समाचार

एमाले मधेसबिरोधी भएको भन्दै केन्द्रिय सदस्य गीरी र चौहानद्धारा राजिनामा

एमाले मधेसबिरोधी भएको भन्दै केन्द्रिय सदस्य गीरी र चौहानद्धारा राजिनामा

संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिवद्धता वीरगन्ज,जेष्ठ ८ -मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ  नेपाल कुम्युनिष्ट पार्टी एमालेले सम्बोधन नगरेको भन्दै पार्टीका केन्द्रिय सदस्य र पुर्व सभासदले राजिनामा दिएका छन् ।आज दिउसो वीरगन्जको होटल मकालुमा पत्रकार सम्मेलन गरेर पार्टीका केन्द्रिय सदस्य...

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

विरगंज, ०८ जेष्ठ - विरगंजको महावीर स्थान नजिक स्कुल बसबाट चेपिएर एक बालिकाको मृत्यु भएको छ । दिल्ली पब्लिक स्कुलमा अध्यनरत दिया अग्रवालको कादम्बरी स्कुलको बस (ना २ ख ८५३) नम्बरको बसको पछाडिको चक्काले ठक्कर लागि चेपिएर घटना स्थलमै मृत्यु...

फोटो फिचर

कलैया बजारमा ट्राफिक प्रहरीको जनचेतना मूलक रैली

कलैया बजारमा ट्राफिक प्रहरीको जनचेतना मूलक रैली

कलैया बजारको ट्राफिक ब्यवस्थापनको निमित शुक्रबार विद्यार्थीहरु र ट्राफिक प्रहरीको जनचेतना मूलक रैली नगर परिक्रमा गरिदै । तस्वीर यात्रा डेली ।

गोरखा पत्र वीरगन्ज शाखाको ८ औ वार्षिक उत्सवमा अन्तरकृया कार्यक्रम

गोरखा पत्र वीरगन्ज शाखाको ८ औ वार्षिक उत्सवमा अन्तरकृया कार्यक्रम

आईतबार वीरगन्जकाे टाउन हलमा गोरखा पत्र वीरगन्ज शाखाको ८ औ  वार्षिक उत्सवमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागीहरू । तस्बिर , राम सराफ ।

भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने कारिक्रमको तैयारी-सोनल

भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने कारिक्रमको तैयारी-सोनल

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टी बनेको छ । मधेशी मोर्चामा आवद्ध पाँच दलको एकीकरण भएको छ । आज दिउँसो एक बजे काठमाडौंमा एक भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने...

फोटोपत्रकारको हकहितको लागि ७ वुदे माग

फोटोपत्रकारको हकहितको लागि ७ वुदे माग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई फोटोपत्रकारको हकहितको लागि ७ वुदे मागपत्र वुझाएपछि समुहीक फोटो खिचाउदै राष्ट्रिय फोटोपत्रकार समुहका सदस्यहरु । तस्वीर , राष्ट्रिय फोटोपत्रकार समुह ।

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश ।

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश ।...

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश । 

«
||
»

मुख्य समाचार

एमाले मधेसबिरोधी भएको भन्दै केन्द्रिय सदस्य गीरी र चौहानद्धारा राजिनामा

एमाले मधेसबिरोधी भएको भन्दै केन्द्रिय सदस्य गीरी र चौहानद्धारा राजिनामा

संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिवद्धता वीरगन्ज,जेष्ठ ८ -मधेस...

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

विरगंज, ०८ जेष्ठ - विरगंजको महावीर स्थान नजिक स्कुल बसबाट...

उधोगपति सरावगी फोरम नेपालको प्रदेश कोषाध्यक्षमा मनोनित

उधोगपति सरावगी फोरम नेपालको प्रदेश कोषाध्यक्षमा मनोनित

मधेसमा स्थानिय निकायको पुनरचर्णचा नगरिएसम्म चुनाव असम्भव नेता यादव   वीरगन्ज,जेष्ठ ६...

फोटोपत्रकारिता र पर्यटन प्रवद्र्धनका लागि फोटोपत्रकारको टोली बंगलादेशमा

फोटोपत्रकारिता र पर्यटन प्रवद्र्धनका लागि फोटोपत्रकारको टोली बंगलादेशमा

बंगलादेश ५ जेठ बंगलादेशको भ्रमणमा रहेको राष्ट्रिय फोटो पत्रकार समुह...

