You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियमधेस आन्दोलननमा भएका हिंसात्मक घटना छानबिन सुरु

मधेस आन्दोलननमा भएका हिंसात्मक घटना छानबिन सुरु

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 19 October 2016 09:18
Rate this item
(2 votes)
फाईल फोटो फाईल फोटो

वीरगन्ज ३ कातिक मधेस आन्दोलननमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शपथग्रहण गरेपछि आयोगले काम थालेको हो ।

सरकारले भदौ २ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा ७ सदस्यीय आयोग गठन गरेको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम गठित आयोगले पूर्णता पाउन एक महिना लागेको थियो । पछि सर्वोच्चले आयोग गठनबारे संवैधानिक प्रश्न उठाएपछि काम थाल्न पाएको थिएन ।

‘शपथपछि पहिलो बैठक गरेर कार्यालय स्थापनाको निर्णय गरेका छौं,’ लालले भने, ‘कार्यालय र कर्मचारीको व्यवस्थापनपछि घटनाहरूबारे जानकारी र उजुरी संकलन थाल्छौं ।’ आयोगको कार्यालय बिजुलीबजारमा स्थापना गरिएको छ । लालले कार्यालय व्यवस्थित भएलगत्तै सरोकारवाला र पीडित पक्षलाई घटनाबारे जानकारी/उजुरी दिनका लागि सार्वजनिक आहवान गरिने उल्लेख गरे । 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले संयोजकलाई र संयोजक लालले अन्य सदस्यलाई शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीश सुशीला कार्की अनुपस्थित रहेपछि उनले तोकेको न्यायाधीश जोशीले शपथ गराएका हुन् । 

गृह मन्त्रालयले दसैं बिदा अगाडि नै आयोगका पदाधिकारीको शपथ गराइदिन सर्वोच्चलाई पत्राचार गरेको थियो । तर, सर्वोच्चले संविधानको कुन धाराअनुसार आयोग गठन भएको र शपथ प्रक्रियाको व्यवस्थाबारे प्रश्न उठाएकाले शपथग्रहण नै अन्योलमा परेको थियो । 

संविधानको धारा १३२ मा उल्लेख ‘सर्वोच्चका पूर्वन्यायाधीश सरकारले गठन गर्ने आयोग या कुनै पनि सरकारी पदमा नियुक्त हुन नपाउने’ विषयलाई उठाउँदै सर्वोच्चले गृहलाई पत्राचार गरेको थियो ।

प्रत्युत्तरमा गृहले संविधानलाई टेकेरभन्दा पनि जाँचबुझ आयोग ऐनअनुसार आयोग गठन भएको र त्यसैअनुसार यसअघि पनि सर्वोच्चका पूर्वन्यायाधीशहरू विभिन्न आयोगमा बसेर काम गरेको भन्दै त्यहीअनुसार शपथग्रहणको व्यवस्थाका लागि आग्रह गरेको थियो । गृहको स्पष्टोक्तिपछि दसैं बिदा सकिएलगत्तै आयोगका पदाधिकारीको शपथग्रहण भएको हो । 

आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गठित आयोगको म्याद ६ महिनाको छ । उक्त आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी सुखचन्द्र झा, पूर्वनायब महान्यायाधिवक्ता सूर्य कोइराला, कानुन व्यवसायी सुजन लोप्चन र खुसीप्रसाद थारू छन् । गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी आयोगको सदस्य सचिव तोकिएका छन् । सदस्य लोप्चन काठमाडौं बाहिर रहेकाले उनको शपथ बाँकी छ । 

श्रोत http://kantipur.ekantipur.com/news/2016-10-18/20161018220052.html

Read 3505 times Last modified on Thursday, 20 October 2016 10:57

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012