You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियमधेसी मोर्चालाई प्रचण्ड सरकारले धोका दिए मधेसमा प्रवेश निषेध गर्ने – केन्द्रिय सदस्य यादव

मधेसी मोर्चालाई प्रचण्ड सरकारले धोका दिए मधेसमा प्रवेश निषेध गर्ने – केन्द्रिय सदस्य यादव

Written by  Published in अन्तर्राष्ट्रिय Tuesday, 18 October 2016 15:48
Rate this item
(0 votes)

वीरगंज २ कार्तिक  सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै मधेसी मोर्चाले उठाएको बहुप्रतिक्षित संशोधन प्रस्ताव वर्तमान प्रचण्ड नेतृत्वको सरकारले दर्ता नगराएकोमा शंका उत्पन्न भएको बताउनु भयो । युवा नेता यादवका अनुसार प्रचण्डले बारम्बार मोर्चालाई धोका दिएको बताउदै यस पािल धोका दिए मधेसमा प्रचण्डलाई मधेसी युवाहरुले प्रवेश निषेध गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी निकट युवा एवं खेलकुद बिभागका प्रमुख समेत रहेका यादवले एक फरक प्रसंगमा तराई मधेस लोकतान्त्रिक पार्टी संग सदभावना पार्टीको एकिकरण हुने ठोकुवा गरेका छन् । मधेसी जनताको भावना अनुरुप मधेसका क्रियाशिल दुवै पार्टी एकिकरण हुन लागेको बताउदै आन्तिरिक रुपमा सम्पुर्ण तयारी भएको र तिहार र छठ पछि घोषणाको प्रवल सम्भावना रहेको यादवले बताए । साथै रौतहटको गौरवका रुपमा रहेको गौर राईस मिलको जग्गा पुर्वप्रधानमन्त्री माधव नेपालको प्रत्यक्ष संलग्नतामा अतिक्रमण गर्ने प्रयास भईरहेको खुलासा गर्दै त्यसता गलत क्रियाकलाप नसच्याए आफु र आफनो पार्टी सहित रौतहटका जिम्मेवार पार्टीहरु एवं संघ संस्थाहरु कडा बिरोध गर्ने बताउनु भयो । 

Read 269 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012