बन्दुकको जवाफ अब मधेसी जनताले ब्यालेटबाट दिन्छन् – प्रदीप यादव

बन्दुकको जवाफ अब मधेसी जनताले ब्यालेटबाट दिन्छन् – प्रदीप यादव

वीरगन्ज, ४ जेठ – संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष...

अर्थ

वीरगन्ज र पथलैया औद्योगिक कोरिडोरमा लोडसेडिङ कायमै

वीरगन्ज र पथलैया औद्योगिक कोरिडोरमा लोडसेडिङ कायमै

तुलसी भण्डारी , वीरगन्ज  वैशाख नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको फिडर नम्बर १ र ५ मा आइतबार १२ घण्टाको...

वीरगञ्जमा नक्कली नोटको बगबिगीले सर्वसाधारणलाई हैरानी

वीरगञ्जमा नक्कली नोटको बगबिगीले सर्वसाधारणलाई हैरानी

राम सर्राफ बैशाख  वीरगञ्ज वीरगञ्जमा १ हजार र ५ सय रुपैयाँका नक्कली नोटको बिगबिगीले सर्बसधारणदेखि उद्योगी व्यापारी पीडित भएका छन्...

समाचार

पर्सामा सय भन्दा बढी विद्यालय अबैध रुपमा संचालन कार्यवाही गर्ने  जिसिअ तिवारी तैयारी

पर्सामा सय भन्दा बढी विद्यालय अबैध रुपमा संचालन कार्यवाही गर्ने जिसिअ तिवारी तैयारी

वीरगन्ज, बैशाख जिल्ला शिक्षा कार्यालयको इजाजत बगैर पर्सामा करिब एक सय भन्दा बढीको संख्यामा निजी विद्यालय संचालन भइरहेको खुलाशा भएको...

वीरगंजको मुख्य नाका भएरै लागू पदार्थको तस्करी

वीरगंजको मुख्य नाका भएरै लागू पदार्थको तस्करी

वीरगंज, वैशाख । वीरगंज मुख्य भंसार नाका हुँदै भारततिर अहिले गाँजा तथा चरस लगायत अन्य लागू औषधको तस्करी भारी मात्रामा...

स्थानीय निकायको निर्वाचनको चुनावी चर्चा १

 मेयर पदका लागि चर्चित युवा विजय सर्राफको वीरगन्जमा चर्चा

मेयर पदका लागि चर्चित युवा विजय सर्राफको वीरगन्जमा चर्चा

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगञ्ज उपमहानगरपालिको नेतृत्व कसको हातमा जाला भन्नेमा चासो केन्द्रित हुन थालेको छ । देशको राजनीतिक तथा आर्थिक केन्द्रको रुपमा स्थापित वीरगञ्ज नगरको नेतृत्व आफ्नो...

स्थानीय निकायको निर्वाचनको चुनावी चर्चा २

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई फोटोपत्रकारको हकहितको लागि ७ वुदे मागपत्र वुझाएपछि समुहीक फोटो खिचाउदै राष्ट्रिय फोटोपत्रकार समुहका सदस्यहरु । तस्वीर , राष्ट्रिय फोटोपत्रकार समुह ।

राम सर्राफ वीरगन्ज ५ बैशाख सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार साँझ वीरगन्ज बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन मार्फत आफ्ना मांग सम्वोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मोर्चाका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका छन । वीरगन्जको घण्टाघर नजिकबाट मशालसहित निक्लिएको प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । मोर्चाले सांकेतिक विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको मोर्चाका वीरगन्ज संयोजक पुरुसोतम झाँले बताए । बजारको सुरक्षा व्यवस्था कडा पारीए पनि प्रहरीले मसाल जुलुसमा कुनै हस्तक्षेप गरेको थिएन ।

 

बिरगन्ज ५ बैशाख  पर्सामा स्संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समिति गठन गरेका छन । 

मधेसी मोर्चाको मंगलबार वीरगन्जको होटल कुम्भुमा बसेको बैठकले निर्वाचन बिथोल्नका लागि पर्साका पाँच वै निर्वाचन क्षेत्र , दुवै नगरपालिका र गाउ गाँउमा  संघर्ष समिति गठन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताएका छन । 

