You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियमधेश राजनीतिमा नेतृत्व पुस्तान्तरणको अपरिहार्यता

मधेश राजनीतिमा नेतृत्व पुस्तान्तरणको अपरिहार्यता

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 09 December 2016 13:22
Rate this item
(0 votes)

वीरगन्ज मंसिर । मधेश राजनीतिमा गर्दै आएको खेती र खाता दुवै छाडेर मधेशी जनतालाई केन्द्रमा राखी आममधेशीको अंश र वंशको सुरक्षाको निम्ति मधेशको राजनीतिमा पुस्तान्तरणको अपरिहार्यता बढ्दै गएको छ । 

मधेशी दलका आजीवन अध्यक्षहरूको राजनीति, रणनीति, देशभक्ति, मधेशप्रेम, खससेवा, परिवार मोह, द्रव्य आन्दोलन र ज्यानमारा योजना सार्वजनिक भइसकेको कारण असक्षम नेतृत्वले सिंहगो मधेशलाई सखाप गर्नुपूर्व सहर्ष पुस्तान्तरणको पक्षमा गइदिँदा सर्वहित हुनसक्छ । 

मधेशी जनताले दिएको मतलाई घर भित्र्याउने, आफ्नो पार्टी वा आफू हार्दा पनि पदासीन भइराख्ने हजारौं मधेशी युवाको नेतृत्वको चाहनाको हत्या गर्ने जनपक्षीयभन्दा पनि धनपक्षीय काम गर्ने नेतृत्व अब मधेशलाई चाहिदैँन । संविधानसभाको जागिर, काठमाडौंको वास, विदेशीको भोजन र मधेशमा लासको राजनीति आममधेशीले कति दिन थेग्ला ? 

मधेशी जनतालाई बन्धक बनाएर आन्दोलनमा मृत्युवरण गर्न बाध्य तुल्याई आफूहरू सपरिवार काठमाडौंमा सुरक्षित वास गर्दै आएका नेतृत्वको भूमिका शंकास्पद, पृष्ठभूमि लज्जास्पद र अभिव्यक्तिहरू हास्यास्पद हुँदै गएको छ । मधेशका नागरिकलाई अधिकार दिलाउँछु भनी झुक्याएर सत्तासेवन गर्नेहरू मधेशका लागि सक्रिय भूमिका निर्वाह गर्ने आँट कसी राजनीतिक गर्ने युवा जमातलाई मधेशको मुद्दा, मधेश आन्दोलन, संघर्ष र दायित्वको सवालमा पद हस्तान्तरण गर्नु सही विकल्प हुनसक्छ ।

आफ्नै क्षेत्रको जनताले नपत्याएका र काठमाडौंले हुलाकी ठान्दै आएका नेतृत्वका अस्पष्ट गतिविधिका कारण सिंगो मधेश र मधेशीको भविष्य धरापमा पर्न थालेको छ । सैनिकीकरण, मरूभूमिकरण, अनागरिकको जीवन, गरिबी, बेरोजगारी, अकाल मृत्यु, प्राकृतिक प्रकोप र राजनीतिक मृत्युको शिकार भएका आममधेशीको अंश र वंशको सुरक्षाको निम्ति युवा नेतृत्वहरू मौन बस्नुहुन्न । 

सहज वा असहज रूपमा भए पनि नेतृत्व कब्जा गर्ने र मधेशको मुद्दाको जिम्मेवारी लिने काममा अन्तरपार्टी युवा नेतृत्वहरूले सक्रियता देखाउन ढिलो हुँदैछ । सीमित व्यक्तिको असीमित चाहना पूरा गर्ने क्रममा मधेशका युवा नेताहरू, आममधेशी जनता र मधेशको भूमिको दोहन कहींकतैबाट हुनुहुँदैन । 

मुलुकको आधी जनसंख्याको राजनीतिको नाममा थालिएका पसलहरू बलपूर्वकै भएपनि बन्द गरिनुपर्छ । पराजित नेतृत्व र पराजित मानसिकताले अधिकारको आन्दोलन सफल हुन सक्दैन । 

त्यसैले मधेशभित्र तत्कालीन नेतृत्वको विरूद्धमा औपचारिक विग्रह हुनुभन्दा पूर्व नै वर्तमान पार्टी अध्यक्षहरू सल्लाहकार वा निर्वासनको भूमिका स्वीकार गर्दा वेश हुन्छ । कार्यकारी अधिकारसहित साधनस्रोत सम्पन्न हस्तान्तरण गरेर दलहरूभित्र रहेका युवा शक्तिलाई नेतृत्व दिन बेर लगाउनु हुँदैन ।

Read 387 times Last modified on Friday, 09 December 2016 16:38

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012