You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियतीन बुदे सहमति कार्यान्वयन नभए छठ पछि आन्दोलन - नेता सोनल

तीन बुदे सहमति कार्यान्वयन नभए छठ पछि आन्दोलन - नेता सोनल

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 06 October 2016 17:22
Rate this item
(0 votes)

बारा २० असोज तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकारले मधेसी मोर्चालाइ ठगिरहेको बताउनु भएको छ । विजया दशमीको उपलक्ष्यमा बाराको रामपुर टोकनीमा आज आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै महामन्त्री सोनलले सरकार गठनका बेला मोर्चासंग भएको तीन बुदे सहमति कार्यान्वयनका लागि सरकार इमान्दार नदेखिएको बताउनु भयो । मधेसको मुद्धामा अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि पुर्व प्रधामन्त्री केपी ओलीकै बाटोमा हिडेको भन्दै महामन्त्री सोनलले भन्नु भयो ,‘ मधेसका एजेण्डको सवालमा प्रचण्ड पनि ओलीकै लाइनमा हिडेका छन् ,यसले नतिजा सुखद ल्याउदैन यो सरकारको हालत पनि पछिलो केपिओलीको सरकार जस्तै हुने छ । सरकारको कामकारवाहीले मधेसी मोर्चा सन्तुष्ट नरहेको भन्दै महामन्त्री सोनलले भन्नु भयो , सरकार गठनमा भएको ३ बुदे सहमति प्रति सरकार प्रतिबद्ध देखिएन , मोर्चालाइ प्रचण्डले ठगिरहेका छन् । मधेसको माग सम्बोधनका लागि छठ सम्मको समयसीमा मोचाले दिएको भन्दै उहाले छठ सम्म पनि संविधान संशोधन मामर्फत मधेसको माग पुरा नगरिए मोर्चा आन्दोलनको आँधीबेहरी लिएर मधेसमा फेरि झर्ने चेतावनी दिनु भयो । उहाले आन्दोलनकै माध्यमबाट मधेसीको माग पुरा गराउने दाबी गर्नु भयो । उहाले भन्नु भयो, ‘ मधेसको मुक्ति काँग्रेस एमाले र माओवादीबाट सम्भव छैन , जे जस्तो भएपनि मधेसी दलले नै मधेशीलाइ अधिकार सम्पन्न बनाउछन् । शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमा जनमोर्चाका केन्द्रय सदस्य तथा बारा क्षेत्र नं.४ का सम्बीधान सभा पुर्व उमेदवार नन्दुराम, जवाहिर राम,गोपाल राउत,अनिल पसवान,लक्ष्मीराय,इनरकलिदेवी लगायत ५० जना नेता तथा कार्यकर्ता काग्रेस , एमाले पार्टी प्रत्याग गरि तमलोपामा प्रवेस गरेका छन । नव प्रवेसी नेता तथा कार्यकर्ताहरुलाई महा मन्त्री जितेन्द्र सोनलले फुलमाला लगाई स्वागत गरेका थिए । कार्यक्रममा क्षेत्रिय अध्यक्ष सिताराम गुप्ता,तमबी फ्रन्ट महा सचिव ओमलोक सिह ं पटेल,फ्रन्टका बारा जिल्ला अध्यक्ष संतोष यादव, पार्टी प्रबक्ता रमेस सर्राफ लगायतको रहेको थियो भने कार्यक्रमको अध्यक्ष्ता रामपुर टोक्नीका एकाइ अध्यक्ष राम अयोध्या रायभरले गरेका थिए र कार्यक्रम संचालन बिन्दु साहले गरेका थिए । 

 

Read 1346 times Last modified on Friday, 07 October 2016 19:50

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012