You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा जाने चेतावनी

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा जाने चेतावनी

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 03 October 2016 19:38
Rate this item
(0 votes)

 

 

 

वीरगन्ज १७ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहारसम्म संविधान संशोधन विधेयक दर्ता नभए आन्दोलनमा जाने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्रीसँग भेटेर मधेशी मोर्चाका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई उक्त चेतावनी दिएको हो ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भेटेर तिहारसम्म संसदमा संशोधन विधेयक दर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि सद्भावना अध्यक्ष महतोले प्रधानमन्त्रीसँगको भेटमा आफूहरुले संविधान संशोधन विधेयक तिहारसम्म दर्ता नभए सरकारबाट समर्थन फिर्ता लिँदै आन्दोलनमा जाने चेतावनी दिएको हुलाकी न्यूजलाई बताए ।

महतोले हुलाकी न्यूजलाई भने, ‘प्रधानमन्त्रीले तिहारसम्म संशोधन विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

भेटघाटमा प्रधानमन्त्रीले सरकार संविधान संशोधनका लागि तीव्र रुपमा लागिपरेको बताए । मोर्चाको चेतावनीपछि प्रधानमन्त्रीले जसरी पनि तिहारसम्म संशोधन विधेयक दर्ता गराउने आश्वासन दिए ।

प्रधानमन्त्रीले मधेश आन्दोलनका क्रममा लागेका सामान्य मुद्दा तत्कालै फिर्ता हुने प्रक्रिया सुरु भएको र अदालतमा रहेको मुद्दा अदालती प्रक्रियाबाट मिलाउन काम भइरहेको बताए ।

प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग दिउँसो ३ बजेदेखि पाँच बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

Read 696 times Last modified on Tuesday, 04 October 2016 21:51

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012