You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियतीन दशक अगाडी श्री कैरियर्समा कुचो लगाउने राजेन्द्र प्रसाद गुप्ताको गोरखधन्धा

तीन दशक अगाडी श्री कैरियर्समा कुचो लगाउने राजेन्द्र प्रसाद गुप्ताको गोरखधन्धा

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 05 December 2016 08:37
Rate this item
(0 votes)

वीरगंज, मंसिर तीन दशक अगाडी श्री कैरियर्समा कुचो लगाउदै नन्द किशोरजीको घरमा डेरा गरी बस्ने राजेन्द्र प्रसाद गुप्ता यो अवधिमा अनेक धन्धा गरी अकुत सम्पति त कमाए नै झुठो विवरण पेश गरी यो देशको नागरिकता पनि हासिल गरेर सभ्रान्त कलवार समुदायको नेपाल भरीको अध्यक्ष भएर सबैलाई चकित बनाए ।

 आफ्नो स्वार्थको लागि जस्तो सुकै हतकण्डा अपनाउन पछि नपर्ने राजेन्द्र प्रसाद गुप्ता पशुपति रोड कैरियर्स प्रा.लि.को नाउ“बाट सामान एक ठाउ“बाट अर्को ठाउ“मा पु¥याउने धन्धा मात्र नगरी त्यसको आडमा तस्करी समेत गर्ने गरेको अनेकौ उदाहरणहरु भेटिएका छन् । यताको समयमा नेपाल सरकारले प्रतिबन्धित गरेको स्युडोईफ्रेडिन प्रिक्रसर नामक केमिकल ढुवानी गरेर चर्चामा आएका राजेन्द्र प्रसाद गुप्ता आफु सफल हुनका लागि कैयौं साथी भाईहरुसंग गद्दारी गरेको उदाहरण समेत प्रशस्तै भेटिएको छ । यसको चर्चा सविस्तार पछि गरिनेछ । जातीय संगठनलाई आधार बनाएर कमाउन पल्किएका राजेन्द्र प्रसाद गुप्ताको ताजा शिकार अहिले शम्भु प्रसाद कलवार भएका छन् । चार महिना अगाडी काठमाण्डौं एउटा बिहेमा राजेन्द्र गुप्ता र शम्भु प्रसाद कलवार बीच समझदारी भयो । यस पटकको बलभद्र पुजा पनि दुवैले संगै मनाए । दुई वर्षका लागि नेपाल कलवार कल्याण महासंघका अध्यक्ष्ँ बनेका राजेन्द्र प्रसाद गुप्ता अहिले तीन वर्ष पुगे पनि अनाधिकृत रुपमा त्यो पदमा कब्जा मात्र जमाएका छैनन् , चिठ्ठा चन्दा वापत प्राप्त भएको लगभग ६५ लाख रुपैया समेत गोलमाल गरेको नेपाल कलवार कल्याण महासंघका एक पदाधिकारीले बताए । वीरगंज कलवार कल्याण समितिको अध्यक्ष हुदा सुर्तीको ब्लैक गर्ने गुप्ता जब नेपाल भरीका कलवारहरुको अध्यक्ष भएपछि अन्र्तराष्ट्रिय ठगको रुपमा आफुलाई स्थापित गर्न सफल भए ।यस पटक पुनः अध्यक्ष बन्नका लागि राजेन्द्र प्रसाद गुप्ताले शम्भु प्रसाद कलवारलाई कलवार कल्याण समिति वीरगंजको अध्यक्ष बनाउने निधो गरे ।

 कहिल्यै पनि चुनाव नभएको वीरगंज कलवार कल्याण समितिको नेतृत्व सहमति मै चयन गर्ने परम्परा अनुसार राजेन्द्र प्रसाद गुप्ताले आप्mनो अध्यक्षतामा एघार सदस्यीय समिति बनाए ।

 राजेन्द्र प्रसाद गुप्ता संयोजक भएको उक्त समितिमा प्रभु प्रसाद कलवार, बृजकिशोर प्रसाद, सुबोध गुप्ता, अरबिन्द गुप्ता, हरीहर प्रसाद साह, भोला गुप्ता, राजनारायण प्रसाद जयसवाल, अशोक जयसवाल, शुभाष प्रसाद र ललन प्रसाद कलवार सदस्य रहनु भएको थियो ।

 समितिमा राजेन्द्र प्रसाद गुप्ता, बृजकिशोर प्रसाद, सुबोध गुप्ता, हरिहर प्रसाद साह, राजनारायण जयसवाल र सुभाष प्रसाद साहले शम्भु प्रसाद कलवारको नाउ“मा सहमति जनाए पछि शम्भु प्रसाद कलवारको नाउ“ घोषणा गरियो । घोषणा भए लगतै विरोध हुन थालेपछि तुरुन्तै म यो निर्णय खारेज गर्छु भन्दै राजेन्द्र प्रसाद गुप्ताले शम्भु प्रसाद गुप्तालाई “खडे नियुक्ति खडे अवकाश” को फरमान जारी गरी दिए । केन्द्रिय अध्यक्ष भइसकेका राजेन्द्र प्रसाद गुप्ता जिल्लाको अध्यक्ष चयन गर्न आफुलाई अगाडी किन सारे यसको पनि लामो कहानी छ ।

Read 1473 times Last modified on Tuesday, 06 December 2016 11:12

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012