You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियपाकिस्तानसँग तनाव बढेपछि बारामा सवारीसाधनमा रोक पर्सामा पैदल यात्रीमाथि निगरानी

पाकिस्तानसँग तनाव बढेपछि बारामा सवारीसाधनमा रोक पर्सामा पैदल यात्रीमाथि निगरानी

Written by  Published in अन्तर्राष्ट्रिय Friday, 14 October 2016 13:22
Rate this item
(0 votes)

वीरगन्ज असोज पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमा बारा र पर्साको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

पर्साको सीमा रक्सौल, भिस्वा, परसौनी, भेलाई, सिर्सिया, रक्सौला, जानकीटोल, इनर्वा, ठोरी, भिस्वाठोरीमा चेकजाच कडा पारेको छ भने बाराको आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ । बाराको मुख्य सीमा नाका मटिहर्वा तथा टाँसिएकै भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताए ।

बाराको दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए । भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।

 

Read 2024 times Last modified on Monday, 17 October 2016 11:44

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012