You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियएमालेले गर्यो ‘मधेशी’को अपमान

एमालेले गर्यो ‘मधेशी’को अपमान

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 25 November 2016 13:41
Rate this item
(1 Vote)

वीरगन्ज  मंसिर । नेकपा एमालेको एक कार्यक्रममा ‘मधेशी चाहिदैँन’ भन्ने नारा लागेको छ । सन्दर्भ हो नेकपा एमालेका भ्रातृ संगठनले काठमाडौंमा बिहीबार आयोजना गरेको ‘र्संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक विचार गोष्ठी कार्यक्रमको । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् थिए । 

सो कार्यक्रममा नेपालका शीर्ष दलका नेताहरूलाई आमन्त्रित गरिएको थियो । त्यसमा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी पनि निम्त्याइएका थिए । तर, त्यो कार्यक्रममाम आफ्नो विचार राख्दा एमालेका नेता कार्यकर्ताहरूले ‘मधेशी आउट’ भनेर नारा नै लगाए । भनिन्छ, अतिथि देवो भवः तर, त्रिपाठी मधेशी भएकै कारण उनीस“ग अमानवीय व्यवहार गरियो । 

आफैले निम्तो गरेर बोलाउने र बेइज्जत गर्ने कार्य अति नै निन्दनीय रहेको छ । एमालेका कार्यकर्ताहरूको यस क्रियाकलापबाट प्रष्टिएको छ कि मधेशको मत चाहिन्छ तर मधेशी चाहिदैन । मधेशको मतबाट नेपालको दोस्रो ठूलो दलको हैसियतमा आएको नेकपा एमालेले मधेशीलाई गुलाम बुझ्ने गरेको छ । कार्यक्रममा मधेशी नेता त्रिपाठीलाई एमालेका नेता कार्यकर्ताहरूले ‘मधेशी आउट’सम्मको नारा लगाए । 

यसबाट प्रष्ट हुन्छ कि एमालेले मधेशीलाई मतदाताको रूपमा मात्रै चाहिन्छ । एमालेका कार्यकर्ताहरूको यस्तो क्रियाकलापले गर्दा एमालेभित्रका मधेशी नेताहरू आक्रोशित भएका छन् । उनीहरू अब एमालेभित्र बस्नुको औचित्य नरहेको समयमै बुझे राम्रो हुने एक राजनीतिक विश्लेषकको तर्क छ । 

एमाले नश्लवादी पार्टी हो भन्ने कुरा प्रमाणित भएको ती विश्लेषकको दाबी छ । एमालेले खोक्रो राष्ट्रवादको नारा दिएर मुलुकलाई विखण्डनतर्फ लगिरहेको आरोप लाग्दै आएको छ ।

Read 1507 times Last modified on Saturday, 26 November 2016 13:37

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012