You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियवीरगन्जका नामुद तस्कर उमेश तेलीको एक करोड मुल्य बराबरको मसुरोको दाल बरामद

वीरगन्जका नामुद तस्कर उमेश तेलीको एक करोड मुल्य बराबरको मसुरोको दाल बरामद

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 05 December 2016 09:09
Rate this item
(1 Vote)
फाईल फोटो फाईल फोटो

बीरगंज  मंसिर जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान अबैधरुपमा राजश्व छली भारतबाट भित्रियाउन लागेको झन्डै १ करोड मुल्य बराबरको मसुरोको दाल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोबिन्द साहको कमाण्डमा खटिएको टोलीले भारतको पश्चिम चम्पारण ढकिया गाउको बाटो हुदै दशग्जाबाट जानकी टोला स्थित खोला र खेतको बाटो भएर अबैधरुपमा नेपाल तर्फ भित्रियाइरहेको अवस्थामा ६ वटा भारतिय ट्रेक्टरमा रहेको १३ सय ५० बोरा मसुरोको दाल बरामद गरेको छ । दालको बजार मुल्य झण्डै १ करोड रहेको र बरामद गरिएको दाल तथा ट्रेक्टर थप कार्यवाहीका लागि बीरगन्ज भंसार कार्यालयमा बुझाउने प्रकृया अगाडी बढाइएको प्रहरी उपरिक्षक साहले जानकारी दिनु भयो । रातको समयमा पर्साको ग्रामिण नाकाबाट राजश्व छली ठुलो परिणाममा दाल भित्रियाइ रहेको सुचना आएपछि विहान ३ बजे आफै घटना स्थलमा पुगेको प्रहरी उपरिक्षक साहले बताउनु भयो । दाल वीरगन्ज गहवाका नामुद तस्कर भारतिय नागरिक उमेश साह तेलीको रहेको श्रोत जनाएको छ । तेली भारतमा फरार अभियुकत समेत रहेका छन उनलाई भारतिय प्रहरीले खाेज तलाश समेत गरिरहेकाे छ । यसैबीच गएराति पर्सा प्रहरीले जिल्लाको श्रीसिया नाकाबाट अबैधरुपमा भित्रियाइएको १२ कार्टुन कुखुराको चल्ला र २ लाख मुल्य बराबरको भारतिय कपडा समेत बरामद गरेको साहले जानकारी दिनु भयो । 

 ,

Read 2164 times Last modified on Tuesday, 06 December 2016 11:12

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012