You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियसरकारले सार्वजनिक यातायातका साधनमा घटाएयाे भाडादर

सरकारले सार्वजनिक यातायातका साधनमा घटाएयाे भाडादर

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 12 October 2016 22:12
Rate this item
(0 votes)

वीरगन्ज असाेज सरकारले सार्वजनिक यातायातका साधनमा घटाएको नयाँ भाडादर शुक्रबारदेखि लागु भएको छ । यातायात व्यवस्था विभागले बुधबार गरेको निर्णय दुई दिनपछि लागू भएको हो । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीको भाडा घटाइएको जनाएको ,

 

यातायात व्यवस्था बिभागले भाडा समायोजनको निर्णय स्विकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले स्विकृत गरेपछि नयाँ भाडादर लागू भएको हो ।

 

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना निकालेर भाडादर आजैदेखि लागू हुने जानकारी गराएको छ । सरकारले काठमाडौं उपत्यका सहित शहरी क्षेत्रका लागि सावर्जनिक सवारीको भाडा दर न्युनतम् १३ रुपैयाँ तोकेको छ । यसअघि १५ रुपैयाँसम्म असुल्दै आएका सवारीले अब १३ रुपैयाँ भन्दा बढी लिएमा अनुगमन गरी कारवाही गर्ने सरकारको तयारी छ ।

 

सरकारले ४ किलोमिटरसम्मलाई न्युनतम् १३ रुपैयाँ भाडा कायम गर्दा १९ किलोमिटरसम्मका लागि २५ रुपैयाँ भाडा तोकेको छ । सरकारले सबै सार्वजनिक यात्रुबाहक सवारी रुटका भाडादर २ दशमलव २२ प्रतिशत घटाएको छ ।

 

यस्तै सार्वजनिक मालबाहक ट्रकको भाडादरमा पनि ३ दशमलव २४ प्रतिशतसम्म घटाईएको विभागले जनाएको छ ।

Read 394 times Last modified on Friday, 14 October 2016 17:20

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012