You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियकिर्ते शहीगरेर सरुवागर्ने स्वाश्थ्य माफियाका मुख्य अभियुक्त बिजय यादव पक्राउ परेन

किर्ते शहीगरेर सरुवागर्ने स्वाश्थ्य माफियाका मुख्य अभियुक्त बिजय यादव पक्राउ परेन

Written by  Published in अन्तर्राष्ट्रिय Saturday, 10 December 2016 17:15
Rate this item
(0 votes)

नारायणी  मंशिर । मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौंडाको लेटरप्याडमा किर्ते हस्ताक्षर गरेर ३१ जना स्वाश्थ्यकर्मीको सरुवागरी लाखौरुपैयां असुलीगर्ने माफियाका मुख्य अभियुक्त हेल्थ असिस्टेन्ट बिजय यादव हालसम्म पक्राउ पर्न सकेका छैनन । हजारौरुपैया बुझाएर किर्ते हस्ताक्षरको भरमा सरुवाभएका ३१ जना स्वाश्थ्यकर्मी मध्ये चारजना पक्राउ परेको एकमहिना बित्नलाग्दा सम्म माफियाका मुख्य अभियुकत रौतहटको कटहरीया प्राथमिक स्वाश्थ्य केन्द्र दरबन्दी भएका हेअ बिजय यादव भने हालसम्म फरार रहेका छन । फर्जी सहीको आधारमा रौतहटबाट पर्सा सरुवाभएका हेअ राजकिशोर यादव,रौतहटबाट सर्लाही सरुवाभएका हेअ दिनेश साह,रौतहटबाट बारा सरुवाभएकी अनमी शुभलक्षमी यादव र रौतहटबाट जिल्लामै सरुवाभएका हेअ उमानन्द महतो भने तिनसाता अघि पक्राउ परेका थिए । उनीहरु माथी किर्तेमुद्धा दर्ताभई हाल मकवानपुर प्रहरी हिरासतमा रहेको क्षेत्रिय निर्देशक रमेश बिक्रम शिंहले जनाएका छन । त्यसैगरी किर्तेशहीको आधारमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ,रौतहटबाट नुवाकोट सरुवाभएका गणेशलाल विक लगायतहरु हालसम्म फराररहेको निर्देशक शिंहले बताए । निमित क्षेत्रिय निर्देशकको नाउबाट किर्ते हस्ताक्षरको भरमा सरुवाभई पक्राउपरेकाहरुको बयानको आधारमा अन्य अभियुक्तको खोजी भईरहेको शिंहले बताए । मुख्य अभियुक्त हेअ यादव लगायतका माफिया गिरोहले जनही ३०देखी४०हजार रुपैया लिएर निमित निर्देशकको किर्ते हस्ताक्षरगरी पछिलो ६महिना देखी हालसम्म ३१जना स्वाश्थ्यकर्मीको नक्कलीसरुआ गरीसकेको

 सरुवाको चिठी दिईसकेको क्षेत्रिय निर्देशनालय हेटौडाले जनाएको छ । हेअ बिजय याादवले गत तिनगते स्वाश्यकेन्द्र कटहरीयामा हाजिरभई १५दिनको लागी गत १७ गतेसम्म सुत्केरीस्याहार बिदा लिएको थियो । सो पछी उनी हालसम्म सम्पर्क बिहिन रहेको केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले मुख्य योजनाकार हेअ बिजयको तदारुक्ता साथ खोजी भईरहेको बताएका छन । उनको मो .न. ९८५११६८२५१र९८५५३३००५१को स्विच अफ रहेको छ । २०७२कार्तिक ११गते सिन्धुली भिमानबाट यादव सरुवाभई कटहरीया प्राथमिक स्वाश्थ्य केन्द्रमा हाजिर भएका थिए । परिक्षाणकालको एकबर्ष भित्र जिल्लान्तर सरुवा हुने कानुनी ब्यवस्था बिपरीत एकजना माओबादी सांसदको बलमा उनी कटहरीया जान सफलभएको बताईन्छ । यादव कटहरीया आएदेखी १०।१५दिनमा एकपटक मात्र आई पुरैदिनको हाजिरगर्ने गरेको अस्पताल विकास समितिका सदस्य गणेश साहले बताएका छन । त्यतीमात्र नभई पाँचौतहमा रहेका यादव छेठौतहलाई उछिनेर केन्द्रका प्रमुख बन्नका लागी बाहिरका मानिस बोलाई पटक पटक बिवाद गराएको साहले जानकारी दिएका छन । 

 

Read 523 times Last modified on Thursday, 15 December 2016 19:59

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012