You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियविर्ताका इन्स्पेक्टरको ज्यादति, तिहार खर्च नपाएपछि समातिएको सामान अनुसन्धानलाई बुझाए

विर्ताका इन्स्पेक्टरको ज्यादति, तिहार खर्च नपाएपछि समातिएको सामान अनुसन्धानलाई बुझाए

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 20 October 2016 19:05
Rate this item
(0 votes)

वीरगन्ज  कात्तिक, सर्वसाधारणलाई शान्तिसुरक्षा दिने दायित्व लिएको प्रहरीबाटै वीरगञ्जका व्यवसायी र आमजनता पीडित हुन पुगेका छन् । प्रहरीले आमजनतासित सम्बन्ध सुधार्ने भन्दै विभिन्न तामझाम गर्दै आए पनि प्रहरीको आचरण र व्यवहार आलोच्य बन्दै गएको छ । 

प्रहरीले नगरक्षेत्रमा चेकजाँचको नाममा जनता र आमव्यवसायीलाई चाडवाड खर्च माग गर्दै अनाहकमा दुःख दिने रवैयामा उत्रिएका तथ्यहरु बाहिर आउन थालेका छन् । यस्तै एउटा प्रकरण बाहिर आएको छ । वडा प्रहरी कार्यालय वीर्ता बाट खटेको टोलीले सर्वसाधारणलाई दुःख दिने गरेको समाचार प्राप्त भएको छ । सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक जीवलाल चुदालीको निर्देशन र प्रत्यक्ष सहभागितामा आमजनता प्रताडित हुन थालेका छन् ।

सोमबार वीर्ता प्रहरी टोलीका घुमुवा बचुलाल यादव र एकजना असईले माईस्थान चौकबाट दिउसो २ बजे भन्सारबाट लिलाम सकार गरेका कपडा पक्राउ गरी वडा प्रहरी कार्यालय विर्ता बुझाएका थिए । कपडाधनीले कपडा भन्सारवाट लिलाम सकार गरेको कागजातहरु हेराउदा पनि प्रहरीले बलजर्बजस्ती कपडालाई वडा प्रहरी कार्यालय विर्ता बुझाएका थिए । 

वीरगन्ज भन्सार कार्यालयबाट मुस्तुफा अन्सारीले २०७३÷४÷२४ गते कपडालगायत विभिन्न खाले ५० आईटमभन्दा घरायसी प्रयोगका सामानहरु लिलाम सकार गरेका थिए । लिलाम सकार गरी लिएका सामान बिक्रीका लागि लैजाँदा प्रहरीले समातेको अन्सारीले बताए । कपडा छुटाउन आफू पुनः कागजपत्र लिएर वडा प्रहरी कार्यालय विर्ता पुग्दा पनि प्रहरी निरीक्षक जीवलाल चुदालीले सक्कल काजगपत्र कब्जामा लिएर मालसामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइदिएको उनले बताए ।

आफूले भन्सारबाट लिलाम सकार गरेर लिएको सामानको कागजपत्र देखाउँदा पनि समातेको मालसामान दुःख दिने नियतले अनुसन्धानका लागि पठाइएको गुनासो पीडित व्यवसायीको छ । प्रहरीले मालसामान समातेपछि मालसामान छोड्न आग्रह गर्दा प्रहरी निरीक्षक चुदालीले दिपावली, छठ खर्चको व्यवस्था गर्न भनेको तर, आफ्नो सामान जायज भएकाले खर्च दिन अस्वीकार गरेपछि राजश्वमा चलान गरिएिको अन्सारीले बताए । सामान समात्नेवित्तकै पनि प्रहरीले रकम माग गरेको उनले गुनासो गरे । 

अन्सारीले भन्सारबाट लिलाम सकार गरेकामध्ये माइस्थानचोकका एक व्यवसायीलाई बिक्रीका लागि लैजान लागेको ३ सय मीटर पाइण्टको कपडा प्रहरीले समातेको थियो । सो सम्बन्धमा प्रहरी निरीक्षक चुदालीसित सोध्दा उनले आफूले समातिएको मालसामान अनुसन्धानका लागि पठाइएको बताए । ‘हामीले अनुसन्धानका लागि पठाएको हो, काजगपत्र भए अनुसन्धानबाट छुटाएर ल्याए भइहाल्यो नि,’ उनले भने । 

 

Read 5875 times Last modified on Monday, 24 October 2016 21:52

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012