You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियमहिलालाई पर्सा प्रहरी लछारपछार गरेको दृष्य भाइरल भएपछि बढ्दैछ जनआक्रोष

महिलालाई पर्सा प्रहरी लछारपछार गरेको दृष्य भाइरल भएपछि बढ्दैछ जनआक्रोष

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 14 November 2016 17:21
Rate this item
(2 votes)

वीरगन्ज,  कातिक वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ । बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ । दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।

टाइगरको दुई नम्बर टोलीले गत बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयाँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।  प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ । नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साँथी’ जस्ता अभियान चलाई रहेको बेला जनतासंगको दुब्यवहारको एक महिनाभित्र दर्जन बढी घट्ना भए पनि यो पछिल्लो घट्नाले भने चर्चा पाएको अवस्था छ । महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछिको अवस्थामा पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्यले प्रत्यक्षदर्शी जुरमुरिएका थिए । 

‘माथीबाट खिचिएको दृष्यमा अलिकति बढी ज्यादती भएको जस्तो लागेको हो,’ पर्सा प्रहरीका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक चक्रराज जोसीले भने, ‘ति प्रहरीले गल्ती त गरेकै हुन्, जिल्लामा झिकाएर स्पष्टिकरण सोधिएको छ, प्रक्रिया पुरा गरेर नसिहत वा ग्रेड रोक्का जस्ता नियम अनुसार कारवाही हुन सक्छ ।’ प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले प्रहरीको छवी बिगर्ने घट्ना भएको गम्भीर किसिमकै बिभागीय कारवाही हुने बताए । 

 

 

 

Read 5086 times Last modified on Friday, 18 November 2016 12:32

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012