You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियशंत नेता शुशिल कोइरालाको अपमान गर्दै सांसद रुङ्गटाले अयोजना गरे दशै भोजको कार्यक्रम

शंत नेता शुशिल कोइरालाको अपमान गर्दै सांसद रुङ्गटाले अयोजना गरे दशै भोजको कार्यक्रम

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 05 October 2016 18:52
Rate this item
(0 votes)

वीरगन्ज,१९ असोज ।  नेपाल काँग्रेस केन्दिय्र कार्यालयको  परिपत्रलाई धोती लगाउदै वीरगन्जमा बुधबार  दशैंको शुभकामना कार्यकक्रम आयोजन गरिएको छ ।  नेपाली काँग्रेसबाट समानुपातिक तर्फबाट  सांसद बनेका विवादस्पद व्यपारी अनिल रुङ्गटाले वीरगन्जको टाउन होलमा दशैको भोज भतेर संगै दशैको शुभकाना आदान प्रदान कार्यक्रमको अयोजना गरी पार्टी केन्द्रिय कार्यालयको निर्देशनलाई धोती लगाएका हुन ।

काँग्रेस पार्टीका तत्कालिन सभापति एव्म शंत नेता  शुशिल कोइरालाको असमाहिक निधन भएको कारण देखाउदै पार्टी केन्द्रिय कार्यालयले ७५ जिल्लाको  कार्य समितिलाई परिपत्र गर्दै खुसियाली प्रकट हुने कुनैपनि कार्यक्रम आयोजन गर्न नगारउन  निर्देशन दिएपनि उक्त निर्देशनलाई सांसद रुङ्गटाले धानकोमा फ्याक्दै कार्यक्रम आयोजना  गरेको पार्टीका कर्मठ कार्यकर्ताहरुले  दुःख व्यक्त गरेका छन् । टाउनहलमा आयोजना गरिएको शुभकामना अदान प्रदान  कार्यक्रमा मार्फत सांसद रुङ्गटाले शक्ति प्रदशन गर्दै केन्द्रको निर्देशन उनकालागि केही नभएको उद्यघोष गरेको  कार्यकर्ताहरुको भनाई रहेको छ ।

 केन्द्रिय कार्यालयको निर्देशन अनुसारै सम्पुर्ण नेता कार्यकर्ता निर्देशत हुने गरेपनि उक्त निर्देशनलाई सांसद रुङ्गटाले लत्याउदै शन्त नेता शुशिल कोइरालाको अपमान  गरेको कार्यकर्ताहरुले बताएका छन् ।

 यसै विषयमा सांसद रुङ्गटासंग बुझदा उहाँले पार्टी केन्द्रिय कार्यालयले जिल्लामा खुसियाली मनाउन कुनै रोक नलागाएको र कुनै परिपत्र समेत नगरेको यात्रा डेलीलाई जानकारी दिनुभयो । उहाँले साथी भाई तथा पार्टीका नेता कार्यकर्ताहरुसंग दशैंको शुभकामना अदान प्रदान र भोज भतेर गर्न पार्टीबाट कुनै रोक नभएको दावी गर्नु भयो ।

यसै विषयमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका  सचिव अशोक जैशवालसंग बुझदा उहाँले दशै, तिहार, छठ लगायतका पर्वहरुमा शुभकामना आदान प्रदान तथा खुसियाली प्रकट हुने कुनै कार्यक्रम नगर्न नगाराउन केन्द्रिय कार्यालयले निर्देशन सहितको जिल्ला कार्य समितिलाई पत्र पठाएको जानकारी दिनु भयो ।  सांसद रुङ्गटाले टाउनहोलमा अयोजना गरेको कार्यक्रम नगर्दा पार्टी केन्द्रिय कार्यालयको निर्देशनको सम्मान हुने सचिव जैशवालले बताउनु भयो । 

Read 1074 times Last modified on Friday, 07 October 2016 19:50

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012