा हुलास स्टिल अगाडी मोटर दुर्घटनामा परी हेमन्तको मृत्यु भएको दोष पनि ज्ञानेन्द्रको परिवारले जैन परिवारलाई दिदै आएको छ । हेमन्त कसरी म-यो ? विक्की कसरी बाच्यो ? भने जस्ता कुराहरु ज्ञानेन्द्र र उनका परिवारले बजारमा गर्दै हिडेका थिए ।  श्रीमति छोडेर गएको , र भाई हेमन्त मरेको पिडा जैन परिवारकै कारण भोग्नु परेको ज्ञानेन्द्र सर्राफ हाँकाहाँकी सबैको अगाडी भन्दै हिडेका कसै संग लुकेको छैन । ज्ञानेन्द्र सर्राफले बिहे गरेपछि भाईहरुले अंश नखोजुन भनि दुईवटा घर आफनो श्रीमति भावना गोयलको नाउमा खरिद गरेका थिए । 

जैन परीवारसंग बदला लिने मुडमा रहेका ज्ञानेन्द्र सर्राफ कैयौ पटक फाईल बनाएर स्थानीय नेताहरुको टोली लिएर काठमाण्डौ गएका थिए । सन्तोष जैनको हुण्डी कारोबारको बारेमा पुर्ण जानकारी भएका ज्ञानेन्द्र सर्राफले केहि महिना अगाडी स्थानिय युवाहरुलाई रु तिन लाख दिन्छ’ भनि संतोष जैनलाई फसाईदिन अफर गरेका थिए । प्रहरीले सन्तोष जैनको घरमा छापामारी श्रीमती  र छोरा विक्की जैनसमेत गिरफतार भए पछी उफ्रीउफ्री केहि साथीभाईहरुलाई भोज खुवाएर जैन परिवारलाई आफुले नै फसाएको र कुनै हालतमा जेलमुक्त हुन नदिने भन्दै धाकलगाएका थिए । साविक रमगढवा गाविस वडा नं. ६ मा मधेशी सर्राफहरुको बसोबास नभएपनि बिहारबाट आएका मारवाडीले सर्राफ बनेर कसरी नागरिकता लिए यस्को खोजिनिती हुन जरुरी छ । संतोष जैन यदी अपराधीहुन भने कानुन बमोजिम उनिमाथी कारवाही हुनुपर्छ यसमा कसैको दुईमत हुन सक्दैन । तर संतोष जैनलाई मैले फसाएको अदालतबाट पनि उस्लाई न्याय हुुन दिन्न उसलाई मीडिया प्रयोग गरेर फसाएर छाडछ’ भन्दै हिडने “ काम गर्ने हनुमान पगरि गुथ्ने ढेड’“ भन्ने सर्राफ प्रवृतीलाई सबैले तिरस्कार गरेका छन ।

Read 1855 times Last modified on Sunday, 18 December 2016 14:50

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012