You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय‘स्वभिमानी वीरगन्ज, सबल मधेश’ अभियान सुरु

‘स्वभिमानी वीरगन्ज, सबल मधेश’ अभियान सुरु

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 10 November 2016 20:39
Rate this item
(0 votes)

वीरगन्ज, कातिक ऐतिहासिक, साहसिक तथा मधेश स्वभिमानको आन्दोलनभुमी वीरगन्जको मनोबललाई खस्काउन दलालहरु सक्रिय भएकोले उनीहरुले छर्ने भ्रमबाट वीरगन्जलाई बचाउन मधेश आन्दोलन बरुद्धको षडयन्त्रलाई असफल पार्ने भनेर  ‘स्वभिमानी वीरगन्ज, सबल मधेश’ अभियान सुरु भएको छ । दलालहरुको पर्दाफास गर्न र आफ्नै आत्मसम्मनको लागि अभियान थाल्नु परेको त्यसको एकजना अभियानकर्ता निखिल बर्णवालले बताए । 

‘वीरगन्जको रक्षा गर्ने नाममा सक्रिय भएकाहरुलाई चिनौं । दलालहरुको नगर जोगिने होइन् भ्रमित मात्र हुने हो । मधेसका गद्दार तथा वीरगन्जवासीका सत्रुहरु सक्रिय भएका छन्, वीरगन्ज बचाउ भन्ने आवरणमा,’ बर्णवालले भने, ‘हाम्रो जितमा बाधा पार्न वीरगन्जको नाममा गोहीको आँसु बगाउनेहरुले बुझ्न जरुरी छ, –हामी थाकेका छैनौं, हारेका छैनौं जित्न मात्र बाकी छ ।’ यस्तो बेला मधेश आन्दोलनको नेतृत्वकर्ता सहर वीरगन्जको मनोबल गिराउन प्रयास गर्नेहरुको सामना गरेर सबल मधेशभित्र स्वभिमानी र विकसित वीरगन्जको कल्पनालाई यथार्तमा बद्लिन जरुरी छ । यसको लागि वीरगन्जले थाल्ने सामाजिक, राजनीतिक र स्वभिमानको आन्दोलन राक्नेहरुको प्रतिवाद र प्रतिकार गरेर नाँगोझार पार्दै तह लगाउन आफुहरु तयार रहेको अभियानका सदस्यहरुको भनाई छ । 

‘चिनीया लगानी र एमाले पार्टीको डिजाइनमा चलाईएको षडयन्त्रले वीरगन्ज जोगिदैन् । यहाँका मानिसहरुमा भएको जुझारुपना समाप्त पार्न वीरगन्को मनोविज्ञानमा माथी कब्जा गर्नेहरुबाट साच्चिकै वीरगन्जलाई जोगाउन जरुरी रहेको संघीय समाजवादी फोरम नेपालका नेता सलाउदीन अमहदले बताए । ‘यो मुलुकको प्रत्येक लोकतान्त्रिक आन्दोलन र संघर्षमा अग्रणि भुमिकामा रहदै आएका मधेसी, मुस्लिम, दलित, थारू, आदिवासी जनजाति, महिला तथा अन्य अल्पसंख्यक समुदाय माथि पाहाडिया उच्च जाति अहान्कारबादी खस ब्राह्मणहरुले एकल जातीय शासन गर्दै आएका छन्,’ अहमदले भने, ‘यस बिरुद्ध मधेशी र अन्य उत्पीडित समुदायहरुले गरेका बिभिन्न चरणको आन्दोलनमा दर्जनौंको ज्यान गयो । मुलुकको पुर्ण लोकतान्त्रिकरणका लागि भएका आन्दोलनका माग, उपलब्धी र भवनालाई दोस्रो संबिधानसभाले लत्याएपछि फेरी आन्दोलन बाध्यता बन्यो ।’ उनले आन्दोलनले मधेशको मुद्दालाई उचाईमा पुर्याएकोले यसलाई उल्लेखनीय उपलब्धी भने । 

संसार कै राम्रो संविधान रहेकोे हल्ला मच्चाउनेहरु संविधान आएको दुई हप्ता नबित्दै बाध्य भएर संविधानमा गरेको पहिलो संशोधनले आंशिक भए पनि समानुपातिक समाबेसिता र प्रतिनिधिसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने सुनिश्चितता हुनु के यो मधेस आन्दोलन को उपलब्धि होइन ? उनले प्रश्न गरे । यो संविधान संशोधन नगरी कार्यान्वयन हुदैन भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले र संसदको ठुलो दल नेपाली काँग्रेसले स्वीकार गर्नु पनि आन्दोलनको उपलब्धी हो भनी उनको दावी छ । यस्तोमा मधेश आन्दोलनले केही पनि पाइएन भन्ने प्रचार गर्नुलाई उनले मधेशसंग खुल्लेयाम गद्दारी भने । वीरगन्जलाई आन्दोलनकारीले होइन तत्कालीन सरकारले ६ महिनासम्म अनिर्णयको बन्दी बनाई पिडित बनाएको बिर्सन नहुने अभियानका सदस्यहरुको तर्क छ । 

वीरगन्ज बचाउने नाममा भ्रमको खेती सुरु गरेकाहरुलाई अभियानका सदस्यहरुले गरेका प्रश्न यस्ता छन् । 

खोजौं ः 

जब मधेशीको छाति र निधारमा गोली ठोकिदै थियो उनीहरु कहाँ थिए ?

अकारण हप्तौंसम्म ‘कर्फयु’ लादेर वीरगन्जलाई बन्दुकको बन्दी बनाइदा उनीहरु काहाँ थिए ? 

 निषेधित क्षेत्र घोषित गरी वीरगन्जवासीलाई घरघरमा नजरबन्द बनाइदा उनीहरु काहाँ थिए ? 

वीरगन्जको भुमीमा नेपालीहरुको आन्दोलनलाई भारतीय चलखेल भन्ने उनीहरु मधेशी आमाहरुको काँख रितिदा र महिलाहरुको सिउँदो पुछिदा काहाँ थिए ? 

हाम्रो स्वभिमानको लडाईलाई बदनाम गर्ने अथक प्रयासमा जुटेका उनीहरु बयोबृद्धदेखी बालकसम्म दमनको शिकार हुँदा र घाईते भई तड्पिदा उनीहरु काहाँ थिए ?

 

 

Read 1076 times

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012