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष यादवको अध्यक्षतामा स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समिति गठन गरिएको हो स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समितिमा फोरम नेपालको प्रदेश नम्बर २ का सचिव सलाउदीन अहमद , तराइ मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा , राष्टिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला सचिव राजेश साह , तराइ मधेस सदभावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीको रहेका छन । 

यसैगरि बैठकले आज साँँझ ६ बजे वीरगन्जको घण्टाघर चोकबाट बृहत मशाल जुलुश निकाल्ने , बैशाख ७ गते बिहान आठ बजे वीरगन्जमा सिठ्ठी र लाठी जुलुश निकाल्ने र ९ गते आमसभा आयोजना गर्ने निर्णय पनि गरेका छन । वीरगन्जमा नौ गते हुने आमसभालाइ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुले सम्बोधन गर्ने मधेसी मोर्चाले जनाएको छ ।

Published in समाचार

विरगंज,  बैशाख - विरगंजको श्रीपुर स्थित रहेको ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय अभिभावकहारको पहिलो रोजाइ र बालबालिकाको लागि सहि गन्तव्य बनेको छ । बालबालिका हुर्काउनको लागि उपयुक्त वातावरण रहेको यो स्कुलमा सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षा दिने गरिएकोले अभिभावकहारको पहिलो रोजाइ बन्न ज्ञान वाटिका सफल भएको प्रिंसिपल डा. अन्जु कुमारीको भनाइ छ । 

ज्ञान वाटिकामा पढाइ संगसंगै असल संस्कार र सिकाइलाइ महत्व दिने गरिएको विद्यालयकि प्रिंसिपल डा. कुमारीको बताउछिन ।साना नानी बाबुहरुलाई घरमा जस्तै मायालु वातावरणमा हुर्काएर असल मान्छे बनाउने एउटा आधार बनोस् भन्ने उद्धेश्यका साथ २०५२ सालमा शिक्षक हरिहर प्रसाद यादव द्वारा स्थापना भएको यस स्कुलमा अहिले ६०० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ज्ञान वाटिकामा विद्यार्थीह र अभिभावकहरुकोको आकर्षण हुनुको कारण चाहिँ ज्ञान वाटिकामा आफ्नै भौतिक संरचना पनि एक हो । आफ्नै ७ कट्ठा जग्गामा सञ्चालित यस स्कुलमा खेलकुद र अन्य क्रियाकलापका लागि विद्यालयमा आफ्नै ठुलो ग्राउण्ड रहेको छ । स्मार्ट बोर्ड प्रविधि द्वारा शिक्षा दिइने यस स्कुलले अब्बल दर्जाको विद्यार्थी उत्पाद गर्न सधै सफल रहेको विद्यालयका संस्थापक हरिहर प्रसाद यादवको दावी छ । विद्यालयको कक्षा कोठाहरुमा सीसिटिवी क्यामेरा जडान गरि विद्यार्थीको हरेक क्रियाकलापलाइ अध्यन गर्ने गरिएको यादव बताउछन । जिल्लाको शैक्षिक स्थिति उत्थान गर्न नीतिले स्थापित यस स्कुलले न्यूनतम मासिक शुल्कमै शिक्षा प्रधान गर्ने गरेको यादवले बताउछन । 

कुशल र दक्ष शिक्षकहारको द्वारा अध्यापन गराइने यस स्कुलले विध्यर्तीहरुको सैद्धान्तिक र व्यावहारिक विकासको लागि सधै विभिन्न भ्रमण, पिकनिक र यात्राको आयोजना पनि गर्ने गरेको छ । त्यस्तै कमजोर र सुस्त विद्यार्थीका लागि विद्यालयले छुट्टै क्लासको समेत व्यस्था गर्ने गरिएको छ । बालबालिका चौतर्फी विकासका लागि विद्यालयले प्रतेक हफ्ता अतिरिक्त पाठयक्रम गतिविधिहरुको समेत आयोजना गर्ने गरिको छ । साथै नृत्य, कला, गायन, संगीत र अन्य कौशलहरु प्रधान गर्ने छुट्टै शिक्षकहारको व्यस्था गरिएको छ ।

