You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियनारायणी उपक्षेत्रिय अस्पतालको नाममा आएको औषधि फार्मेसीबाट बेच्दै

नारायणी उपक्षेत्रिय अस्पतालको नाममा आएको औषधि फार्मेसीबाट बेच्दै

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 09 December 2016 13:31
Rate this item
(0 votes)

वीरगन्ज मङ्सिर नारायणी उपक्षेत्रिय अस्पतालले आपmनो छुट्टै फार्मेसी सञ्चालनमा ल्याउन सकेको छैन। सर्वोच्च अदालतको निर्णयपछि सबै सरकारी अस्पतालको आप्mनै छुट्टै फार्मेसी हुनुपर्ने नीति अनुरूप मन्त्रालयले नारायणी उपक्षेत्रिय अस्पताललाई फार्मेसी सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको लामो समय बितिसक्दा पनि फार्मेसी सञ्चालन हुन सकेको छैन किनकी सरकारी कोटाबाट आएको औषधी कर्मचारीको मिलोमतोमा अस्पताल अगाडी रहेको औषधी पसलमा बिक्री गर्छन र सोको कमीसन खान पलकेका छन कर्मचारी । अस्पतालको प्रसूति वार्ड अगाडि बरन्डामा फार्मेसी सञ्चालनको लागि स्थान तोकी ¥याक बनाउने काम सम्पन्न भएको छ। यसैगरी मन्त्रालयले फार्मेसी सञ्चालनको लागि फर्मासिस्ट पनि खटाइसकेको छ। विगत डेढ वर्षदेखि फर्मासिस्ट तलब मात्र खाएर बसेका छन् । अस्पतालले सञ्चालनमा ल्याउनुपर्ने फार्मेसी स्थानीय पसलहरूबाट प्रभावित भएर अस्पतालले सञ्चालनमा ल्याउन नसकेको एकथरीको गुनासो छ। नारायणी उपक्षेत्रिय अस्पतालका प्रवक्ता रमेश चौधरीले फार्मेसी सञ्चालनमा ल्याउने सबै प्रयासहरू भएको र मन्त्रालयबाट तत्काल रु २५ लाख विनियोजन भएर आएको तर औषधि व्यवसायी सङ्घ नारायणीले अस्पताललाई औषधिको दररेट नदिन औषधिका थोक बिक्रेताहरूलाई पत्राचार गरेको कारण औषधि अभावमा फार्मेसी सञ्चालन हुन नसकेको बताए। नेपाल औषधि व्यवसायी सङ्घ नारायणी वीरगंजका अध्यक्ष ताजुद्दीन अन्सारीसँग यसबारे बुझ्दा उनले औषधिको दररेट दिन सुपर र डिस्ट्रिब्युटर दुवैलाई रोक लगाएको र सङ्घलाई जानकारी गराएर दररेट दिन आग्रह गरिएको स्विकारे। उनले अस्पताल सप्लाईको नाममा दररेट लिने र फार्मेसी सञ्चालन गर्ने कर्मचारीहरूको योजना रहेकोले सो विपरीत सङ्घले सुपर र डिस्ट्रिब्युटरहरूलाई सचेत पारेको बताए । उनले अस्पतालमा आउने औषधि निश्शुल्क वितरण हुने हुनाले बजारमा उपलब्ध हुने औषधिभन्दा ८ सय गुणासम्म कम मूल्यमा उपलब्ध हुन्छ। अस्पतालको नाममा औषधि उपलब्ध गरी फार्मेसीमार्पmत् बिक्री गर्दा अन्य व्यवसायीहरूलाई मर्का पर्ने हुनाले सोको विरोध गरेको प्रस्ट्याए।उनले अस्पताललाई औषधि सप्लाई गर्दा फार्मेसी सप्लाईको नाममा वीरगंजमा रहेका अन्य फार्मेसीसरह दररेटमा दिंदा सङ्घलाई आपत्ति नरहेको बताए। अस्पतालले फार्मेसीको नाममा औषधि खरिद गर्दा कुनै आपत्ति नहुने उनको भनाइ छ। 

अस्पतालको बेडमा औषधि पसलेको भागबन्डा

 नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले सञ्चालन गरेको औषधि पसलबाट बिरामीले औषधि खरिद गर्नुपर्ने बाध्यतात्मक परिस्थति सिर्जना गराइएको छ। स्वास्थ्यकर्मीहरू वार्डमा खट्नुपर्ने हुनाले उनीहरूको पसलबाट औषधि खरिद नगर्ने बिरामीहरूसँग दुव्र्यवहार  हुने गरेको बिरामीहरूको आरोप छ। सर्जिकल वार्डमा औषधि पसलेहरूले बेड अनुसारको भागबन्डा गरेका छन् । तीनवटा औषधि पसलले सो वार्डको बेडहरूमा आप्mनो औषधि मात्र बिक्री गर्ने ठेकाप्रथा चलाउँदै आएको एक कर्मचारीले बताए। तोकिएको बेडमा तोकिएकै पसलवालाले मात्र औषधि सप्लाई गर्नुपर्ने अघोषित सम्झौता भएको छ। अप्रेसन थिएटरमा अप्रेसनका लागि जाने बिमारीहरूको पूर्जी बेड अनुसारको औषधि पसलहरूले आआप्mनो कब्जामा लिने गरेका छन्। त्यहाँ अन्य कसैको दाल गल्दैन। अस्पतालमा फार्मेसी खुलेपछि यो अवस्था नरहने हुनाले औषधि पसल भएका स्वास्थ्यकर्मीहरूको चाहना पनि फार्मेसी सञ्चालन नहोस् भन्ने छ। उनीहरूको स्वार्थले गर्दा पनि फार्मेसी खोल्न आलटाल गरिएको स्रोतले जनाएको छ।

Read 968 times Last modified on Sunday, 11 December 2016 14:37

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012