You are here: Homeमोडेल समाचार

मोडेल समाचार (620)

फिल्म पीके प्रदर्शन भएको दुई वर्षपछि आमिर खानले स्पोर्टस ड्रामामा आधारित बायोपिक ल्याएका छन् । जुन फिल्म चर्चित निर्देशक नितेश तिवारीले निर्देशन गरेका हुन्। फिल्म रिलिज हुनुपुर्व नै बुकिङ भइसकेका खबर आएका छन्।

dangal-21519212

कथा
फिल्मको कथा रेसलर महाविर फोगाट तथा आमिर खानको हो । उनको सपना आफ्नो देशको लागी रेशलिङमा स्वर्ण पदक जित्ने हुन्छ । तर उनको त्यो सपना पुरा हुदैन । त्यसपछि उनको एउटै चाहना हुन्छ कि, त्यो सपना उनका छोराले पुरा गरुन ।

महावीर र उनकी पत्नी शोभा कौर शाक्षी रावतको छोरा नभई उनका ४ वटा छोरी हुन्छन् । छोरी, बविता, फतिमा, गीता, सन्याले २ जना केटासंग फाईट गरेको महावीरले पाएपछि उनलाई लाग्छ कि देशका लागी स्वर्ण पदक छोरीले पनि जित्न सक्छन् ।

महावीर दुइटी छोरीलाई रेसलींगको तालिम दिन्छन र छोरीले आमाबुवासंगै देशको नाम पनि विश्वमै माथी पुर्याउन सफल हुन्छिन् ।

निर्देशन

फिल्म निर्देशक नितेश तिवारीले धेरै राम्रो निर्देशन गरेका छन् । तिवारी कथाबस्तुलाई दर्शकको भावनासमक्ष पुर्याउन सफल भएका छन् । अमिर खानको यो फिल्म उनका पछिल्ला फिल्ममा भन्दा निकै पृथक रहेको छ । फिल्ममा अन्य कलाकारको भूमिका पनि उत्कृष्ट नै रहेको भारतीय मिडिया लेख्छन्।

अन्य पक्ष

फिल्मका गितहरु दर्शकको मनछुने खालका छन् । फिल्मको कथा थाहा पाउन र अमिर खानको प्रफमेन्स हेर्न एकपटक फिल्म हेर्नै हो। यो फिल्म परिवारका सबै सदस्यसंगै बसेर हेर्न सकिन्छ ।

अमेरिकामा रिलीज भइरहेको यो फिल्म शुक्रबारदेखि अन्य क्षेत्रमा प्रदर्शन हुदैछ ।

पुस, एजेन्सी। अंग्रेजी सालको नयाँ वर्षमा बलिउडमा एक फरक पार्टी आयोजना हुने गर्छ। पैसाको लागि संघर्ष गरिरहेका मोडल तथा केही नायिका यस्तो पार्टीमा सहभागी हुन्छन् जहाँ रक्सी र सेक्स पस्किइन्छ। तर भारतमा लागेको नोटबन्दीका कारण यस्तो धन्दा सञ्चालन गर्ने पनि मर्कामा परेछन्। भारतीय मिडिया लेख्छन् यस्तो नयाँ वर्षको पार्टीमा जति पैसा खर्च हुन्छ त्यो सबै कालोधनकै रुपमा जान्छ। तर रकमको अभाव भएपनि पार्टी भने नरोकिने भएछ।sex-and-alcohol-party-in-mumbai-45435215

बजारमा नयाँ नोटको कमी छ र जो मान्छे यस्ता पार्टीमा आउँछन् उनीहरु नोट पैसा दिने मुडमा छैनन्। यस्तोमा पार्टी होस्ट गर्नेले नयाँ तरिका निकालेको भारतीय मिडिया लेख्छन्। जो यो पार्टीमा सामेल हुन चाहन्छ र उसंग नोट (पैसा) छ, तब उसले ३५ गुणा बढी रकम दिनुपर्ने छ। अर्थात पहिलेको वर्ष १ हजार तिर्नेले अब ३५ हजार तिर्नुपर्ने भएछ।sex-and-alcohol-party-in-mumbai-64571415

दोस्रो अनलाइन पेमेन्ट गरेर पनि आफ्नो स्थान सुरक्षित गर्न सकिने भन्दै भारतीय मिडियामा प्रचार गरिएका छन्। यसको लागि पनि १५ प्रतिशत रकम बढी तिर्नुपर्ने बताइन्छ।