हिजोका दिनमा यहाँबाट उत्पादित भएका विद्यार्थीहरु सफल ईन्जिनियर, डाक्टर, वकिल, व्यापारी बनिसकेको अबस्था र शिक्षकहरु आफ्नो ठाउँमा त छदै छन । सरकारले गत बर्षबाट ल्याएको ग्रेडिङ्ग सिष्ट एस.ई.इ परिक्षामा पनि विद्यार्थीहरुले राम्रो जिपिए ल्याएका छन् । त्यसै गरी ज्ञान वाटिकामा ल्याब, लाइबे्ररीहरु पनि राम्रो रहेको र विद्यालयमा प्लस टु पनि भएकाले गर्दा विद्यार्थीलाई आवश्यक भौतिक कुराहरु दिने प्रयास पनि गरिएको छ ।

वीरगन्ज  बैशाख वीरगन्ज–पछिल्लो समय प्रहरीकै मिलेमतोमा वीरगन्जबाट भइरहेको तस्करीको विषयमा जिल्लाका २ जना प्रहरी हाकिमबीच गाली गलौज भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीको कमाण्ड सम्हाल्न नसक्दा संगठन भित्र अनुशासनहिनताको पराकाष्ठा नाघेको छ । आइतबार राति प्रहरी उपरिक्षक (एसपी) गोविन्द कुमार साह र प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्राईबीच प्रहरीको सञ्चार सेटमै दोहोरो गाली गलौज भएको हो । एसपी र डीएसपीबीच सेटमै गाली गलौज भएपछि राति डिउटीमा रहेका जुनियर प्रहरी अधिकृत आतंकित बनेका थिए । प्रहरी स्रोतका अनुसार गत साता मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआइजी गणेश केसीले तस्करीको लाइन पर्सामा खुलेको भन्दै डीएसपी यज्ञ प्रसाद भट्टराईसँग स्पष्टीकरण लिएका थिए । लाइन खोल्ने चाहि एसपी अनि स्पष्टीकरण आफूसँग सोधिएकाले डीएसपी तनावमा थिए । आइतबार राति मदिरा सेवन गरेर उनले सेटमै तस्करीको लाइनको मु.....मा......ले खोलाएको छ ? जसको एरियाबाट तस्करी हुन्छ त्यसलाई कारवाही गर्छु भन्ने कडा निर्देशन दिए । गाली सुनेपछि एसपी गोवन्द कुमार साहले सेटमै जवाफ फर्काए – ‘को बौलायो ? किन गाली गरेको सेटमा ? ल गाली गर्नेलाई थुनेर मापसे चेक गरा ।’ लग्त्तै डीएसपी भट्टराईले सेटमै भने – ‘को मा.... आउ“छ समात्न आइज । समात्न आउनेलाई गोली ठोक्छु ।’ त्यसपछि नजिकै रहेको नारायणी अञ्चल प्रहरी कार्यालयको पहलमा सबै सिनियर अफिरलाई रातिनै सामेल गराएर गालीगलौजको घटना वाहिर नलैजाने सहमति भयो । मध्यरात करिब १२ बजे सुरु भएको गालीगलौजपछि झन्डै १ घन्टा जिल्ला प्रहरी कार्यालयमा तनावपूर्ण स्थिती बनेको जुनियर अधिकृतहरु बताउँछन् ।

वीरगन्ज  बैशाख पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर  नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन ।  सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ ।

 

निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १र१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट  १र१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट  एक दलित  महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन ।

 

संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक बनाईएको छ । अर्थात स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघी सारिएको छ। वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ ।

 

देशैभर स्थानिय निर्वाचनको चहलपहल बढीरहेको परिप्रेक्ष्यमा गाउँपालिका र  नगरपालिकाका वडाको काम, कर्तव्य र अधिकारहरु प्रस्तुत गरेका छौं ।  

 

क( योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन

 

१। सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।

२। वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।

३। वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।

४। टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।

५। वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।

 

ख( तथ्यांक अद्यावधिक तथा संरक्षण

 

१। निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्टा, मिलआदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने ।

 

ग( विकास कार्य

 

१। शिक्षाः बालउद्यानको व्यवस्था र व्यवस्थापन, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्ने ।

