You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियनारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको अति संवेदनशील क्षेत्र शल्यक्रिया कक्षमा भारतीय नागरिकले गैरकानूनी तरिकाबाट पसल सञ्चालन

नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको अति संवेदनशील क्षेत्र शल्यक्रिया कक्षमा भारतीय नागरिकले गैरकानूनी तरिकाबाट पसल सञ्चालन

Written by  Published in अन्तर्राष्ट्रिय Sunday, 11 December 2016 15:16
Rate this item
(0 votes)

 विरगन्ज  मसिर नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको अति संवेदनशील क्षेत्र शल्यक्रिया कक्षमा भारतीय नागरिकले गैरकानूनी तरिकाबाट पसल सञ्चालन गरिरहेको तथ्य प्रकाशमा आएको छ । 

    समाचार स्रोतका अनुसार हाडजोर्नीसँग सम्बन्धित सामग्रीहरू भारतीय नागरिक वकिल भन्नेले शल्यक्रिया कक्षमा पसल थापेर बिक्री गर्ने गरेका छन् । सामान्यतया शल्यक्रिया कक्षमा चिकित्सक, स्वास्थ्यकर्मी र उनीहरूको आदेशमा बिरामीका आफन्तहरूले मात्र प्रवेश पाउँछन् । आफन्तहरूलाई समेत गाउन लगाएर शल्यक्रिया कक्षमा प्रवेश अनुमति दिइन्छ तर भारतीय नागरिक वकिल भन्ने व्यक्ति विगत चार वर्षदेखि शल्यक्रिया कक्षमा बिनास्वीकृति पसल थापेर सामग्रीहरू बिक्री गर्छन् । उनले बिक्री गर्ने सबै सामग्री भन्सार छलीका हुन् । 

    समाचार स्रोतका अनुसार हाडजोर्नीका बिरामीलाई आवश्यक पर्ने इम्पैक्ट वकिलले शल्यक्रिया कक्षमैं बसेर बिक्री गर्छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका प्रवक्ता रमेश चौधरीले शल्यक्रिया कक्षमा गलत ढङ्गबाट सामग्री बिक्री भइरहेको स्वीकारे । उनले हाडजोर्नीको शल्यक्रियामा आवश्यक इम्पैक्ट चार वर्ष अगाडिसम्म सिटी सर्जिकलले सप्लाइ गरिरहेको र पछि सप्लाइ बन्द गरेपछि वकिल भन्ने व्यक्तिले सीधै शल्यक्रिया कक्षमैं बिक्री गर्ने गरेको बताए । 

    हाडजोर्नीका रोगीहरूलाई आवश्यक इम्पैक्ट अहिले अस्पताललाई सप्लाइ गर्न कोही तयार नभएको कारण वकिलले त्यसको फाइदा उठाइरहेको प्रवक्ता चौधरीले बताए । उनले यो कार्य रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    शल्यक्रिया कक्षजस्तो संवेदनशील ठाउँमा यसरी सामान बिक्री हुनु र गैरव्यक्तिको संलग्नता रहनु अस्पताल सुरक्ष्Fाको लागि पनि संवेदनशील विषय भएको उनले बताए । वकिलले भन्सार छली नारायणी उपक्षेत्रीय अस्पतालबाहेक वीरगंजका हाडजोर्नी शल्यक्रिया गरिने सबैजसो अस्पताल, नर्सिङ होममा इम्पैक्ट बिक्री गर्छन् । एक थान इम्पैक्टको न्यूनतम मूल्य रु. २० हजार पर्छ । यसमा भन्सार महशुल २० प्रतिशत रहेको स्रोतले जनाएको छ । 

    सरकारी अस्पताललगायत निजी नर्सिङ होममा वर्षौंदेखि भन्सार छलीको सामान प्रयोग भइरहेकोतर्पm अस्पताल प्रशासनले ध्यान नदिनु चरम लापर्बाहीको उदाहरण भएको कर्मचारीहरूले गुनासो गरेका छन् 

Read 177 times Last modified on Thursday, 15 December 2016 19:58

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012