को-को आउँछन् पार्टीमा
पार्टी सञ्चालकसंग कुरा गरेको बताउँदै एक भारतीय मिडिया लेख्छ, ‘यस्तो पार्टी बलिउडकै साना-तिना मोडलका संयोजक तथा पब्लिसिटी म्यानेजरले सञ्चालन गर्छन्। पार्टी फिल्म अनि सिरियलमा काम गर्ने मोडल अनि नायिका मिलेर होस्ट गर्छन्। यसको बुकिङ मुम्बईका कयौं होटलमा एक महिना पहिले देखि नै सुरु हुन्छ।’sex-and-alcohol-party-in-mumbai-8249015

यस्तो एक पार्टीमा २० भन्दा बढी सहभागीलाई मात्र इन्ट्री गर्ने गर्छन्। एउटा पार्टीमा १० देखि १५ केटी सामेल गरिने बताइन्छ। सहभागीलाई ठाउँ र समयको जनाकारी एक घण्टा अगाडी दिइने रहेछ। पार्टीमा रक्सी देखि सेक्स सामान्य हुने लेखिएको छ।sex-and-alcohol-party-in-mumbai-5104315

मोडलहरुलाई दिइने टिप पनि २ घन्टाको लागि १०-१५ हजार भारु बिच हुने लेखिएको छ। टिप पैसा वा सुन औठी, चेन साथै क्रेडिट कार्डबाट समेत भुक्तानी हुने बताइन्छ।

पुस, एजेन्सी।शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को एक गित रिलिज गरिएको छ। सन्नी लियोनीको आइटम डान्स रहेको ‘लैला मे लैला’ बोलको यो गित युट्युबमा रिलिज गरिएको दुई दिनमै करिब २ करोड पटक हेरिसकिएको छ।

सन्नी लियोनीको आइटम डान्स रहेको यो गितको चर्चा रिलिज अगावै थियो। अझ सन्नीलाई यहि गितका कारण अंग्रेजी नयाँ वर्षको दिन नाच्नको लागि करोडौंको अफर गरिएका खबर समेत आएका थिए।

पुस, एजेन्सी । हलिउड फिल्क ट्रिपल एक्सले नयाँ पोष्टर रिलिज गरेको छ । पहिलो पोष्टरमा बलिउड नायिका दीपिका पादुकोणलाई खास महत्व दिइएको थिएन । 

नयाँ रिलिज भएको पोष्टरमा भने दीपिकालाई विशेष महत्व दिइएको छ । हुनु पर्ने पनि यस्तै थियो किनभने फिल्ममा दीपिकाको मुख्य भूमिका रहेको बताइन्छ । हलिउड फिल्मी दुनियाँका स्टार विन डीजलसंगै दीपिकालाई महत्व दिइएको हो । फिल्मका अन्य कलाकारलाई उनीभन्दा तल स्थान दिइएको छ ।

ट्रिपल एक्स एक्सन सिरिजको यो तेश्रो फिल्म आगामी २० जनवरी २०१७ मा प्रदर्शनमा आउने बताइएको छ । यस फिल्मलाई डिजे कूसोले निर्देशन गरेका हुन् ।

वीरगञ्ज, "म जुन तिमी तारा" नामक सुमधुर गीतबाट निकै चर्चा बटुलेका गायक तथा सङ्गगीतकार अनुप तिवारी आफनो एल्बम लभ एन्थमकोे नयाँ गीत एक मिशाल ल्याउने तर्खरमा छन् । "लभ एन्थम" एल्बमको दास्रो गीत "एक मिशालमा" सुरभी मिश्रा एवम् अनुप तिवारीको स्वर रहेको छ भने लिरिक्स् एवम् संङ्गगीत अनुप तिवारी स्वयम्ले गरेका छन् । आफनो पहिलो गीत म जुन तिमी तारामा एक्लै गायक, संङ्गगीतकार एवम् लेखकको भुमिका निर्वाह गरेका अनुपलाई यसपालि सुरभीले सघाएकी छिन् । सुरभी मिश्रा वीरगञ्ज आइडलको उपाधी पाएकी गायिका रहेकी छिन् । एल्बममा पहिलो चोटि गाउदै सुरभीले यस गीतबाट डेब्यु गर्दै छिन् । म जुन तिमि ताराको अपार सफलता पछि आफुले यो गीत ल्याउन लागेको अनुपले बताएका छन् ।

