You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियरेडियो वीरगंज १५ बर्षमा प्रवेश रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने

रेडियो वीरगंज १५ बर्षमा प्रवेश रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 01 December 2016 10:44
Rate this item
(0 votes)

बीरगंज मंसिर मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जले विभिन्न आरोह अवरोह पार गर्दै १४ औं बार्षिक उत्सवको अवसरमा आगामी  मंसिर १८ गते देखि २७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । 

रेडियो परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले सुचना, संगीत, मनोरन्जनका साथै सामाजिक उत्तर दायित्व बहन गर्दै रेडियो वीरगंज सदासर्वदा मध्यतराईकै अग्रणी रेडियोको रुपमा आफूलाई स्थापित गर्दै अगाडी बढी रहेको बताउदै आगामी मंसिर १८ गते शनिवार विहान ७ः३० बजे देखि रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।

त्यसैगरी मंसिर २५ गते शनिवार वीरगंजको घण्टाघर चौकमा खुल्ला बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा नेपालका चर्चित गायक, गायीका तथा हास्यकलाकारहरुको सहभागिता रहने साहले बताउनु भयो ।  कार्यक्रममा कोमल ओली, हेमन्त शर्मा, कमल खत्री, ज्योति मगर, सन्जु अमात्य, भोजपुरी फिल्मका चर्चित नायक परदेशी साह, लगायत स्थानिय कलाकारहरु सुनिल पण्डित, अनिल वर्मा लगायतका कलाकारहरुको सहभागिता रहने जनाईएको छ । साथै सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित पत्रकार ऋषि धमलाको समेत सहभागिता रहने अध्यक्ष ध्रुव साहले जानकारी दिनुभयो । 

त्यसैगरी रेडियो वीरगंज स्थापना भएको दिन मंसिर २७ गते रेडियो परिसरमै “सामाजिक उत्तरदायित्व र रेडियो वीरगंजको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गर्ने जानकारी साहले  दिनुभयो । १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमहरुमा समस्त श्रोता, विज्ञापनदाता, शुभेच्छुक, नगरवासी, बुद्धिजीवी, समाजसेवी, युवा विद्यार्थी सबैलाई रेडियोले सक्रिय सहभागिताका लागि आमन्त्रण गरेको छ ।

 

Read 179 times Last modified on Thursday, 01 December 2016 16:29

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012