२। स्वास्थ्यः वडा तहको स्वास्थ्य केन्द्ररउपकेन्द्रको व्यवस्थापन गर्ने, बालबालिकाहरुलाई बि।सि।जि, पोलियो, भिटामिन ‘ए’ को व्यवस्था गर्ने, पोषण कार्यक्रम संचालन गर्ने, वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम संचालन गर्ने, शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिक संचालन गर्ने गराउने, सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण तथा व्यवस्थापन गर्ने गराउने ।

३। खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापनः वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार, पोखरीको निर्माण, संरक्षण, गुणस्तर नियमन गरी गाउँपालिका वा नगरपालिकालाई जानकारी गराइ सहयोग गर्ने गराउने, घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरुको सरसफाई, ढल निकास, मरेका जनवार व्यवस्थापन, सतही पानीको निकास गर्ने, पानीको स्रोत अर्थात मूलको संरक्षण ९वृक्षारोपण, तटबन्ध, नदी नियन्त्रण० गर्ने गराउने, फोहरमैला गर्नेलाई सम्बन्धित ऐन अनुसार जरिवाना गर्ने ।

४। कृषि विकासः कृषि तथा फलपूmल नर्सरीको स्थापना तथा समन्वय र प्रवद्र्धन गर्ने, वडास्तरीय अगुवा कृषक तालिम अभिमुखीकरण गर्ने, कृषि मलको माग संकलन गर्ने, कृषिमा लाग्ने रोगहरुको विवरण तयार गरी गाउँपालिका र नगरपालिकामा प्रस्तुत गर्ने ।

५। पशुपंछी विकास तथा व्यवस्थापनः पशुपंछी विकास, छाडा चौपायाँ व्यवस्थापन, वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।

६। सांस्कृतिक प्रबर्धनः स्थानीय समुदायक चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने गराउने, स्थानीय मौलिकता झल्किने सांस्कृृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रबर्धन गर्ने ।

७। खेलकुदः वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने, अन्तर विद्यालय तथा बाल क्लबहरु मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने गराउने ।

८। यातायातः वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, बसपार्कको सरसफाई गर्ने, बाटोघाटोको बाढी, पहिरो पन्छाउने ।

९। उद्योगः घरेलु उद्योगको लगत संकलन, सम्भाव्यता पहिचान गर्ने, वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्ने ।

१०। व्यक्तिगत घटना दर्ताः प्रचलित कानुन बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण गर्ने र गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, जनचेतना कार्यक्रम संचालन गर्ने ।

११। सामाजिक सुरक्षास् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, अभिलेख अद्यावधिक गर्ने, बालपोषण तथा बाल संरक्षण सम्बन्धी काम गर्ने ।

१२। सामाजिक तथा आर्थिक सशक्तीकरणः वडालाई बालमैत्री बनाउने, वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पखंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने, विभिन्न समुदायका बीचमा सामाजिक सदभाव र सौहार्दता कायम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता आदि जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने गराउने ।

१३। कर सम्बन्धी कार्यहरुः गाउँपालिका वा नगरपालिकाका वडाले प्रचलित कानुनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिश दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गर्ने तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, बुझाउने ।

१४। असहाय, असक्त, वेवारिश व्यक्तिको सहायता र संरक्षणः वडाभित्रका असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पाताल वा स्वास्थ्य केन्दमा पुर्याइ औषधोपचार गराउने, वडामा कुनै असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने गराउने ।

१५। वन तथा वातावरणः वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्धर्न गर्ने । वडा, टोल, वस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने, वडालाई वातावरणमैत्री बनाउने ।

१६। प्रबर्द्धनात्मक  कार्यक्रम गर्ने गराउनेः प्राङ्गरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुल्ला दिशामुक्त रपूर्ण सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रबर्द्धनात्मक  कार्यहरु गर्ने गराउने ।

 

घ( नियमन कार्य

 

१। वडाभित्र संचालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुका कार्यको नियमन गर्ने ।

२। घर निर्माण तथा गुणस्तर कार्य भवन संहिता तथा मापढण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।

३। खाद्यान्न, माछा, मासु, तरकारी, फपूmल, पेय पदार्थ तथा उपभोग्य सामाग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।

४। वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने ।

५। हाट बजारको व्यवस्थापन गर्ने गराउने ।

६। विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।

 

ङ( सिफारिश वा प्रमाणित गर्नेः वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने

 

१। नाता प्रमाणित

२। नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने ।

३। बहाल करको लेखाजोखा सिफारिश गर्ने ।

४। कोठा खोल्न रोहबरमा बस्ने ।

५। मोही लगत कट्टा सिफारिश गर्ने ।

६। घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने ।

७। जन्म मिति प्रमाणित गर्ने ।

८। व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने ।

९। मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने ।

१०। विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने ।

११। निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने ।

१२। आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने ।

१३। घर पाताल प्रमाणित गर्ने ।

१४। व्यक्तिगत विवरण प्रमाणित गर्ने ।

१५। पुर्जामा घरकायम गर्ने सिफारिश गर्ने ।

१६। फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित÷दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने ।

१७। नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने ।

१८। जग्गा धनीपुर्जा हराएको सिफारिश गर्ने ।

१९। कागज र मन्जुरीनमा प्रमाणित गर्ने ।

२०। कित्ताकाट सिफारिश गर्ने ।

२१। संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश गर्ने ।

२२। जीवितसँगको नाता प्रमाणित गर्ने ।

२३। हकवाला वा हकदार प्रमाणित गर्ने ।

२४। नामसारी सिफारिश गर्ने ।

२५। जग्गाको हक सम्बन्धी सिफारिश ९सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक० गर्ने ।

२६। मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश गर्ने ।

२७। उद्योग ठाउँसारी सिफारिश गर्ने ।

२८। जीवित रहेको सिफारिश गर्ने ।

२९। पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश गर्ने ।

३०। जग्गा मूल्यांकन सिफारिश प्रमाणित गर्ने ।

३१। विद्यालयको कक्षा बृद्धि सिफारिश गर्ने ।

३२। पालन पोषण सिफारिश गर्ने ।

३३। वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने ।

३४। आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित–आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।

३५। विद्यालय ठाउँसारी सिफारिश गर्ने ।

३६। धारा तथा विद्युत जडान सिफारिश गर्ने ।

३७। प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित गर्ने ।

गाउँपालिका वा नगरपालिकाले तोकिदिएको अन्य कार्य गर्ने ।

स्थानीय निकायको निर्वाचनको चुनावी चर्चा ३

जनताले मलाई मेयरमा उठाउनु पर्छ भन्छन - रामरुप कुर्मी

जनताले मलाई मेयरमा उठाउनु पर्छ भन्छन - रामरुप कुर्मी

वीरगन्ज  बैशाख  लामो समय देखि राजनीतिक मार्फत समाज सेबा गर्दै आएका वीरगन्जका रामरुप कुर्मी यस पाली नेपाली काग्रेसबाट वीरगन्जको मेयरको पदमा चुनाव लडने तैयारीमा रहेका छन । आउने दिनमा राजनितीबाट...

स्थानीय निकायको निर्वाचनको चुनावी चर्चा ४

चुनावी चर्चा : काङ्ग्रेसबाट प्रकाश कुमार उपाध्याय अग्रस्थानमा

चुनावी चर्चा : काङ्ग्रेसबाट प्रकाश कुमार उपाध्याय अग्रस्थानमा

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगञ्ज उपमहानगरपालिको नेतृत्व कसको हातमा जाला भन्नेमा चासो केन्द्रित हुन थालेको छ । देशको राजनीतिक तथा आर्थिक केन्द्रको रुपमा स्थापित वीरगञ्ज नगरको नेतृत्व आफ्नो...

स्थानिय समाचार

अनुप तिवारीको नयाँ गीत “सानी नानी”

अनुप तिवारीको नयाँ गीत “सानी नानी”

वीरगन्ज, जेठ ४ : पछिल्लो समय रोमान्टिक गायकका रुपमा चिनिएका गायत तथा संगीतकार अनुप तिवारीको नयाँ गीत “सानी नानी” यहि जेष्ठ ५ सार्वजनिक हुने भएको छ । आफ्नै शब्द, संगीत स्वर...