बलिउड अभिनेता सलमान खान र रोमानियाली मोडेल युलिया वन्तुरको ब्रेकअप भएको प्रसंग बलिउडमा चर्चित बनेको छ।

गत सेप्टेम्बरमा भिसा सकिएपछि रोमानिया फर्किएकी युलिया अहिले सलमानको सम्पर्कमा नरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। युलिया रोमानियाकी चर्चित मोडल हुन्। 

संसारभर धरै फ्यान भएकी खेलाडीमा पर्छिन् सर्वियाकी टेनिस खेलाडी इवानोविच। उनै सुन्दरी खेलाडी इभानोविचलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटेका रहेछन्। ट्रम्पले पूर्व विश्व नम्बर एक खेलाडी एनालाई विश्वकै सवैभन्दा सुन्दर महिलाका रुपमा चित्रण गरेका छन्।

केही दिन अघिमात्रै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले सर्वियाकी टेनिस स्टार एनाको सार्वजनिकरुपमै प्रशंसा गर्दै उनलाई विश्वकै सुन्दर महिला भनेर व्याख्या गरेका हुन्। सर्विया भ्रमणका क्रममा एनालाई भेटेका ७० वर्षीय ट्रम्पले ‘विश्वकै सन्दर महिला’ भनेका हुन्। तर, ट्रम्पले उनलाई यो भनेको सन् २०१३ मै हो।

त्यतिबेलाका सर्वियाका विदेशमन्त्रीसँगको भेटका क्रममा ट्रम्पको एनाको विषयमा कुराकानी भएको थियो। सर्वियाका विषयमा कुराकानी हुँदा विश्व नम्बर एक टेनिस खेलाडी एना इवानोविचका विषयमा विदेशमन्त्रीले बयान गरेका थिए।

२९ वर्षीय खेलाडी इवानोविचको ट्रम्पसँग भेट भने सन् २०१४ मा भएको थियो। एनाले ट्रम्पसँग भएको भेटको फोटो पनि ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन्। एनाले गत वर्षमात्रै जर्मनीका पूर्व राष्ट्रिय खेलाडी एवम् म्यानचेस्टर युनाइटेडका खेलाडी स्वाइन्सटाइगरसँग बिहे गरेकी हुन्।

एजेन्सी । अभिनेत्री करिना कपुर खानलाई बलिउडमा ‘ट्रन्ड सेटर’ पनि भनेर चिनिन्छ । यस्तो किन भने उनले बलिउडमा अरुलाइ ‘फलो’ गर्दिनन्, बरु उनको स्टायललाइ अरुले ‘कपी’ गर्छन् ।   एजेन्सीलाइ उद्घृत गर्दै आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

अहिले करिना गर्भवती छिन्, तर उनले ठूलो पर्दाको काम छाडेकी पनि छैनन् । केही दिनअघिसम्म उनी सुटिङमै व्यस्त थिइन् । डिसेम्बरमा करिनाले पहिलो बच्चालाई जन्म दिँदै छिन् । तर उनले र उनका पति सैफ अलि खानले बच्चाको नाम सोचिसकेका छन् ।

केही दिनअघि एउटा अन्तर्वार्तामा करिनाले भनिन् ‘उनी चाहन्छन् हामी बच्चाको नाम सैफिना राखौं ।’ सैफ र करिनाको नाम जोडेर यो नाम राख्ने उनीहरुको सल्लाह भएको हो ।

तर यस्तो गर्ने यो पहिलो दम्पती भने हुनेछैन ।   यसअघि रानी र आदित्य चोपडाले छोरीको नाम अदिरा राखिसकेका छन् भने साहिद कपुर र मीराले छोरीको नाम मिसा राखेका छन् ।

मुम्बई । सन्नी लियोनले मादक रुपमा प्रस्तुत भएकी सन्नी लियोनले ब्लाउज फुकालेको दृश्यलाई भिडियोको सबैभन्दा आकर्षक पक्ष मानिएको छ ।यतिसम्म की, सन्नी लियोनको अहिलेसम्मकै ग्ल्यामरस र भल्गर भिडियो सिनको रुपमा पनि सो भिडियोलाई ब्याख्या गरिएको छ ।

