You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय उपमहानगरपालिका र पत्रकार महासंघबीच सहमति साप्ताहिकले मासिक ३ हजार पाउने, अन्य मिडियालाई सुविधा आउने

उपमहानगरपालिका र पत्रकार महासंघबीच सहमति साप्ताहिकले मासिक ३ हजार पाउने, अन्य मिडियालाई सुविधा आउने

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 28 November 2016 16:31
Rate this item
(1 Vote)

बीरगन्ज, मंसिर स्थानिय संचारगृह, पत्रकार तथा पत्रकारीता सम्बद्ध संघ संस्थाको प्रबर्धनको संदर्भमा बीरगन्ज उपमहानगरपालिका र पत्रकार अगुवा बिच आज भएको वार्ता सहमतीमा पुगेको छ । बीरगन्ज उपमाहनगरपालिकाले संचारगृहमा कार्यरत पत्रकार तथा प्राविधीकको क्षमता अभिबृद्धीको लागि पत्रकार महासंघको समन्वयमा तालिम दिने, पछिल्ला केहि महिना देखी रोकिएको सप्ताहिक पत्रिकाको विज्ञापन चालु आर्थिक वर्ष  देखि मासिक ३ हजारको दरले उपलब्ध गराउने, स्थानिय दैनिक पत्रिका , एफ एम तथा आनलाइनकोलागि विज्ञापन निती लागु गरिने सहमती भएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीको कार्यकक्षमा भएको वार्तामा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ध्रुव साह, कोषाध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, प्रेस युनियनका केन्द्रिय सदस्य बिजय कुशवाहा, महासंघका संस्थापक शंकर खतिवडा लगायतको सहभागिता रहेको थियो । वार्तामा नगरपालिकाका अधिकृत शम्भु गुप्ता, हरिकिशोर चौरसिया , शुनिल कर्ण ,हरि पोखरेल लगायत सहभागि रहनु भएको थियो । सहमती पत्रमा कार्यकारी अधिकृत अधिकारी तथा महासंघका अध्यक्ष बन्जाराले हस्ताक्षर गर्नु भयो । 

यस अघि अगुवा पत्रकारहरुको टोलीले नगरपालिकामा ती मांगहरु पुरा गराउन ध्यानाकर्षण पत्र बुझाएको थियो । प्रेस चौतारी नेपाल,पर्साका अध्यक्ष अनुप तिवारीले वाचनगरि ५ दिनको अलटिमेटम सहित बुझाउनु भएको ध्यानाकर्षण पत्रको समय सिमा अघि नै नपाले आज महासंघ सहितको टोलीलाई वार्ताको लागि आह्वान गरे अनुरुप उक्त सहमति भएको हो । 

 

 

 

 

Read 330 times Last modified on Wednesday, 30 November 2016 10:17

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012