You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियप्रहरीद्धारा पर्सामा एक महिलामाथि निर्मम दुव्र्यवहार (फोटो सहित)

प्रहरीद्धारा पर्सामा एक महिलामाथि निर्मम दुव्र्यवहार (फोटो सहित)

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 11 November 2016 20:45
Rate this item
(0 votes)

वीरगन्ज, कात्र्तिक । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले मधेस आन्दोलनमा प्रहरी र मधेसी जनता बिच बढेको दुरीलाई नजदिक बनाउन प्रयास गरि रहेको बेला उनकै प्रहरी द्धारा एकजना महिला दुव्र्यवहारमा परेकी छिन । प्रहरी र जनताविच मधेश आन्दोलन ताका बढेको दोरी हटाउन प्रहरी मेरो साथी कार्यक्रम मार्फत प्रहरी उपरिक्षक श्रेष्ठले सम्बन्ध सुृमधुर बढाउन प्रयास गरीरहेकै बेला एकजना मधेसी महिलामाथि प्रहरीले नै दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको हो ।

अपराध नियन्त्रणका लागि पर्सा प्रहरीले खटाएको टाईगर टोली नम्बर २ का एकजना प्रहरी हवल्दारको नेतृत्वमा रहेका दुईजना प्रहरीले निहथा एक महिलालाई अपराधि जस्तो लखाटी नियन्त्रणमा लिई सार्वजनिक स्थलमै लछार पछार गरी उनको सम्बेदनशिल अंगमा हात हालि खानतलासी गरी समग्र प्रहरीकै धज्जी उडाउने काम गरेका छन ।

सिमावर्ती शहर रक्सौलबाट चन्दा नाम गरेकी एक महिलाले भंसार नतिरी ल्याएको ४ जोर जुत्ता नियन्त्रणमा लिन प्रहरी हवल्दार शान्तमणि लम्साल, प्रहरी जवान रजनिश ठाकुर र प्रहरी चौकी ईनर्वा गाउका एकजना सिभिलमा रहेका प्रहरीले अपराधि जस्तो लखाटी नियन्त्रणमा लिई दुव्र्यवहार गरेका हुन । प्रहरीले दुव्र्यवहार गरी रहेको बेला स्थानियले मोबाईलबाट प्रहरीको सम्पूर्ण गतिविधिको भिडियो कैद गरेका छन ।1-p

भिडियोमा देखिएको छ प्रहरी हवल्दार लम्साल र सिभिलमा रहेका एकजना प्रहरीले पानी भित्र पसेकी महिलालाई लछार पछार गरी बाहिर निकालेको छ । त्यस्तै अर्को तर्फ पानीबाट बाहिर निकालि ल्याई रहेको अवस्थामा प्रहरी जवान रजनिश ठाकुरले महिलाको कपालमा हात लगाई कुटपिट गरेको भिडियोमा देखिएको छ । प्रहरी जवान ठाकुरले महिलालाई निर्घात कुटपिट गरी रहदा एकजना स्थानियले रोक्न खोज्दा उनलाई झपारेर लखाटेका छन ।2p

महिलाले प्लास्टिकको झोलामा बोकेको जुत्ता प्रहरीले आफनो नियन्त्रणमा लिएपनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काउदै उनको सम्बेदनशिल अंगमा सार्वजनिक ठाउमै खानलसासी गरी रहेको सहज भिडियोमा देख्न सकिन्छ । महिलामाथि भई रहेको ज्यादती स्थानियले सहन नसकेपछि सामुहिक रुपमा प्रहरीको विरोध गर्न थालेपछि उनीहरुले महिलालाई छाडेर भागेका थिए ।3ph

पर्सा प्रहरीले सत्य सेवा सुरक्षाणम् भन्ने मुल मन्त्र एव आफनो मर्यादाका साथै नियम कानुनलाई समेत मिचेर गतिविधि संचालन गरी रहेको घटना सार्वजनिक भई रहदा पर्सा प्रहरी बेखर रहेको छ । एकातिर नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने कार्यक्रम संचालन गरी रहेको छ भने अर्को तर्फ निमय कानुन र आफनो मुल मन्त्रलाय धोती लगाउदै महिलामाथि पुरुष प्रहरीले नै दुव्र्यवहार गरी रहेको घटना सार्वजनिक भई रहेको छ ।6p

महिला दुव्र्यवहार बारे पर्साका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक चक्रराज जोशी संग बुझदा घटना बारे अनविज्ञ रहेको जानकारी गराए । उनले भने म बाहिर गएको थिए आज विहान आउदा घटना बारे केहि जानकारी आएपनि विस्तृत रुपमा जानकारी नआएकोले यसबारे सार्वजनिक रुपमा बोल्न नमिल्ने बताए । उनले अफ द रेकर्डमा भने महिलाले जस्तो सुकै गल्ती गरेपनि महिला प्रहरीनै खटाई नियन्त्रणमा लिनुपर्ने कानुनी प्रावधाण रहेको बताउदै दुर दराजमा महिला प्रहरीको उपस्थित नभएको अवस्थामा प्रहरीले पहिला बोलीले फकाएर नियन्त्रणमा लिने प्रयास गर्नुपर्छ नमाने हात समातेर नियन्त्रण लिने प्रयास गर्नुपर्ने बताए । उनले भने महिलालाई दुव्र्यवहार गर्नु हुदैन यदी कसैले गर्छ भने त्यसलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

Read 3161 times Last modified on Sunday, 13 November 2016 14:36

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012