सन्नी लियोनको मुख्य भुमिका रहेको मस्तीजादेको निर्देशन मिलाप जाभेरीले गरेका हुन् । सन् २०१६ को जनवरी २१ देखि सिनेमा हलहरुमा सार्वजनिक हुने मस्तीजादेको वलिउडभरी ब्यापक प्रचार गरिएको छ ।

त्यसो त, पोर्नस्टारबाट वलिउडका एडल्ट कमेडी सिनेमामा स्थापित बनेकी सन्नी लियोनको नयाँ फिल्म वहुप्रतिक्षित नै मानिएको छ ।

एजेन्सी– अभिनेत्री करिना कपुरले आफ्ना व्यायफ्रेन्ड शाहिद कपुरलाई धोका दिएर सैफ अलि खानसँग विवाह गरिन् । आफ्नो उमेर मिल्दो शाहिदलाई करिनाले छाड्नुको एउटा मात्रै कारण सैफ अलिसँग भएको धन थियो । करिना कपुर मात्रै होइन धनसम्पत्तिका लागि बुढा, एकल, अमिल्दो जस्तालाई पनि अंगाल्ने धेरै अभिनेत्री वलिउडमा छन् । १. टिना अम्बानी– टिना अम्बानीको फिल्मी नाम टिना मुनिम हो । ८०– ९० को दशकमा खुब चलेकी यी नायिकाले आफूसँग केही नमिल्ने अरबपति अनिल अम्बानीसँग विवाह गरिन् । अनिलसँग विवाह गर्नुको एक मात्र कारण धनसम्पत्ति थियो । २. ऐश्वर्या राय– विश्व सुन्दरी ऐश्वर्याले आफु भन्दा सात वर्ष कान्छा अभिषेक बच्चनसँग विवाह गरिन् । अमिताभ बच्चनका छोरा अभिषेकसँग सम्पत्ति, फेम आदिले ऐश्वर्याले विवाह गरेको दावी गरिन्छ । ३. विद्या बालन– डर्टी पिक्चर हिरोइन विद्या बालनको माग अहिले पनि बलिउडमा छ । तर यीनले शिद्धार्थ रोय कपुरसँग विवाह गरिन् । कपुर व्यापारी तथा फिल्म निर्माता हुन् । ४. आयशा टकिया– राम्री नायिका आयशाले धनाढ्य फरहान आज्मीसँग लगन गाँठो कसिन् । ५. सेलिना जेट्ली– सेलिनाले दुवईका धनाढ्य पिटर हगसँग विवाह गरिन् । पिटरसँग भएको सम्पत्तिले सेलिनालाई आकर्षित गरेको थियो । ६. गायत्री जोशी– नायिका गायत्री जोशीले अरबपति तथा ओवरोय कन्स्ट्रक्सनका मालिक विकास ओवरोयसँग विवाह गरिन् । ७. जुही चावला– कुनै बेलाकी मिस इन्डिया तथा चल्तिकी हिरोइन जुही चावलाले बाबु उमेरको विदुरसँग पैसाकै लागि विवाह गरिन् । धनाढ्य जय मेहटासँग सन १९९५ मा जुहीले विवाह गरेकी हुन् । ८. शिल्पा सेट्टी– शिल्पा सेट्टीको सुन्दरताले वलिउडका नायकहरुलाई नै आकर्षित गथ्र्यो । तर उनले बेलायती व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । उनीसँग विवाह गरेपछि कुन्द्राको सम्पत्तिको बलमा आइपिएलमा शिल्पाले आफ्नै टिम बनाइन् । ९. श्रीदेवी– आफ्नो जमानाकी चल्तिकी हिरोइन श्रीदेवीले अंकल उमेरका बोनी कपुरसँग विवाह गरिन् । बोनी कपुर फिल्म निर्देशक, निर्माता र पैसावाल हुन् । उनीहरुको जोडीलाई कसैले पनि सुहाएको भन्दैनन् । तर धनका अगाडि कसको के लाग्यो र ? १०. अमृता अरोरा– वलिउड नायिका अमृता अरोराले लामो समयको लभ अफेयरपछि शकिल लदाक नामका व्यापारीसँग विवाह गरिन । शकिलको दोस्रो विवाह अमृतासँग गरेका हुन् । 

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012