सांसद अमात्यद्वारा १ नम्बर क्षेत्रको विकास निर्माणको अवलोकन

सांसद अमात्यद्वारा १ नम्बर क्षेत्रको विकास निर्माणको अवलोकन

बीरगंज २८ बैशाख । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र वहादुर अमात्यले आज आफनो क्षेत्रमा भइरहेको विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।...

राजनीतिक स्थिरता र समुदाय बीचको सद्भावले विकास , पुर्व राष्ट्रपति यादव

राजनीतिक स्थिरता र समुदाय बीचको सद्भावले विकास , पुर्व राष्ट्रपति यादव

वीरगंज २८ बैशाख पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक स्थिरता र समुदाय विचको सदभावले मुलुकलाई अगाडी बढाउने भएकाले नेपाली जनताको उज्वल भविष्यका लागि अब राजनीतिक दलहरुले दिगो राजनीतिक स्थिरता काम...

कुटपिट गर्ने सांसद राजकुमार गुप्तालाइ कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाही

कुटपिट गर्ने सांसद राजकुमार गुप्तालाइ कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाही

वीरगन्ज २६ बैशाख वीरगन्जमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख...

वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको दुर्गन्धित–सङ्क्रमणका कारण उच्च जोखिममा

वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको दुर्गन्धित–सङ्क्रमणका कारण उच्च जोखिममा

वीरगन्ज २६ बैशाख वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको अत्यधिक दुर्गन्धका कारण आमउपभोक्ता विभिन्न रोगको सङ्क्रमणको उच्च जोखिममा छन् ।   वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको सो दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा माछा...

नारायणी उप–क्षेत्रिय अस्पतालमा कुकुर तथा जनावरले टोकेपछि दिइने भ्याक्सिनको अभाव

नारायणी उप–क्षेत्रिय अस्पतालमा कुकुर तथा जनावरले टोकेपछि दिइने भ्याक्सिनको अभाव

वीरगंज, २६ बैशाख । नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजमा कुकुर तथा जनावरले टोकेपछि दिइने एन्टीरेबिज भ्याक्सिनको अभाव भएको छ ।  नारायणी उप–क्षेत्रिय अस्पतालमा भ्याक्सिन अभाव भएपछि कुकुर वा जनावरले टोकेकोे बिरामीहरु मर्कामा...

«
»

मोडेल वाच

‘कालेदाइ’ले बनायो रेकर्ड

‘कालेदाइ’ले बनायो रेकर्ड

चलचित्र प्रदर्शन अगाडिनै केही चलचित्रको गीतले यु ट्युवमा तहल...

 ‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म

‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म

एजेन्सी बैशाख  बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एस...

आमिरको फिल्म ‘दंगल’ले धमाका मच्चाउने संकेत, यस्तो छ फिल्म

आमिरको फिल्म ‘दंगल’ले धमाका मच्चाउने संकेत, यस्तो छ फिल्म

फिल्म पीके प्रदर्शन भएको दुई वर्षपछि आमिर खानले स्पोर्टस ड्र...

नयाँ वर्षमा रक्सी र सेक्स पार्टी, सहभागी हुन्छन् कयौं नायिका

नयाँ वर्षमा रक्सी र सेक्स पार्टी, सहभागी हुन्छन् कयौं नायिका

पुस, एजेन्सी। अंग्रेजी सालको नयाँ वर्षमा बलिउडमा एक फरक पार्...

शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे

शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे

पुस, एजेन्सी।शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को एक गित रिलिज...

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक

रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्...

सोचे जस्तो सेक्स व्यवहार नभए सम्बन्ध विच्छेदको खतरा

सोचे जस्तो सेक्स व्यवहार नभए सम्बन्ध विच्छेदको खतरा

जब पुरुष यौन कृयाको लागि तयार हुन्छन , त्यस बेला उनीहरु सबै ...

‘धेरै सेक्सी’ भएपछि फिल्म खेल्न प्रतिबन्ध

‘धेरै सेक्सी’ भएपछि फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्र...

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा

हरेक कुरा भन्ने र गर्ने उपयुक्त समय हुने गर्दछ । कतिपय अवस्थ...

यसरी प्राप्त हुन्छ चरम यौन सुख

यसरी प्राप्त हुन्छ चरम यौन सुख

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उस...

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012