You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियमुस्कान सहित सेवा दिने प्रहरीद्वारा दुव्र्यवहार

मुस्कान सहित सेवा दिने प्रहरीद्वारा दुव्र्यवहार

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 21 November 2016 19:10
Rate this item
(1 Vote)

राम कुशवाहा वीरगंज  मंसिर । प्रहरीले सर्वसाधारण सेवा ग्राहीलाई कसरी दुव्र्यवहार गर्छन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय वारामा गए देख्न सकिन्छ । प्रहरी कार्यालयको गेटबाट प्रवेश गर्ने सेवाग्राहीलाई कडा चेकजांच पछि चश्मा समेत लगाउन नदिने र रुखो व्यवहारले झार्ने प्रवृति देखिएको छ । मुखमा आएको शब्द बोलेर गाली गलौज गर्दै तर्साउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

जिल्ला प्रहरी कार्यालयमा विरगंजबाट गएका एक सेवाग्राहीलाई मुद्दा फाटका प्रहरी निरिक्षक खगेन्द्र धमला र अरुण कुशवाहाले दुव्र्यवहार गरेको पिडितले बताएका छन् ।

राणाशासन जस्तो जनतालाई सेवा भन्दा पनि शासन गर्ने अनि तर्साउने, बारा प्रहरीको व्यवहारले सर्वसाधारणलाई जिल्ला प्रहरीको परिसर भित्र कष्टडीमा भएको जस्तो अनुभुती हुने प्रवृतिले वारा प्रहरी प्रति सेवाग्रहीको हेर्ने दृष्टिकोण नकरात्मक बन्दै गएको छ ।

नागरिक मैत्री प्रहरी, मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी अभियान देशभर चलि रहेको बेला वाराका प्रहरी निरिक्षक धमला र कुशवाहाले प्रहरी संगठनको नै बदनामी हुने गरी सेवाग्राहीलाई दुव्र्यवहार गर्ने, थर्काउने र रैती जस्तो गरेर व्यवहार गर्न थालेपछि अहिले प्रहरी अधिकृतहरुको सर्वत्र विरोध भई रहेको छ ।

यस्ता प्रहरी अधिकृतहरुलाई संगठनले बेलैमा नसिहत नदिए यिनीहरुको मनोवल बढदै जाने र प्रहरी संगठनको बदनाम हुने हुंदा यस तर्फ तत्काल नेपाल प्रहरी तथा वारा प्रहरी प्रमुखको ध्यान जानु पर्ने माग सेवाग्राहीको छ ।

 

Read 452 times Last modified on Tuesday, 22 November 2016 13:27

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012